• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसको निर्णयले पनि राजनीतिक गतिरोध यथावत्, बल जसपाकै कोर्टमा

64x64
लिलु डुम्रे आइतबार, चैत २२, २०७७  १६:४६
1140x725

काठमाडौं- सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको एक महिना पुगेको छ। एक महिनाको अवधिमा पनि माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिएन।

माओवादीले समर्थन फिर्ता नलिनु, कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीबाट ओलीको बहिर्गमनमा अनिच्छिुक देखिनु तथा जनता समाजवादीमा दुई धार देखिनुजस्ता कारणले नयाँ सरकार गठनमा अन्योल कायमै छ।

एक महिनासम्म विपक्षी दलहरु अलमलमै छन्। उनीहरुले ओलीको बर्हिगमन नहुनुमा एकले अर्कोलाई आरोप लगाइरहेका छन्। कांग्रेस र जसपाको भरपर्दो सहयोग खोजेको माओवादीलाई शुक्रबारको प्रमुख प्रतिपक्ष दलको केन्द्रीय कार्यसमितिको निर्णयले राहत दिएको छ। कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्‍ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने औपचारिक निर्णय गरेको छ।

सत्ता बागडोरको चाबी सम्हालेको जसपाले निर्णय गर्न नसक्दा राजनीतिक गतिरोधको अन्त्य हुने छाँट अझै देखिएको छैन। त्यसको स्पष्ट संकेत जनता समाजवादी संघीय अध्यक्ष डा. बाबुराम भट्टराईलाई कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फर्काएको जवाफबाट स्पष्ट हुन्छ।

अब कांग्रेसले जस्तै एकताबद्ध र प्रस्ट निर्णय जसपामा गर्ने क्षमता प्रस्तुत गर्नोस्, तब बन्‍नेछ नयाँ समीकरण।

शुक्रबार अबेर राति कांग्रेसले ओलीको राजीनामा औपचारिक रुपमा माग्‍ने निर्णय गरेको थियो। कांग्रेसको निर्णयलाई भट्टराईले सह्रानीय कार्य भनी प्रशंसा गरे। ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सह्रानीय छ। अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं,’ भट्टराईले ट्विटमा भने, ‘प्रतिपक्ष आ-आफ्ना दलका फरक अजेण्डा हुन्छन् तर ती सबै भन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता/प्राथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो है!’

कांग्रेस एकबद्ध भएर निर्णय गरेको जवाफ शर्माले फर्काए। शर्माको आशंका जसपाले निर्णय गर्न नसक्दा ‘डेडलक’ सिर्जना भएको हो। आन्तरिक रुपमा संवाद गरी जसपाले निर्णय गर्न नसक्दा राजनीतिले निकास नपाएको शर्माको बुझाइ छ।

‘अब कांग्रेसले जस्तै एकताबद्ध र प्रस्ट निर्णय जसपामा गर्ने क्षमता प्रस्तुत गर्नोस्, तब बन्‍नेछ नयाँ समीकरण। ट्विटर मन्थन केही दिनलाई यतिमै छाडेर आन्तरिक अभ्यासमा लाग्‍ने कि कमरेड?,’ शर्माले बाबुरामलाई जवाफ फर्काएका छन्।

nimb
nimb

शर्माको जस्तै बुझाइ छ, माओवादी केन्द्रका नेता देव गुरुङको। जसपाले आन्तरिक रुपमा निर्णय नगर्दासम्म अरु दलले नेता-नेताबीच संवाद गर्नुको औचित्य नहुने उनी बताउँछन्। नेपाललाइभसँग गुरुङले भने, ‘कांग्रेस स्पष्ट बन्यो। जसपाले पनि पार्टीबाट औपचारिक निर्णय गर्नुपर्‍यो। उनीहरु स्पष्ट नहुँदासम्म नेता-नेताबीचको छलफलले निकास दिँदैन।’

