• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा नाम विवादमा प्रचण्डले सर्वोच्चमा पेस गरेका १० नजिर र १५ आधार

‘नेकपा व्यापारिक ट्रेडमार्क जस्तो दर्ता गर्नेको एकलौटी हुने होइन’
64x64
नेपाल लाइभ मंगलबार, चैत १७, २०७७  २०:५८
1140x725

काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नाम विवादमा सर्वोच्च अदालतबाट भएको फैसला उल्ट्याउनुपर्ने दाबीसहित १० वटाभन्दा बढी नजिर पेस गरेका छन्। फागुन २३ गते सर्वोच्चबाट भएको फैसला सच्याउनुपर्ने मागसहित मंगलबार दर्ता गरेको पुनरावलोकन निवेदनमा प्रचण्डले ती नजिर प्रस्तुत गरेका हुन्।

उनले भर्खरै मात्र संवैधानिक इजलासले प्रतिनिधि सभा पुनर्स्थापना गरेको फैसलादेखि मनमोहन अधिकारीले गरेको संसद् विघटन उल्ट्याउने निर्णयसम्मलाई नजिरको रूपमा पेस गरेका छन्। सर्वोच्च अदालतबाट सयौँ मुद्दामा नजिर सिद्धान्त प्रतिपादन गरिसकेको दाबी पुनरावेदनमा गरिएको छ।

प्रचण्डले सर्वोच्चको फैसला उल्टनुपर्ने १५ वटा आधारसमेत पेस गरेका छन्। विभिन्‍न समयमा भएका फैसला र ऋषि कट्टेलको मुद्दामा दिइएका आधारहरू खण्डन गर्दै पुनरावलोकनको निर्णय हुनुपर्ने उनको दाबी छ।

यो पनि पढ्नुहोस्

अदालतको फैसलामा प्रचण्डले उठाएका ८ प्रश्‍नमंगलबार, चैत १७, २०७७

निदेवनमा नेकपाको बहुमत सदस्य एकताको पक्षमा रहेकोदेखि नेकपा कसैको ट्रेर्डमार्क नभएको दाबी गरिएको छ। ‘नेपाल कम्युनिस्ट पार्टी भन्‍ने नाम व्यापारिक ट्रेडमार्क जस्तो दर्ता गर्नेको एकलौटी हुने होइन,’ पुनरावलोकन निवेदनमा भनिएको छ, ‘यस्तो साझा नामबाट निवेदकहरूलाई वञ्‍चित गरेकोले आदेश न्यायको रोहमा कायम रहन नसक्ने भएकोले पुनरावलोकन गरी हेरी बदर गर्न अनिवार्य छ।’

यी हुन् प्रचण्डले पेस गरेका नजिर
१) भुपालसिंह प्रधानविरुद्ध उपेन्द्रनाथ चटोपाध्याय ने.का.प. २०३०, नि.नं. ७२१।
२) गोपी सा-तेलीसमेत विरुद्ध सु भुपालसिंह प्रधान, (ने.का.प. विशेषांक २०४०, वि.नि.नं. १७)
३) कृष्णप्रसाद श्रेष्ठसमेत विरुद्ध सर्वज्ञमुनी बज्राचार्य (ने.का.प.२०४३, नि.नं. २९००) 
४) गोविन्द पौडेलविरुद्ध परशुराम भट्टराई (ने.का.प. २०४५, नि.नं. ३५८७, समेत) 
५) भोजराज घिमिरेविरुद्ध रामप्रसाद नायक (ने.का.प.२०६८, अंक १ नि.नं. ८५३३)
६) सुरजु अहिरविरुद्ध बृजलाल अहिरसमेत (ने.का.प. २०५०, नि.नं.४७९६) 
७) हरिप्रसाद नेपालसमेत विरुद्ध सम्माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइराला (ने.का.प.स्वर्ण शुभजन्मोत्सव विशेषांक २०५२, पृ.८८) 
८) रविराज भण्डारीविरुद्ध सम्माननीय प्रधानमन्त्री श्री मनमोहन अधिकारी (ने.का.प स्वर्ण शुभजन्मोत्सव विशेषांक २०५२ पृ. १, प्रकरण ८६ मा) 
९) लेकाकान्त भटृराईविरुद्ध भु.सू.का.रूपन्देही (ने.का.प.२०३३ अंक १ नि.नं.९६१) 
१०) सुती भूमिहारानीविरुद्ध भु.सू.का. महोत्तरीका भु.सू.अधिकारी पदमबहादुर कार्कीसमेत (ने.का.प.२०३२ अंक १ नि.नं.९१०) 

