• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सांसद मुछिएको मानव तस्करी मुद्दा : ४ वर्षदेखि एकपछि अर्को इजलासमा पेशी तोकिँदै, स्थगित हुँदै

64x64
नेपाल लाइभ बुधबार, चैत २५, २०७७  ०७:०५
1140x725

काठमाडौं- सर्वोच्च अदालतको इजलास नम्बर ६ मा मंगलबार संविधान सभाका सदस्य एवं तत्कालीन व्यवस्थापिका संसदका सांसदहरूको हैसियतमा प्राप्त भएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरि मानव तस्करी गरेको मुद्दा पेशी चढ्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत हुँदै सर्वोच्च पुर्‍याएको यो मुद्दा ४ वर्षदेखि सर्वोच्चमा विचाराधीन छ। 

न्यायाधीशहरू आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासमा पेशी रहेको मुद्दा बिहानै पक्षका कानुन व्यवसायीले हटाउने निवेदन दर्ता गराए। भ्रष्टाचार मुद्दामा लामो समयपछि पालो आउने आशाका साथ सरकारी वकिल तयारी गरेर अदालत पुग्दा मुद्दा स्थगित भयो।

उक्त इजलासको पहिलो नम्बरमा रहेको मुद्दा यसरी स्थगित भएर सुनुवाइ सरेको पहिलो पटक भने होइन। यो २५औं पेशी हो। यसअघि पक्ष र विपक्षका कानुन व्यवसायीहरूले निवेदन दिँदै सुनुवाइ हटाउँदै आएका छन्। संविधान सभा सदस्यका हैसियतमा प्राप्त भएको कूटनीतिक राहदानीमा अर्कै व्यक्तिको फोटो टाँस गरी तस्करहरूले सांसदको स्थानमा अर्कै व्यक्तिलाई विदेश पठाएका थिए।

हालसम्म २६ न्यायाधीशाको इजलासमा यो मुद्दाको पेशी परेको छ। यो मुद्दा न्यायाधीशहरू तेजबहादुर केसी, हरिप्रसाद फुयाल, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र प्रकाशमान सिंह राउतको इजलासले हेर्न मिल्दैन। यी न्यायाधीश बाहेकको इजलासले हेर्नपर्ने भएकाले एक त पेशी तोक्नै समस्या छ, अर्कोतिर तोकिएको समयमा हटाइँदा लामो समयसम्म सुनुवाइ हुन पाएको छैन।

विशेष अदालतबाट फैसला भएपछि यो मुद्दा सर्वोच्च अदालतमा दायर भएको थियो। तर, ४ वर्षदेखि एकपछि अर्को इजलासमा पेसी चढ्दै, थन्किँदै आएको छ। यो मुद्दा २०७३ जेठ ९ गते सर्वोच्च आइपुगेको थियो। विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले सुरुमा पुनरावेदन दायर गरेका थिए। सरकारी पक्ष सर्वोच्च आएपछि विपक्षहरू पनि आएका थिए। यो विवादमा हालसम्म तीनपटक फाइल मगाउने आदेश सर्वोच्चले गरेको छ।  मुद्दा फैसलाका लागि अङ्ग पुगिसक्दा पनि अन्तिम सुनुवाइ सुरु हुन सकेको छैन। विशेष अदालतले पूर्वसभासदहरू शिवपुजन राय, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गरेको थियो भने अन्यलाई सफाइ दिएको थियो। 

विशेषको उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै अख्तियारले वर्तमान सांसद नारदमुनी रानासमेत सबैविरुद्ध अभियोग पुष्टि हुनुपर्ने दाबी गर्दै पुनरावेदन गरेको थियो। उनीहरूलाई विशेषले कूटनीतिक राहदानी दुरुपयोग गरेको ठहर गरी जनही तीन महिना कैद र १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। पूर्वसभासद यादवद्वय र साहको कूटनीतिक राहदानीमा तस्बिर फेरेर अर्कै व्यक्ति अस्ट्रेलिया गएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