कांग्रेस पनि सहजै प्रधानमन्त्रीको राजीनामा पुग्‍ने निर्णयमा पुगेको भने थिएन। पार्टीका सबैपक्षबाट गतिरोध अन्त्य र सरकारको नेतृत्व लिने गरी पहल गर्न पार्टी सभापति शेरबहादुर देउवालाई सर्वाधिकार दिएको थियो। संसद्‍को अंग गणितलाई आधार मान्दै देउवाले ‘परिपक्‍व’ समय नआएको भन्दै आफ्नो मौनताको बचाऊ गर्दै आएका थिए।

यो पनि पढ्नुहोस्

तीन दलको गठबन्धन बनाउन पौडेलको महन्थसँग आग्रहआइतबार, चैत २२, २०७७

शुक्रबारको केन्द्रीय समितिको बैठकमा सभापति देउवा सत्ता समीकरणको अजेण्डा छलफलको विषय बनाउने पक्षमा थिएनन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले दबाब सिर्जना गरेपछि वर्तमान राजनीतिका सन्दर्भमा निर्णय गर्न देउवा बाध्य भए। बैठकमा पेस गर्ने अजेण्डामा सहमत हुन नसक्दा शीर्ष तहका नेताबीच करिब छ घन्टा आन्तरिक छलफल भएको थियो। पौडेल र सिटौला पक्षले प्रधानमन्त्रीको राजीनामा माग्‍नुपर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने विषय पनि बैठकको अजेण्डा राख्‍न दबाब दिएका थिए। संस्थापनइतरका नेताको दबाबपछि देउवा सहमतिमा आउन बाध्य भए।

प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने तथा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल पार्टीले पहल गर्ने प्रवक्ता शर्माले बताए। गएको वैशाख १७ मा ओली सरकारले शासन गर्ने राजनीतिक र नैतिक अधिकार गुमाएको भन्दै पार्टीले गरेको निर्णय गरिसकेको पनि उनले स्मरण गरे। ‘हामीले राजीनामा आफैंले भने मागेका थिएनौं। प्रधानमन्त्रीमा  रुपान्तरण यो वर्षभरि नै भएन,’ राजीनामा मागिएको बारे प्रस्ट पार्दै शर्माले भने।

कांग्रेसले औपचारिक निर्णय गरे पनि जसपाले ओली हटाउन औपचारिक निर्णय नगर्दासम्म माओवादी केन्द्र पनि आश्वस्त हुन सकेको छैन।

‘अदालतले संसद् पुनःस्थापना गरेको महिना दिन पुग्‍न लाग्दासमेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको राजीनामा माग गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

माधवकुमार नेपाल समूहका नेता विष्णु रिजाल सरकार परिवर्तनका लागि कांग्रेस मुख्य खेलाडी नभएको दाबी गर्छन्। कांग्रेसले गरेको निर्णय पार्टीभित्रकै विवाद मत्थर पार्ने र सार्वजनिक खपतको प्रयासबाहेक केही नभएको उनको बुझाइ छ। सत्ताको बल जसपासँग रहेको उल्लेख गर्दै नेता रिजाल भन्छन्, ‘बल जसपासँग छ र जसपाचाहिँ प्रधानमन्त्रीसँग सघन संवादमा छ। त्यसैले कांग्रेसले जति प्रयत्‍न गरे पनि गोल गर्न सक्दैन।’

कांग्रेसले औपचारिक निर्णय गरे पनि जसपाले ओली हटाउन औपचारिक निर्णय नगर्दासम्म माओवादी केन्द्र पनि आश्वस्त हुन सकेको छैन। जसपासँग संवाद गरेपछि मात्रै समर्थन फिर्ता लिने तयारी माओवादी केन्द्रको छ। जसपाले ढुक्क बनाएसँगै समर्थन फिर्ता र अविश्वासको प्रस्ताव ल्याउने तयारीमा कांग्रेस र माओवादी केन्द्र छन्। समर्थन फिर्ता नगरिएकोमा यसअघि माओवादी केन्द्रले कांग्रेस र जसपा अस्पष्ट भएको कारण देखाएको थियो। ‘सरकार राख्‍ने कि अविश्वासको प्रस्ताव पेस गर्ने, त्यसका लागि गम्भीर अपिल गर्दछौं,’ दुई दलको अस्पष्टताबारे गत बिहीबारको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए।