यो पनि पढ्नुहोस्

सर्वोच्चमा निवेदन दर्तापछि प्रचण्डले भने- पुनरावलोकन हुने विश्वास छमंगलबार, चैत १७, २०७७

निर्णय उल्ट्याउनुपर्ने भन्दै प्रचण्डले पेस गरेका १५ आधार
क) अदालतको विवादित अन्तिम आदेशमा निर्वाचन अयोगको २०७५ जेठ २३ गतेको निर्णय बदर गरेको अदालतको आदेशमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को गलत व्याख्या भएको छ।

कट्टेलको नेपाल कम्युनिस्ट पार्टीसँग पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली अध्यक्ष रही दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नाम समान रहेको वा मिले भिडेको छैन। विपक्षीको दलको संक्षिप्त नाम तथा कोष्ठभित्रको नाम रहेको छैन। भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र विपक्षीको दल नेपाल कम्युनिस्ट पार्टीको नाम देखादेखी रूपबाट फरक र अमिल्दो रहेको छ। यस्तो नामलाई समान र मिले भिडेको भनि भएको आदेश आफैंमा खण्डित रहनुका साथै कानुनी व्यवस्थाको प्रत्यक्षतः विपरीत छ।

ख) राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० मा दलहरू एकीकरण हुन वा गाभिनसक्ने प्रस्ट कानुनी व्यवस्था रहेको छ।
सोही कानुनी व्यवस्थाबमोजिम तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आपसमा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी  (ने क पा) दर्ता भएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

अदालतको आदेशले राजनीतिक दलहरूले संविधान र प्रचलित कानुनअनुसार आफ्नो दलको नाम राख्‍ने, दर्ता गर्ने, सञ्‍चालन गर्ने हकमा बन्देज लगाउन र नियन्त्रित गर्न मिल्ने हुँदैन। अदालतको आदेशले परोक्ष रूपबाट दल दर्ता र सञ्‍चालनमा नै बन्देज लगाएको छ। प्रत्यक्ष रूपबाट दल दर्ता र सञ्‍चालनमा रोक लगाउने गरी आदेश दिने अधिकार अदालतलाई छैन।

ग) दलको छोटकरी नाम राख्‍ने वा नराख्‍ने भन्‍ने सम्वन्धमा दल दर्ता हुँदाकै अवस्थामा यकिन गरिने हुन्छ। विपक्षीले दर्ता गर्नुभएको दलको नाम नेपाल कम्युनिस्ट पार्टीमात्र रही उक्त दलको अन्य कुनै छोटकरी नाम रहेको छैन।

यस्तो अवस्थामासमेत दलको नाम समान रहेको भनी गरिएको आदेश राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ८, ८(२), ९ तथा अनुसूचीको क्र.सं. १ समेतको विपरीत रहेकोले त्रुटिपूर्ण छ। साथै विवादित आदेश न्यायिकभन्दा पनि राजनीतिक रहेको कारणले पनि बदरभागी छ।

घ) राजनीतिक दलसम्बन्धी ऐन, दफा १० को व्यवस्थाबमोजिम दलहरू एकीकरण भएको कामकारबाहीको सम्बन्धमा कसैले कुनै विवाद उठाएको अवस्था रहेको छैन। हुँदै नभएको कारण परिवन्द आदेशमा उल्लेख हुन सक्ने अवस्था पनि रहेको छैन। कुनै विवाद नहुँदा-नहुँदै पनि दलको एकीकरणसम्बन्धी निर्विवाद काम कारबाहीलाई अमान्य र बदर घोषित गरिएको छ। 

Xtrem

Xtrem

कुनै आधार र कारणबिना संविधान र कानुनअनुरूप भएको दलको एकीकरण अमान्य हुने भनी भएको आदेश उक्त कानुनी व्यवस्थाको विपरीत हुनाका साथै आदेशले संविधान र कानुनको दायरा नाघेको कारणले बदर भागी छ। 