पूर्वसभासद शिवपुजनको राहदानीमा केदारनाथ शर्मा भन्ने व्यक्ति अस्ट्रेलिया गएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। उक्त राहदानीमा सभासदको तस्बिर हेरफेर गर्नका लागि देवेन्द्र पौडेल, मनोज कार्की, गोपाल बानियाँ, दिलबहादुर घर्ती र सन्तोषराज उप्रेतीले सहयोग गरेको आरोपपत्रमा उल्लेख छ। साथै, पूर्वसभासद विश्वनाथप्रसाद साहको राहदानीबाट पृथ्वी छन्त्याल नाम गरेका व्यक्ति अस्ट्रेलिया गएको आरोपपत्रमा उल्लेख छ।  छन्त्याललाई विशेषले एक वर्ष ६ महिना कैद गरी ७५ हजार जरिवाना गर्ने फैसला सुनाएको थियो।  

अख्तियारले संविधानसभा सदस्यको हैसियतले प्राप्त गरेको कूटनीतिक राहदानी दुरुपयोग गरी अनधिकृत व्यक्तिलाई विदेश पठाई भ्रष्टाचार गरेको अभियोगमा चार पूर्वसभासद, अध्यागमन कार्यालयका तत्कालीन प्रमुख र केही बिचौलीयाविरुद्ध मुद्दा दायर गरेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरूको राहदानीमा रहेको फोटो उप्काएर अन्य व्यक्तिको टाँसी अस्ट्रेलिया पठाएको र सो कार्यमा सहयोग गरेको मुद्दामा अध्यागमन कार्यालयका कर्मचारीहरूसमेत संलग्न रहेको अभियोगपत्रमा उल्लेख छ। यादव र साहले १ करोड ६२ लाख रूपैयाँमा आफ्नो नाममा जारी भएको राहदानी बिक्री गरी सार्वजनिक पदको दुरुपयोग गरेको भन्दै सोही बराबरको बिगो र जरिवाना असुल हुनुपर्ने दाबी अख्तियारको थियो।

अख्तियारले २०६८ बैशाख २८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूलाई सहयोग गर्ने कार्यमा अध्यागमन कार्यालयका तत्कालीन प्रमुख खडानन्द ढकाल (प्रतीक), रमेश लम्साल, देविदत्त खत्री, इन्द्रकुमार सुनुवार र श्यामबहादुर भण्डारीको संलग्नता रहेको भन्दै अख्तियारले उनीहरूलाई समेत भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

अख्तियारले नारदमुनी राना र शिवपुजन रायलाई जनही २२/२२ लाख रुपैयाँमा राहदानी बिक्री गरेको भन्दै सोही बराबरको बिगो र जरिवाना असुल हुनुपर्ने माग गरेको थियो। त्यस्तै, राहदानीको फोटो परिवर्तन गर्ने लगायतका कार्यमा सहयोग गरी बिचौलियाको भूमिका निभाएको अभियोगमा डिलबहादुर घर्ती, गोपाल बानियाँ, मनोज कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीविरुद्ध समेत भ्रष्टाचारको मुद्दा अख्तियारले दायर गरेको थियो।

अख्तियारको अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत सबै प्रतिवादीसँग बिगो बराबर जरिवाना र ८ देखि १० वर्षसम्म कैद हुनुपर्ने माग थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

४ वर्षदेखि सँधै स्थगित
मुद्दाको पहिलो सुनुवाइ २०७५ चैत १३ गते भएको थियो। २०७६ माघ ७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र शुष्मालता माथेमाको इजलासले फाइल मगाउने आदेश गरेको थियो। शुरुमा न्यायाधीशद्वय ईश्वर खतिवडा र तेजबहादुर केसीको इजलासले विपक्षीहरूलाई झिकाउने आदेश गरेको थियो।

यसरी विचाराधीन हुने मुद्दामध्ये नेकपा एमालेका सांसद नारदमुनी रानाको पनि हो। उनी गएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए।  

अख्तियारको अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत सबै प्रतिवादीसँग बिगो बराबर जरिवाना र ८ देखि १० वर्षसम्म कैद हुनुपर्ने माग गरिएको थियो।  

सम्बन्धित समाचार :

मानव तस्करीमा जोडिएका सांसदको फाइल तीन वर्षपछि खोज्दै सर्वोच्च

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजा... आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो मृतक र बेपत्ता भएका यात्रुको पहिचान खुल्न बाँकी रहेको छ । आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार यस प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेक... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्