• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'अर्थतन्त्रको उपचार ओपिडीमा हुँदैन, आइसियू नै भर्ना गर्नुपर्छ'

64x64
नेपाल लाइभ आइतबार, जेठ ६, २०७५  ०८:२६
1140x725

अर्थविद् प्राडा मदन दाहाल त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका पूर्व प्रमुख हुन्। ४ दशक प्राध्यापनमा बिताएका दाहाल अर्थ मन्त्रालयको राजश्व परामर्श समितिका सदस्य पनि हुन्। देशको वर्तमान आर्थिक अवस्था र आउँदो बजेटका विषयमा नेपाल लाइभका लिलु डुम्रेले प्राडा दाहालसँग गरेको वार्तामा आधारित आलेखः

वर्तमान अर्थतन्त्रलाई विश्लेषण गर्दा विगतमा अर्थतन्त्रमा देखिएका विसंगतिहरुलाई निराकरण गरी अघि बढ्नुपर्ने हुन्छ। विसंगतिको पहिचान भइसकेको अवस्था छ। उदाहरणका रुपमा हाम्रो अर्थतन्त्र महँगो छ। अर्थतन्त्र गरिब जनताको पहुँचभन्दा बाहिर छ। भौगोलिक बाध्यता, सामुद्रिक पहुँचको अभाव र पारवहन लागत उच्च रहेकाले हाम्रो अर्थतन्त्र महँगो भएको हो। अर्थतन्त्र सामान्य नागरिकका लागि ज्यादै महँगो हुनुको अर्को कारण बिचौलियाहरु हुन्। तसर्थ, अर्थतन्त्र निरपेक्ष गरिबीको रेखामुनि रहेका जनताको पहुँचभन्दा बाहिर छ।

खाद्यान्न, लत्ताकपडा, औषधि, मलखाद मात्र होइन शिक्षा, स्वास्थ्य जस्ता सबै क्षेत्र महँगो छ। विगतमा भएका आर्थिक विसंगति अहिले पनि उस्तै अवस्थामा छ। अर्थतन्त्रलाई चलायमान गर्न विसंगतिलाई निर्मूल गर्नुपर्ने हुन्छ।

गरिबी र बेरोजगारी बढिरहेको छ। केही समयअघि युएनडिपी र अक्सफोर्डले प्रस्तुत गरेको नेपालको प्रतिवेदनमा ६५ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि देखाएको थियो। तर, हामीकहाँ २४ प्रतिशत भनिएको छ। बेरोजगारीको अवस्था भयावह छ। ६० लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन्।

हाम्रो सबैभन्दा ठूलो अर्थतन्त्र कृषि हो । तर, कृषि निर्वाहमुखी भइसकेको छ। कृषि क्षेत्रको जिडिपीमा ३० प्रतिशतभन्दा पनि बढी योगदान छ। अर्थतन्त्रका लागि सबैभन्दा ठूलो र प्राथमिकताको

क्षेत्र हो यो। यद्यपि, सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिन नसकेकाले हामी आयात गर्न बाध्य छौैं। कृषिमा परनिर्भरता बढेको छ।
कृषि क्षेत्र निर्वाहमुखी हुँदा एउटै देश (भारत) सँग परनिर्भरता बढ्दै गएको छ। परनिर्भरता कहाली लाग्नेगरी बढेको छ।

नेपालले वस्तु आयात गर्ने क्रममा कुल अंशको ६५ प्रतिशत व्यापार भारतसँग गर्दै आएको छ। भारतसँग व्यापार घाटा ६५ प्रतिशत छ। आयात बढ्नु अर्थतन्त्रको लागि प्रतिकूल परिदृश्य हो। आर्थिक विसंगतिको अर्को मुख्य पाटो व्यापार घाटा हो। 

यसैगरी, आर्थिक समृद्धिमा जाने बेला हामीलाई नभई नहुने विषय पूर्वाधारको विकास हो। पूर्वाधार विकास ज्यादै न्यून वा अपर्याप्त छ। पूर्वाधार तयार नभई विकास सम्भव हुँदैन। प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर प्राप्त गर्नलाई पूर्वाधार बाधक बनेको छ। भौतिक पूर्वाधारमा जोड दिनुपर्ने हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

आर्थिक विकासलाई औद्योगिकीकरणसँग जोड्नुपर्ने हुन्छ। लोडसेडिङ त अन्त्य भयो, त्यो राम्रो पक्ष हो। तर, उद्योगहरु विस्तार भएको अवस्थामा उत्पादित विद्युतले धान्न सक्ने÷नसक्ने अर्को प्रश्न छ। ठूला–ठूला सडक सञ्जालको विस्तार तथा सुधार हुन सकेको छैन। अन्तर्राष्ट्रिय हवाइ अड्डा सुचारु हुन कति समय लाग्छ, कहिले सकिने टुंगो छैन।