ङ) ऋषिराम कट्टेलको मागदाबी केवल ‘..निवेदक संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा नेकपा र म आफ्नोसमेतका संवैधानिक एवं कानुनी हकको गम्भीररूपमा हनन भएकोले विपक्षी निर्वाचन आयोग विपक्षी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गरेको सदर गर्ने गरेको आयोगको मिति २०७५।०७।०९ गतेको निर्णय फैसला नेपालको संविधान २०७२ को धारा १७(१)(२)(ग), धारा २७०,राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४, ५, ६(१) (ङ) ९, १० विपरीत गलत तरिकाले र न्यायिक मनको प्रयोग नगरी भएको हुँदा निर्वाचन आयोगको २०७५।०७।०९ को निर्णय फैसला उत्प्रेषणको आदेशले बदर गरी परमादेशलगायत जो चाहिने आज्ञा आदेश जारी गरी विपक्षीहरूलाई संविधानको पालना गर्न लगाई निवेदकको संवैधानिक एवं कानुनी हकको संरक्षण गरी संसदीय मर्यादासमेत कायम गरी पाऊँ’ भन्‍ने रहेको देखिन्छ। 

निवेदककै निवेदनबाट पनि साविकको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भएकोमा उप्रान्त साविकका यी दुई अलग-अलग दल नरही दुवै दलहरू एकीकरण भई एउटै दल भइसकेको तथ्यलाई विपक्षी ऋषिराम कट्टेललेसमेत स्वीकारै गरेको।

उद्देश्य चिन्ह वा झण्डा अरू केहीमा पनि छैन। एकीकरण भएकोमा सो हुनु हुँदैन, साविकबमोजिम अलग-अलग दल नै कायम रहनुपर्छ भन्‍ने न त विपक्षी ऋषिराम कट्टेलको मागदाबी छ, न त निजले विपक्षी बनाएका नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को लिखित जवाफमा एकीकरणको खिलाफमा कुनै जिकिर नै छ।

च) राजनीतिक दल खोल्ने हकभित्र नाम राख्‍ने, एकीकरण हुने, गाभिने लगायतका सबै अधिकारहरू स्वतः समाहित हुने हुन्छन्। 

तत्कालीन राजनीतिक परिवेश, जनचाहना र आवश्यकताअनुसार संविधान र कानुनसम्मत तवरबाट दलहरू एकीकरण भई लामो समय व्यतित भई एकीकरण भएको दलको हैसियतले निर्वाचनमा सहभागी हुनेलगायतका धेरै गतिविधिहरू गरिसकेको अवस्थामा कसैले विवाद नगरेको संविधान र कानुनबमोजिम भएको दलको एकीकरणलाई अमान्य गरी दलहरू छुट्याउने गरी भएको आदेश आफैंमा उदेकलाग्दो रहेको छ। 

यो पनि पढ्नुहोस्

नेकपा नामसम्बन्धी प्रचण्डको पुनरावेदन निवेदन सर्वोच्चमा दर्ता [निवेदनसहित]मंगलबार, चैत १७, २०७७

छ) दलले यो नामबाहेक अन्य नाममात्र राख्‍न पाउने हो भनी निषेध, वर्जित वा नियन्त्रित गर्ने गरी अदालतबाट आदेश जारी हुन नै सक्तैन। संविधान र प्रचलित राजनीतिक दलसम्बन्धी ऐनको अधीनमा रही दलको नाम के राख्‍ने भनी निर्णय गर्ने स्वायत्तता दल दर्ता गर्ने नागरिकहरूमा हुने यथार्थता हो।

ज) परोक्ष रूपबाट दल एकीकरण गर्न रोक लगाई छुट्टिन बाध्य पारेको आदेश मान्‍नुपर्ने भनी उल्लेख गरिएको न्यायिक शक्तिकै विपरीत हुनेगरी भएको आदेश आफैंमा खण्डित र उक्त न्यायिक मान्यतासमेतको विपरीत छ।

