• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

प्रधानमन्त्रीलाई गगन थापाको आह्वान- ३ वर्षमा कहाँ चमत्कार भएको छ? बहस गरौं [सम्बोधनको पूर्णपाठ]

64x64
नेपाल लाइभ बिहीबार, चैत २६, २०७७  १५:३४
1140x725
फाइल तस्बिर

प्रधानमन्त्रीलाई बाटो र पुलको शिलान्यास गर्न, उद्घाटन गर्न भ्याइ-नभ्याइ छ। उहाँ भनिराख्नुभएको छ- यति धेरै विकास निर्माणको काम कहिल्यै पनि भएको थिएन। यो त चमत्कार भयो। प्रधानमन्त्रीलाई यो चमत्कार भएको किन लागिरहेको छ? दुईवटा कारण हुनसक्छ? एउटा कारण, वास्तविकता के छ भन्‍ने कुरा प्रधानमन्त्रीलाई थाहा छैन। चरम अल्पज्ञान छ। वा ढाँट्ने बानी लागेको छ। विकृत असत्यभाषी। यी दुइटै अवस्था राष्ट्रका लागि हानिकारक छ, खराब छ।

२०७४ फागुन ३ गते प्रधानमन्त्री बन्‍नुभयो। चैत २ गते खानेपानीमन्त्री आउनुभयो। चैत २९ गते अर्थात् ५७ दिनपछि मेलम्चीको टनेल सुरुङ छिचोलेर, सकिएर उपराष्ट्रपतिले उद्घाटन गरेर, रिबन काटेर लड्डु बाँड्नुभयो र प्रधानमन्त्रीले रोस्टममा उभिएर भन्‍नुभयो- २०७५ सालको असोजसम्म मेलम्चीको पानी आउँछ। त्यसपछाडि पनि साढे दुई वर्ष लाग्यो। किन? किनकि, प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन। ठेकेदारसँग मोलमोलाइ मिलेन। साढे दुई वर्ष लाग्यो, डेढ अर्ब रुपैयाँ अनावश्यक खर्च भयो। ५७ दिनमा चमत्कार भएको थिएन। पहिल्यैदेखि काम भएको थियो। नाै महिना त आयोजनाको कामको सिन्कोसमेत भाँचिएन। अहिले यत्रो फूर्ति?

२०४४ सालमा मेलम्चीको आयोजनाको परिकल्पना गरिएको कुरा छाडिदिऔं। २०५५ सालमा मेलम्चीको विकास समिति बनिसकेपछि पनि २३ वर्ष लाग्यो। ७/८ वर्षमा सम्पन्‍न हुने आयोजना २३ वर्ष लाग्दै गर्दा हामी सबै सरकारमा बस्यौं। हामी पनि बस्यौं। ७/८ वर्षको आयोजना २३ वर्ष लाग्दा र जनतालाई अर्बौं रुपैयाँ बढी भार पार्दै गर्दा माफ माग्‍नुपर्ने होइन? श्रेय लिने अहिले होडबाजी?

यो बेलामा काठमाडौंवासीको बीचमा उभिएर ७/८ वर्षमा सक्नुपर्ने आयोजना, २०६१/६२ वर्षमा सकिनुपर्ने आयोजना आज सकिँदै गर्दा हामीले गल्ती गर्‍यौं। काठमाडौंवासीलाई पानी खुवाउन ढिलो गर्‍यौं। यो आयोजनाबाट धेरै कुरा सिकेका छौं। अब यस्तो गर्दैनौं भन्‍नुपर्ने, सिक्नुपर्ने बेलामा कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ। तमासा गरेको छ। चमत्कार भयो भनेको छ।

२०६७ सालमा सुरु भएको अपर तामाकोशी २०७३ सालमा सक्नुपर्ने। २०७१ सालको चैतसम्ममा ८० प्रतिशत काम सकिएको थियो। भूकम्पको कारणले गर्दा पछाडि हट्यो। नाकाबन्दीले केही प्रभावित गर्‍यो। २०७५/७६ मा सकिनुपर्ने। अब आउने वैशाखतिर पहिलो युनिट सुरु हुँदै छ। अब हेर्नुहोला, हामी हेर्छौं, ठ्याक्कै मेलम्चीको जस्तो तमासा तामाकोशीमा देखाइनेवाला छ। गज्जबै भयो। चमत्कारै भयो। प्रधानमन्त्री त कस्तो कस्तो? बिजुली बालिदिनुभयो। पानी छारिदिनुभयो। अब कविताहरु हामीले सुन्‍न पाउनेवाला छौं।