अबको अर्थतन्त्र कस्तो हुनुपर्छ? मूल प्रश्न यही हो। अहिलेका अर्थतन्त्रका विसंगति हटाउन बहिरङ (ओपिडी) सेवाले सम्भव छैन। अर्थतन्त्र ट्रयाकमा ल्याउन सघन उपचार आवश्यक छ। अर्थात् मेडिकलको भाषामा ओपिडीको उपचारले हुँदैन। अर्थतन्त्र आइसियूमै भर्ना गर्नुपर्ने अवस्थामा पुगिसकेको छ। भूकम्प गएको ३ वर्ष भइसक्यो। कोदारी राजमार्ग सुरू हुन सकेको छैन। कृषि उत्पादनमा कमी आएको छ । बाढीपहिरो जस्ता प्रकोपले उत्पादन घटिरहेको छ।

यावत् कारणले अर्थमन्त्रीले गरेको मध्यावधि आर्थिक प्रक्षेपण पूरा हुने देखिन्न। पहिले बजेट बनाउँदा ७ दशमलब २ प्रतिशत भनिएको थियो। मध्यावधि आर्थिक प्रक्षेपणमा ६ प्रतिशत भनियो। विश्व बैंकले ४ दशमलब ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर नहुने बताइसकेको छ।

अर्थतन्त्रमा आत्मनिर्भर हुनका लागि सम्भाव्य क्षेत्रमा ध्यान दिनै पर्छ। आत्मनिर्भर उन्मुख हुनैपर्छ। अबको २/३ वर्षभित्रमा अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउनुपर्छ। दयनीय रहेको अर्थतन्त्र उकास्न हाम्रो कृषि क्षेत्रलाई महत्व दिनुपर्छ। कृषिमा नगदे बालीको उत्पादन बढाउनुपर्छ। जलविद्युत् र पर्यटन ध्यान दिनुपर्ने क्षेत्र हुन्। तसर्थ, सीमित क्षेत्रबाट नेपालले क्षमता प्रदर्शन गरी अर्थतन्त्र बलियो बनाउन सक्छ। 

अर्को सोचनीय पक्ष के छ भने ‘वर्ल्ड इकोनोमिक फोरम’ले आर्थिक प्रक्षेषण गरेको छ– सन् २०१८ पछि कुनै पनि समय विश्वभर आर्थिक मन्दी आउन सक्छ। सन् २००८ को भन्दा पनि खतरनाक मन्दी आउने बताइएको छ। उक्त मन्दीले विकशित देशसँगै अल्पविकसित देशमा पनि नकारात्मक असर पर्ने पूर्वानुमान गरिएको छ। 

तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक उत्पादन क्षमता भएका र आयात प्रतिस्थापन गर्न सक्ने उद्योगहरुमा निजी क्षेत्रको लगानी प्रवर्धन गरेर उदारीकरण र विश्वव्यापीकरणबाट फाइदा लिन सक्नुपर्छ। उच्च, दिगो र समावेशी अर्थतन्त्र हासिल गर्नुपर्छ। तुलनात्मक लाभ लिन सक्ने क्षेत्रमा हामी प्रवेश गर्नुपर्छ। पारस्परिक अर्थतन्त्रको समय भएकाले दुई ठूला अर्थतन्त्र भएका छिमेकी राष्ट्रहरुलाई जोड्नुपर्छ। सार्क, विमेस्टेक मार्फत क्षेत्रीय अर्थतन्त्रमा जोडिन सक्नुपर्छ। विश्यव्यापी अर्थतन्त्रसँग जोडिन सकियो भने एक डलरले एक सय आठ रुपैयाँ कमाइ हुन्छ। 

अबको बजेटमा पुरातन शैलीबाट होइन कि नवीनतम शैलीबाट जानुपर्ने हुन्छ। अर्थतन्त्रको विसंगति हटाउनका लागि अनुशासन पर्वको घोषणा हुनुपर्छ। भ्रष्टचार नियन्त्रणका लागि स्थापित निकाय अनुसन्धान गर्ने संस्थाजस्तो मात्र भएको छ। जसका लागि सीमित अधिकार दिइएको छ। ऐन, नियम समयानुकल बनाएर अख्तियारलाई बलियो बनाउनुपर्छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल  सन् २०१७ को प्रतिवेदनले दक्षिण एसियामा बंगलादेशपछि नेपाललाई बढी भ्रष्टाचार हुने मुलुकमा राखेको छ। महालेखा परीक्षकको प्रतिवेदनले ५ सय अर्ब बेरुजु देखाएको छ।  पुँजीगत खर्च ज्यादै न्यून छ। त्यसमा पनि ८ महिनामा ४० प्रतिशत मात्रै खर्च भएको छ। पुँजीगत खर्च भएको छैन। बेरुजु बढेको छ। बेरुजु बढेको कति वर्ष भयो? कारबाही खोई? संवैधानिक निकाय सशक्त हुन सकेको छैन। वर्तमानमा अर्थतन्त्र बेवारिसे हालतमा छ। 

