• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कहाँ कहाँ उल्लंघन गरे ओलीले विधान?

64x64
नेपाल लाइभ बुधबार, चैत १८, २०७७  २०:३१
1140x725

काठमाडौं- दुई चिरामा विभाजित एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओली ‘गुट’ले गरेका निर्णय अवैध भएको स्पष्टीकरणमार्फत् दाबी गरेको छ।

फागुन २३ पछि केन्द्रीय कमिटी र संसदीय दलको बैठकले गरेका निर्णयलाई अस्वीकार गर्दै नेपाल पक्षका चार नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले स्पष्टीकरण दिएका छन्। उनीहरूलाई चैत ८ गते ओली पक्षले स्पष्टीकरण सोधेको थियो।

उनीहरूले ओली पक्षले डाकेको केन्द्रीय कमिटीको बैठकको आह्वानप्रति नै तीव्र असन्तुष्टी जनाएका छन्। ओलीले फागुन २८ गते बालुवाटारमा आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई मात्रै बोलाएर 'केन्द्रीय कमिटीको बैठक' गरेका थिए। बैठकका लागि सूचना गर्दा केन्द्रीय कमिटीको बैठक लागि भनि बोलाइएको थिएन। ओली पक्षीयलाई मात्रै बोलाइएको बैठकमा ‘झुक्किएर’ नेपाल पक्षका नेताद्वय सुरेन्द्र पाण्डे र राजेन्द्रकुमार राईलाई मेसेज पुगेको थियो।

मंगलबार पार्टी अध्यक्ष ओलीलाई नेता घनश्याम भुसालले उक्त मेसेजको सन्दर्भमा स्मरण गराएका छन्। सबैलाई बैठकमा बोलाएको भनी ओलीले दिएको अभिव्यक्तिको भुसालले प्रतिवाद गरेका छन्। प्रधानमन्त्रीलाई जवाफ फर्काउँदै भुसाल लेख्छन्- ‘सबैलाई खबर पठाइएको दाबी गर्नुभयो। तपाईंलाई मेरो चुनौती छ, त्यो तपाईंको शतप्रतिशत झुठो दाबी हो। तपाईंले आफ्नै गुटका सदस्यलाई पठाइएको मेसेजमा समेत केन्द्रीय कमिटीको बैठक भनेर खबर गरिएको थिएन। त्यसमा लेखिएको थियो- 'कमरेड अभिवादन! यही फागुन २८ गते शुक्रबार बिहान ठीक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थितिका लागि अनुरोध छ। ईश्वरी रिजाल, सचिव, नेकपा (एमाले) केन्द्रीय कार्यालय, धुम्बाराही।’

यसै, बैठकबाट विधानको उल्लंघन भएको तथा पार्टी दुई चिरा भएको माधव पक्षको ठहर छ। चैत ८ मा प्रधानमन्त्री ओलीले पठाएको स्पष्टीकरण चार नेताले दुई चरण गरी फर्काएका छन्। चैत १२ मा नेता नेपाल र रावलले प्रष्टीकरण दिएका छन् भने सोमबार नेताद्वय भुसाल र पाण्डेले जवाफ फर्काए। जवाफ फर्काउने सबै नेताले ओली पक्षले एमालेको विधान कुल्चेको निष्कर्ष निकालेका छन्। जवाफमा पार्टी विधानको धारा १३, १४ र ५८ को व्यवस्थालाई आधार बनाई ओलीलाई प्रश्न गरिएको छ।

विधानको १४ (ख) १/२/३ को व्यवस्था विपरीत निर्णय भएको भन्दै माधव पक्षले यस प्रावधानलाई सर्वाधिक उठाएको छ। १४ (ख) १ मा केन्द्रीय कमिटीमा राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव २, सचिव ५ गरी जम्मा १४ जना पदाधिकारी हुने व्यवस्था छ। पदाधिकारीको व्यवस्था ओली समूहले हटाएको छ।

१४ पदाधिकारी, वरिष्ठ नेता १ सहित ११५ पूर्ण र ४४ वैकल्पिक गरी जम्मा १५९ सदस्यको केन्द्रीय कमिटी हुने एमाले विधानमा छ। साथै, कुल सदस्य संख्याको १० प्रतिशतभन्दा बढी नहुनेगरी केन्द्रीय कमिटीबाट मनोनीत गर्न पाइने व्यवस्था विधानमा छ। आफूलाई विधानले दिएको व्यवस्था प्रयोग गरी २०७३ फागुनमा ओलीले २१ जना केन्द्रीय सदस्य मनोनीत गरिसकेका थिए।

‘बाधा अड्काउ फुकाउने’ निर्णय केन्द्रीय कमिटीले गरेको जनाउँदै ओलीले २३ जना माओवादी केन्द्रका नेतालाई केन्द्रीय कमिटीमा समेटेका छन्। माओवादी केन्द्रबाट मनोनयनमा परेकाहरूमा उक्त समूहका उच्च तहका नेता समेत छन्। रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह माओवादी केन्द्रका उच्च तहका नेता हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

२८ गतेको ओली पक्षले गरेको बैठकबाट माओवादी केन्द्रबाट थपिने अन्य केन्द्रीय सदस्यमा लिलबहादुर थापा मगर, दधिराम न्यौपाने, गिरधारीलाल न्यौपाने, टंक आङ्बोहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलम्पाकी, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा, चन्द्रबहादुर खड्का, रामचन्द्र मण्डल कमल चौलागाइँ, मनोजजंग थापा, विषमलाल अधिकारी दनुवार, दिनेश पन्थी, नवीन रोका मगर र धर्मराज रेग्मी छन्।