यहाँ कोही फास्ट-ट्र्याकको कुरा गर्नेवाला छैन। बुढीगण्डकी र पश्चिम सेतीको कुरा गर्दैन। कर्णाली र कोशी कोरिडरको कुरा कोही गर्दैन। बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजनाहरु वर्षौंदेखि थला परेको छ। कोही भन्दैन।

हाम्रो आयोजनाहरु वर्षौंदेखि थला परेका छन्। किनभने, यसका केही संस्थागत आधारभूत समस्याहरु छन्। मोडालिटीमा छ, स्रोतमा छ, समन्वयमा छ, कानुनमा छ, शैलीमा छ। यसलाई बदल्नुपर्छ। यसलाई बदलौं। प्रधानमन्त्री, नेतृत्वबाट हामीले अपेक्षा गर्ने त यसलाई बलल्ने हो नि। यसलाई बदलेपछि परिणाम बदलिन्छ नि। नयाँ कुरा आउँछ नि। गर्नुपर्ने काम गरेको छैन। मिथ्यांक ल्याएको छ। अनि गफ चुटेको छ। बसेको छ। यो भयो भनेको छ। त्यो भयो भनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

हुँदा-हुँदा, निर्माणसमेत सकिएर दुई वर्षअघि सुरु भएको पुलको उद्घाटन गरेको छ। चालु भएको दुई वर्ष भइसक्यो, सिन्धुलीको पुल। राप्तीको पुल। हुँदा-हुँदा ठेक्का लागेको छैन, सुनकोशी-मरिन डाइभर्सनको, शिलान्यास गरेको छ। बीच बाटोमा पुगिसकेको कामको शिलान्यास गरेको छ। उद्घाटन सुरु भएर, काम सुरु भएर प्रयोगमा आएको दुई वर्षपछि बल्ल आएर त्यसको उद्घाटन गरेको छ। शिलान्यास गरेको छ। सबस्टेसन चालु भएको कहिले? अस्ति गएर बटम थिचेको छ। यो केको तमासा हो?

अब अस्ति भर्खर १६५ वटा बटम ट्याक्क थिचेर सडक उद्घाटन। कति सजिलो छ। पैसा तीन अर्ब छ। लाग्छ ५७ अर्ब। डिजाइन छैन। पैसा छैन। डिजाइन पनि नचाहिने, पैसा पनि नचाहिने। वर्षको जम्मा ८/९ सय किलोमिटर बनाउने सडक विभागले अब २२/२३ सय किलोमिटर सडक थप्‍नका निम्ति संस्थागत क्षमता कहाँ बढाउने? यसको हिसाबकिताब केही पनि गर्नु नपर्ने। त्यसो भए किन १६५ वटा मात्रै? एउटा निर्वाचन क्षेत्रमा १० वटा ठोकिदिऔं। प्रधानमन्त्री जत्तिको, यत्तिको बहादुर भएको बेलामा एकै पटक १६५० वटा ठोकिदिए भइहाल्यो नि।

प्रधानमन्त्री भइआएको छ। १० किलोमिटर बाटो दिनको पिच भएको भनेको छ। क्याल्कुलेटर ल्याएर हिसाब गरौं न। दिनको तीन किलोमिटर भएको छैन। दिनको छ किलोमिटर विस्तार भएको छैन। दिनमा १२/१३ वटा पुल बन्यो भनेको छ। पहिले कतिवटा बन्थ्यो? कहिलेबाट सुरु भयो? हिसाब गरौं न।

