• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमालेमा तीव्र बन्यो विभाजनको पूर्वाभ्यास

64x64
नेपाल लाइभ बुधबार, चैत २५, २०७७  २०:४८
1140x725

काठमाडौं- सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई वैधानिकता नदिएर नेकपाका पूर्वघटकहरु एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो। त्यसपछि माओवादी केन्द्र बेग्लै पार्टीका रुपमा चलायमान बन्यो। तर, एमालेमा भने कुनै पनि कमिटीको पूर्ण बैठक नबस्दै विभाजनलाई बल पुग्‍ने गतिविधिले तीव्रता पाएका छन्।

एमाले ब्युँतिएपछि आफूलाई शक्तिशाली ठानेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफू पक्षका केन्द्रीय सदस्यहरुलाई सुटुक्क बालुवाटार बोलाएर महत्त्वपूर्ण निर्णयहरु गरे। त्यसलाई उनले केन्द्रीय कमिटी बैठकको नाम दिएका थिए। ओलीले विभिन्‍न जिम्मेवारीमा रहेका माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसे र आफू पक्षका नेताहरुलाई त्यो जिम्मेवारी सुम्पे। अर्कोतिर, आफूलाई सहयोग पुर्‍याउने सुनिश्चितता भएका माओवादी केन्द्रका नेताहरुलाई एमालेमा भित्र्याए।

ब्युँतिएको एमालेको बैठक बस्ला, नेकपाकालको समीक्षा होला र नयाँ बाटो तय गरिएला भन्‍ने अपेक्षा गरिरहेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष सुरुमै निराश भए। नेकपामा रहँदा ओलीसँग तिक्त सम्बन्धमा रहेको यो पक्षमाथि ओलीले प्रतिशोध लिने काम गरे। नेकपामा रहँदा आफूलाई दुःख दिएको सम्झिरहेका ओलीले एमाले ब्युँतिएपछि त्यसकै हिसाबकिताब गर्न थालेको देखिन्छ।

नेकपामा रहँदा आफूलाई दुःख दिएको सम्झिरहेका ओलीले एमाले ब्युँतिएपछि त्यसकै हिसाबकिताब गर्न थालेको देखिन्छ।

प्रतिवादमा नेपाल-खनाल पक्षले गत चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो। भेलामा नेता नेपालले एक अवधारणापत्र पेस गरेका थिए। भेलामा १७ प्रस्ताव पनि पारित गरिएको छ। त्यति मात्रै होइन, नेपाल-खनाल पक्षले आफू पक्षका केन्द्रीय कमिटी, स्थायी कमिटीको भेला र बैठक पनि गर्दै आएको छ। बारम्बार वक्तव्यहरु जारी भएका छन्। ओलीका निर्णयका विरुद्ध निर्वाचन आयोगलाई पत्र पठाइएको छ। पछिल्ला दिनमा नेपाल पक्षले विभिन्‍न प्रदेश, जिल्ला र भ्रातृ संगठनमा समानान्तर कमिटीहरु घोषणा गरेको छ। पछिल्ला केही दिनयता दैनिकजसो विभिन्‍न कमिटी घोषणा भइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल-खनाल पक्षले तीन महिने अभियान चलाइरहेको छ। अभियानका क्रममा आफूहरुले सबै तहमा २०७५ जेठ २ गतेका कमिटीहरु ब्युँताउने बताउँछन् एमाले उपमहासचिव घनश्याम भुसाल। 'ती कमिटीहरुले नवौं महाधिवेशन, त्यसका दस्तावेजहरु अनुसार प्रशिक्षण चलाउँछौं। जनतामा जान्छौं। नेकपा एमालेको इतिहास बताउँछौं। आजको संकट र यसका कारण बताउँछौं। प्रशिक्षण गर्छौं। भेला गर्छौं। अरु प्रचार प्रसारका कामहरु गर्छौं,' भुसाल भन्छन्।

आफू पक्षीय कमिटीहरुको घोषणाले यो पक्षलाई आफ्नो शक्ति आकलन र पुनर्ताजगी गर्ने मौका दिनेछ। जसले भोलि आवश्यक परेको समयमा बेग्लै पार्टी घोषणालाई सजिलो बनाउने छ। जसलाई सो पक्षका नेताहरु अस्वीकार गर्दैनन्।

अर्कोतिर, ओली भने आफूसँग भएका अन्तिम हतियार प्रयोग गर्ने बाटोमा लागिरहेका छन्। उनले नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीमुक्त गर्नेदेखि निलम्बनको सूत्र प्रयोग गरिरहेका छन्। केन्द्रीय कमिटीमा माओवादी केन्द्रका नेताहरुलाई थपेर उनले आफूलाई बलियो बनाउने प्रयास गरे। केही दिनअघि मात्रै उनले नेपाल पक्षका शीर्ष चार नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यबाटसमेत निलम्बन गरिदिएका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ओली पक्षले नेपाल-खनाल पक्षले घोषणा गरिरहेको समानान्तर कमिटीहरुप्रति पनि दृष्टि राखिरहेको छ। त्यसको घोषणा गर्ने र त्यस्ता कमिटीमा सहभागी हुनेहरुलाई पनि कारबाही गरिने चेतावनी दिएको छ। 'जसरी हिजोको दिनमा केही नेतृत्वका व्यक्तिहरुलाई कारबाहीको प्रक्रिया अघि बढेको छ। अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्धत  हुने र त्यो कमिटीमा बस्‍नेहरु समेतलाई कारबाहीको दिशामा पार्टी अगाडि बढ्छ,' २३ गतेको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग एमालेका मुख्य सचेतक विशाल भट्टराईले भनेका थिए।

भट्टराईले लोकतान्त्रिक विधिबाट, परम्पराबाट, विधानबाट चल्नुपर्ने पार्टी यदि गैरकानुनी तरिकाले, गैरसंवैधानिक तरिकाले र अवैधानिक तरिकाले चल्यो भने त्यो पार्टीको कारबाहीको विषय बन्‍ने बताए। उनले समानान्तर कमिटी गठन गर्ने कुरा कुनै पनि हालतमा पार्टीका लागि स्वीकार्य विषय हुन नसक्ने बताए।

तिक्तता र समूह केन्द्रित गतिविधि बढ्दै जाँदा एमालेमा शीर्ष नेताबीच संवादमार्फत् आफ्ना धारणा राखेर मन माझ्‍ने वातावरण भने बन्‍न सकेको छैन। गत चैत २ गते दुई पक्षका नेताहरु संवादमा जुटेका थिए। पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलले विवादलाई साँघुर्‍याउन सकेको थिएन। बरु, त्यसपछि झनै तिक्तता बढ्यो। त्यसपछि ओलीले 'व्यक्तिसँग कुरा गर्ने तर गुटसँग नगर्ने' बताउने गरेका छन्। त्यसैले दुई पक्षबीच सहज संवाद हुन सकेको छैन। आफ्ना 'गल्ती'हरुप्रति आत्मालोचना झन् टाढाको विषय बनेको छ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्