झ) नयाँ राजनीतिक दलको तर्फबाट उम्मेदवार भई विभिन्‍न निर्वाचनहरू (राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाको कास्की निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन, राष्ट्रियसभाको निर्वाचन भक्तपुर निर्वाचन क्षेत्र नं. १ (१) को उपनिर्वाचन र स्थानीय तह अन्तर्गत धरान उमनपाको प्रमुखको उपनिर्वाचन, स्थानीय तह गाउँपालिकाअन्तर्गत फाल्गुनन्द गाउँपालिका अध्यक्ष, मकालु गाउँपालिका अध्यक्ष, पिप्रा गाउँपालिका अध्यक्ष, स्थानीय तह गाउँपालिकाको उपाध्यक्षतर्फ खार्पुनाथ गाउँपालिका उपाध्यक्ष तथा स्थानीय तहअन्तर्गत विभिन्‍न ४४ वडा अध्यक्षका पदहरूमा उपनिर्वाचन भएका छन्। विवादित आदेशले निर्वाचनहरूबाट निर्वाचित जनप्रतिनिधिहरूको हैसियतमाथि नै प्रश्न उठ्न पुगेको छ।  जनादेशलाई नै खल्बल्याउने गरी भएको आदेश जनताको  मताधिकार तथा जनादेशसमेतको विपरीत रहेकोले कायम रहन सक्तैन।

ञ) अदालतले संवैधानिक र कानुनी प्रश्नको लक्ष्मणरेखा नाघेर राजनीतिक विषयवस्तुमा प्रवेश गरेर इन्साफ गर्न मिल्दैन।

ट) नेपाल कम्युनिस्ट पार्टी ( ने क पा ) को अस्तित्वलाई मेटाउनुअघि एकीकृत दलको नाम दर्ता भइरहेको दलको नामसँग मिल्न गएको भए अर्को नाम प्रस्ताव गर्न पाउने मौकाबाटसमेत वञ्‍चित गरेकोमा प्राकृतिक न्यायको सिद्धान्तविपरीत देखिन्छ। 
  
ठ)  दुई वा दुईभन्दा बढी दल एक आपसमा सम्झौता गरी एकीकरण हुनलाई राजनीतिक दलसम्बन्धी कानुनले निश्चित प्रक्रिया निर्धारण गरेको छ। एकीकरणको यो विषय समग्रतामा एउटा अंश हो, सम्पूर्ण होइन।

ड) नेपाल कम्युनिस्ट पार्टी भन्‍ने नाम व्यापारिक ट्रेडमार्क जस्तो दर्ता गर्नेको एकलौटी हुने होइन। यस्तो साझा नामबाट निवेदकहरूलाई वञ्‍चित गरेकोले आदेश न्यायको रोहमा कायम रहन नसक्ने भएकोले पुनरावलोकन गरी हेरी बदर गर्न अनिवार्य छ। 

ढ) दलहरू एकीकरण हुने सम्बन्धमा भए गरिएका कुनै पनि काम कारबाहीहरू तथा समग्र दलको एकीकरणसम्बन्धी काम कारबाहीहरूलाई विपक्षीले चुनौती गर्नुभएको छैन। यस्ता काम कारबाहीलाई चुनौती गर्ने हकदैया पनि विपक्षीलाई रहेको छैन।

ण) संयुक्त इजलासले छुट्याएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने  क पा) को बहुमत केन्द्रीय सदस्यहरूले हस्ताक्षर गरी मिति २०७७।११।२४ मा निर्णय भएको छ। यसबाट पार्टी केन्द्रीय कमिटीका बहुमत सदस्यहरू पार्टी एकताको पक्षमा रहेको भन्‍ने पुष्टि भएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभामुख अर्याल तान्जानिया प्रस्थान
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक
सम्बन्धित सामग्री
सभामुख अर्याल तान्जानिया प्रस्थान सभामुख अर्याल आइतबार साँझ कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तान्जानियातर्फ प्रस्थान गरेका हुन... आइतबार, असोज १८, २०८३
एमालेको निष्कर्ष: सरकार स्वेच्छाचारी बन्दैछ, संसद् सत्ताको छायामा पर्‍यो आइतबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले आगामी अधिवेशनमा थप सशक्त भूमिका निर्वाह गर्ने गरी तयारी गर्न... आइतबार, असोज १८, २०८३
देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जान... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
भोटेकोशी बाढीले दियो चेतावनी: अब पूर्वाधार निर्माणको मापदण्ड बदल्नुपर्छ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्