हाम्रो पूर्वाधार निर्माणमा समस्या छ। म अहिलेको सरकारले मात्रै गरेन भन्दिनँ। माननीय मन्त्रीजीले कोसिस गरिराख्नुभएको छ। त्यो पनि मान्छु। तर, भइरहेको छैन। किनभने, हाम्रा केही आधारभूत समस्याहरु छन्। नियममा छ, कानुनमा समस्या छ। हाम्रो काम लगाउने निकायको क्षमतामा समस्या छ। काम गर्ने निर्माण व्यवसायीको क्षमतामा समस्या छ। स्रोतमा छ, समन्वयमा छ। यी तमाम समस्यालाई समाधान गर्‍यो भने मात्रै हाम्रो अवस्था बदलिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईंलाई यो संसद्‌मा एउटा सांसद् निम्तो दिन चाहन्छ। चुनौती दिन चाहन्छ। संसद्लाई छलेर भागेर होइन। यहाँभित्र आएर छलफल गरौं।

यो अवस्था बदल्नका निम्ति यही संसद्ले दर्जनौं कानुन बनाउनुपर्ने छ। दर्जनौं कानुन बदल्नुपर्ने छ। बजेटका बेला ध्यान दिएर छलफल गर्नुपर्ने छ। खल्तीबाट आयोजना छान्‍ने कुरालाई बदल्नुपर्ने छ। नेताले आयोजना छान्‍ने, कर्मचारीले विकास गर्ने, निर्माण व्यवसायीले गरिदिन्छ भनेर बस्‍ने तरिकालाई बदल्नुपर्ने छ। यसमा काम गरौं न। प्रधानमन्त्रीलाई रुचि छ, यसमा काम गर्नका लागि? हामी काम गर्न तयार छौं।

होइन भने, जुन काम वर्षौंदेखि जुन तरिकाले गरिरहेका छौं। त्यही काम त्यही तरिकाले गर्‍यो भने फरक परिणाम आउँदैन। मैले यहाँ आज उभिएर कुनै कुण्ठा पोखेको होइन। म नेपाल सरकारले प्रस्तुत गरेको पुस्तक हो। म यो पुस्तकमा टेकेर बहस गर्न तयार छु। प्रधानमन्त्रीज्यू, तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईंलाई संसद्‌मा निम्तो दिन चाहन्छु। चुनौती दिन चाहन्छु।

होइन भने, तपाईं बाहिरको सभा र सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्कुमे-चिलिमे बैठके चौतारे राखेर तपाईंले माथिबाट ठोक्ने र तलकोले ताली बजाउने अनि माननीय सांसद्हरुले संसद्‌मा आएर बालकविता सुनाएर बस्‍ने होइन। म-हामी तपाईंसँग बहस गर्न तयार छौं। तपाईंले प्रस्तुत गर्नुभएको तथ्यमा टेकेर। ल आउनुस्, तपाईंको एउटा एउटा मन्त्रालयमा बहस गरौं। कहाँ तीन वर्षमा चमत्कार भएको छ? पानीमा बहस गरौं। सडकमा बहस गरौं। पुलमा बहस गरौं। राष्ट्रिय आयोजनाको एउटा-एउटा कुरामा बहस गरौं। तथ्य र तथ्यांकमा टेकेर बहस गरौं।

प्रधानमन्त्रीज्यू, नेपालको इतिहासमा सबैभन्दा अवसर पाउनुभएको अवस्थामा काम कति भयो, कसरी भयो भन्‍ने कुरामा बहस गर्न तपाईंलाई यो संसद्‌मा एउटा सांसद् निम्तो दिन चाहन्छ। चुनौती दिन चाहन्छ। संसद्लाई छलेर भागेर होइन। यहाँभित्र आएर छलफल गरौं। शिलान्यास र उद्घाटन नै गर्ने रहर हो भने उद्घाटन सुरु भइसकेका पुलहरु सकिए पछाडि बालुवाटारका परिसरभित्र थुप्रै जग्गा खाली छ। त्यहीँभित्र प्रत्येक दिन एउटा नयाँ भवनको शिलान्यास गर्नुहोला। बनेको कोठाको फेरि उद्घाटन गर्नुहोला।

(नेपाली कांग्रेसका नेता थापाले बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १५:३४
  • #गगन-थापा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्