अब मितव्ययिताको सिद्धान्त प्रतिपादन गर्नुपर्छ। हाम्रो कुल राष्ट्रिय आय ३० खर्बको छ। सानो राष्ट्रिय आय छ। सानो आयको ५० प्रतिशतको बजेट बनाइयो भने पनि १५ खर्बको बजेट बनाउनुपर्ने वाध्यता छ। देश संघीयतामा गएको अवस्थामा प्रदेश र स्थानीय निकायका आंकाक्षा बढेका छन्। आर्थिक मितव्ययिताका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले कुनै पनि सवारी साधन अबको २ वर्ष खरिद गर्नु हुँदैन। फर्निचरका सामान खरिदमा पनि नियन्त्रण गर्नुपर्छ। स्थानीय निकायमा १८ प्रतिशत विनियोजन गरिएको थियो। अबको बजेटमा १५ प्रतिशत बजेट छुट्याउन सकिए पनि सकरात्मक मान्नुपर्छ। 

आय यथावत् रहेको अवस्थामा खर्चको क्षेत्र बढेको छ। ठूलो आकारको बजेट बनाउनुपर्ने बाध्यता छ। कुल राष्ट्रिय आयको ५० प्रतिशत बजेट बनाइयो भने पनि आन्तरिक र वाह्य ऋण उठाउनुपर्ने हुन्छ। ऋणको पासोमा फस्दै जाने अवस्था पनि छ। ऋण लिएर बनाएको बजेटले प्रतिफल दिन सकेन भने अर्थतन्त्र थप कमजोर बन्छ। त्यसैले कुल राष्ट्रिय आयलाई बढाउनुपर्ने देखिन्छ। राष्ट्रिय आय बढेको अवस्थामा आगामी वर्ष ऋण लिनु नपर्ने हुनसक्छ। 

गत १०–१२ वर्षमा बनेका सरकारले अर्थतन्त्रमा भएको तहसनहसलाई जिम्मेवारी लिने प्रयास नै गरेनन्। अर्थमन्त्रीले जारी गरेको श्वेतपत्रले पनि हाम्रो पछिल्लो अवस्था देखाएको छ। विप्रेषणले मुलुक धानेको छ। यस वर्ष विप्रेषण पनि घटेको छ। विप्रेषणको ५३ प्रतिशत हिस्सा रिर्जभ बैंक भारतलाई बेचेर भारु किन्नु परिरहेको छ। निर्यात बढाउन सकियो भने मात्र सञ्चिती मुद्रामा वृद्धि हुने हो। आफ्नो उत्पादन केही पनि नहुने सबै आयात गरेर मूल्यवृद्धि ठिक अवस्थामा छ भन्न सकिँदैन। 

अर्थमन्त्रीले बजेट ल्याउँदा आत्मनिर्भर अर्थतन्त्रलाई सम्वद्र्धन गर्नुपर्ने हुन्छ। अबको २–३ वर्षमा अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउनुपर्छ। तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमता भएका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्छ। भौतिक पूर्वाधारको विकासका लागि पुँजीगत बजेट बढाउनुपर्छ।

ठूला–ठूला आयोजनामा प्रत्यक्ष वैदेशिक लगानी आर्कषित गर्नुपर्छ। अर्थतन्त्रका विसंगति नियन्त्रण गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सशक्त बनाउनुपर्छ। अनावश्यक खर्च कटौति गर्ने नीति ल्याउनुपर्छ। बजेटमै यस्ता–यस्ता क्षेत्रमा खर्च गर्दैनौं भनेर उल्लेख गर्नुपर्छ। 

राजनीतिक दल, राष्ट्र, जनता कमजोर भएको स्थिति छ। राज्यको भारमा सबै क्षेत्र परेको हुनाले घाटाको बजेट बनाउने गरिएको छ। सरकारलाई खर्चको आवश्यकता बढी पर्छ। तर, आन्तरिक स्रोत साधनको कमी हुन्छ। आन्तरिक र वाह्य ऋण लिनु गरिब मुलुकका लागि छनोट वा रुची होइन, वाध्यता हो।

अन्तर्राष्ट्रिय नियमले के भन्छ भने, बजेट घाटा कुल जिडिपीको १ प्रतिशतभित्र हुनुपर्छ। व्यवहारतः त्यस्तोे अवस्था हुँदैन। अनुदान कुल जिडिपीको २ प्रतिशतको हारहारीमा राखिनुपर्छ। घाटा बजेट वाध्यता हो, तर त्यसको पूर्ति गर्नका लागि राष्ट्रिय आय बढाउनुपर्छ। घाटा बजेटले मुद्रास्फिति भने बढाउनु हुँदैन। अर्थतन्त्रलाई जोखिममा पार्नु हुँदैन।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०७५  ०८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेकाे शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। बुधबार, वैशाख २, २०८३
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार २०७९ साल जेठमा दलीय आधारमा निर्वाचित भएका स्थानीय तहका ३६ हजारभन्दा बढी जनप्रतिनिधिहरुको पद खारेज गर्दै अब हुने चुनाव गैरदलीय आधारमा... बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश खड्काकी श्रीमती विनीता थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ... बुधबार, वैशाख २, २०८३
ताजा समाचारसबै
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना बिहीबार, वैशाख ३, २०८३
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्