जसपासँग संवाद गरिसकेपछि मात्रै स्थायी कमिटीको बैठक बस्‍ने मनस्थितिमा माओवादी केन्द्र पुगेको छ। आइतबार बोलाइएको बैठक जसपासँग संवादपछि मात्रै बस्‍ने गरी रोकेको बताइएको छ। 

जसपाका पूर्वसमाजवादी पार्टीका नेताहरु ओली सरकार विस्थापन गर्न आतुर भए पनि पूर्वराजपा पक्ष भने ओलीसँगै निकट छन्। उनीहरु ओलीसँग संवाद मात्रै गरिरहेका छैनन्, सार्वजनिक कार्यक्रमबाट ओलीलाई धन्यवाद समेत दिन थालेका छन्। ओलीले त महन्थ ठाकुरलाई प्रधानमन्त्रीकै प्रस्ताव गरेका समाचारसमेत सार्वजनिक भएका छन्।

ओलीसँग आफ्नो मागका विषयमा छलफल भइरहेको बताउँछन् जसपा नेता केशव झा। ‘हाम्रो मागका बारेमा प्रधानमन्त्रीसँग कुरा भइरहेको छ। हाम्रो माग जसले सम्बोधन गर्छ। उसैसँग न हामीले कुरा गर्ने हो। प्रधानमन्त्रीसँगको वार्ताले हाम्रो माग सहमतितिर जाँदै छ,’ उनले भने, ‘कांग्रेस-माओवादी केन्द्र र हाम्रो सरकार बन्‍ने अवस्थामा हामीले सत्ताको नेतृत्व पाउने भए मात्रै गठबन्धन बन्छ।’

जसपाले निर्णय गर्न नसक्दासम्म गतिरोधको अन्त्य नहुने रिजाल ठोकुवा गर्छन्। जसपाले साथ नदिए नयाँ सरकार बन्‍न सक्दैन।

संसद्‍मा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३२ सांसद छन्। तीन दलको संख्याले बल बहुमतको संख्या पुग्छ। तर, बलियो बहुमत भने पुग्दैन। जसपाले निर्णय नगर्दाको परिणतिबारे नेता रिजाल भन्छन्, ‘फेरि त्यही प्रश्न आउँछः माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, कांग्रेसले बहुमत जुटाएर अविश्वास प्रस्ताव ल्याउन नसक्ने! अनि सरकार परिवर्तनको गुञ्‍जायस कसरी रहन्छ?’

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
एमाले मधेस प्रदेशले बाढी प्रभावित क्षेत्रमा २०० स्वयंसेवक पठाउने नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालयको बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ। सोमबार, भदौ १५, २०८३
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न पाँच दिनको समय नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक पाँच दिनको समय दिएको छ। सोमबार, भदौ १५, २०८३
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : नेपाल नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश अहिले संकटमा रहेको बताएका छन्। यस संकटको समयमा सरक... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
चिकित्सक भन्छन्– शवबाट मात्र संक्रमण फैलिन्छ भन्नु गलत हो सोमबार, भदौ १५, २०८३
त्रिशूली जलविद्युत् ३ ‘ए’ मा क्राउन ब्लास्ट गरियो, उद्धारकर्ता भित्र पस्न सकेनन् सोमबार, भदौ १५, २०८३
प्रधानमन्त्री राहत कोषमा चीनको ३० करोड रुपैयाँ सहयोग सोमबार, भदौ १५, २०८३
रियलको लगातार तेस्रो जित सोमबार, भदौ १५, २०८३
एमाले मधेस प्रदेशले बाढी प्रभावित क्षेत्रमा २०० स्वयंसेवक पठाउने सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्