बाधा अड्काउ फुकाउने विधि प्रयोग गरी निर्णय गरिएको ओली पक्षको दाबी छ। बाधा अड्काउ फुकाउनु पर्नाको कारण फागुन २३ को सर्वोच्चको फैसलालाई आधार बनाइएको छ। समयानुकुल विधान बनाउनुपर्ने भएको तथा माओवादी केन्द्रबाट आएकालाई मनोनीत गर्न बाधा अड्काउ फुकाएर निर्णय गरिएको ओलीले चैत १३ मा जारी गरेको अन्तरपार्टी निर्देशनमा भनिएको छ।

महाधिवेशन आयोजक कमिटी बनाउने व्यवस्था विधानमै नभएको माधव पक्षको दाबी छ। 'पार्टी विधानको उपरोक्त व्यवस्थाले तपाईंले गरेको भनिएको बैठक, त्यस बैठकले गरेको भनिएका विधान संशोधन गर्ने, त्यसका आधारमा पार्टीको केन्द्रीय निकायमा भर्ती गर्ने, पदाधिकारीहरू परिवर्तन गर्ने, राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउनेलगायत सबै निर्णयहरू अवैध, अनधिकृत र नक्कली ठहर हुन्छ', भुसालको जवाफमा उल्लेख छ।

ओली पक्षले २६४ जनाको महाधिवेशन आयोजक कमिटी बनाएको छ। पदाधिकारीको व्यवस्था पनि बैठकले हटाएको छ। केन्द्रीय कमिटीलाई महाधिवेशन कमिटीमा रूपान्तरण गरी उक्त कमिटीको अध्यक्ष ओली र महासचिवमा ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ।

धारा १४ मा रहेको केन्द्रीय कमिटीको गठनसम्बन्धी व्यवस्था उल्लंघन गरिएको माधव पक्षको निचोड छ। १४ (क) मा रहेको ‘राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी निर्वाचित भएपछि पुरानो केन्द्रीय कमिटी स्वतः विघटित हुनेछ’ भन्ने प्रावधानको उल्लंघन गरिएको माधव पक्षका चारै नेताले लेखेको स्पष्टीकरणमा उल्लेख छ।

एमाले विधानमा धारा १३ (क) र (ख) मा केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावउपर छलफल गरी पारित गर्ने व्यवस्था छ। विधानका सन्दर्भमा केन्द्रीय कमिटीमा छलफल गरी पारित हुने व्यवस्था पालना नभएको माधव पक्षको तर्क छ।

त्यस्तै, धारा ५८ को विधान संशोधनको व्यवस्था लागू नगरी बालुवाटारमा निर्णय गरिएको जनाइएको छ। धारा ५८ (१) ‘केन्द्रीय कमिटीले विधान संशोधनसम्बन्धी लिखित प्रस्ताव विधान महाधिवेशनसमक्ष प्रस्तुत गर्ने’ व्यवस्था छ। विधान महाधिवेशनमा प्रस्तुत नै नगरी फास्ट ट्रयाकबाट विधान संशोधन गरिएको छ।

एमालेको विधान संशोधन गर्नुपरेमा केन्द्रीय कमिटीले धारा ५८ को उपधारा (१) को आधारमा लिखित प्रस्ताव विधान महाधिवेशन शुरु हुनुभन्दा एक महिनाअघि स्थानीय कमिटी तथा पार्टी सदस्यसमक्ष पुर्‍याइसक्नुपर्ने व्यवस्था छ। विधान संशोधनका लागि इच्छुक स्थानीय पार्टी कमिटी र सदस्यले आफ्नो लिखित प्रस्ताव तोकिए बमोजिम केन्द्रीय कमिटी समक्ष प्रस्तुत गर्ने प्रावधान समेत छ। उक्त अवसर तल्लो कमिटी तथा सदस्यलाई नदिइकन विधान संशोधन भएको छ।

पढ्नुहोस् स्पष्टीकरणहरू :
माधव नेपालको स्पष्टीकरण

भीम रावलको स्पष्टीकरण
 

घनश्याम भुसालको स्पष्टीकरण

सुरेन्द्र पाण्डेको स्पष्टीकरण
 

ओली पक्षले संशोधन गर्नुअघिको एमाले विधान

 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  २०:३१
  • #केपी_ओली
  • #माधवकुमारनेपाल
  • #माधव_नेपाल
  • #नेकपा_एमाले
  • #एमाले_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : प्रभावित क्षेत्रबाट ४ हजारभन्दा बढीको हवाई उद्धार, जलविद्युत आयोजनाका सुरुङमा खोजी तीव्र
एमसीसी: बुटवलदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान
सम्बन्धित सामग्री
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनपछि बनेको नयाँ संरचनामा समेटिन नसकेका अघिल्लो समितिका सदस्यहरूलाई क... आइतबार, भदौ २८, २०८३
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने सुवा विनाशकारी बाढीलाई केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज... आइतबार, भदौ २८, २०८३
१५औं महाधिवेशनका विषयमा छलफल गर्न सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको बैठक साढे ३ बजेदेखि सुरु भएको छ । बैठक २ बजे बोलाइएको थियो । तर केन्द्रीय कार्य सम्पादन स... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : प्रभावित क्षेत्रबाट ४ हजारभन्दा बढीको हवाई उद्धार, जलविद्युत आयोजनाका सुरुङमा खोजी तीव्र आइतबार, भदौ २८, २०८३
एमसीसी: बुटवलदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ आइतबार, भदौ २८, २०८३
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्