• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अदालतको फैसलामा प्रचण्डले उठाएका ८ प्रश्‍न

64x64
नेपाल लाइभ मंगलबार, चैत १७, २०७७  १६:१७
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादबारे सर्वोच्च अदालतले गरेको फैसलामाथि आठ प्रश्‍न उठाएका छन्। फागुन २३ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको फैसला सच्याउन माग गर्दै मंगलबार पुनरावेदन निवेदन दर्ता गरेका उनले ती प्रश्‍न उठाएका हुन्।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले गरेको फैसलामा राजनीतिक दलले गरेको एकीकरण, सो एकीकरण गर्दा गरेको सम्झौता, अन्तरिम विधान, केन्द्रीय समितिको निर्णय, झण्डा र चिन्ह आदि परिणामतः बदर हुने गरी अलग-अलग पार्टी रहेको भन्‍न मिल्छ वा मिल्दैन? भन्‍ने प्रश्‍न प्रचण्डले उठाएका छन्।

उनले एकीकरण गर्दाको सम्झौता, अन्तरिम विधान, केन्द्रीय समितिको निर्णय आदिसमेत बदर हुनेगरी आदेश गर्दा अदालत राजनीतिक विषयमा प्रवेश गरेको हुन्छ वा हुँदैन? संवैधानिक र कानुनी विषयवस्तुको सीमा नाघेर अदालत यस्तो राजनीतिक विषयमा प्रवेश गर्न मिल्छ कि मिल्दैन? लगायत प्रश्‍नसमेत पुनरावलोकनबाट निर्णय हुनुपर्ने निवेदनमा उल्लेख गरेका छन्।

यी हुन् प्रचण्डले पुनरावेदनमा उठाइएका आठ प्रश्‍नः
क) साविकको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नाम विपक्षी ऋषिराम कट्टेल संयोजक रहनुभएको नेपाल कम्युनिस्ट पार्टी नाम गरेको पार्टीको नामसँग मिल्दोजुल्दो छ, छैन?

ख) प्रस्तुत विवाद केवल नामको विवाद हो वा दलको अस्तित्वको विवाद हो? दर्ता भएको कुनै दलहरूको नामको विवादमा दलको अस्तित्व नै इन्कार गर्न मिल्छ, मिल्दैन? 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

सर्वोच्चमा निवेदन दर्तापछि प्रचण्डले भने- पुनरावलोकन हुने विश्वास छमंगलबार, चैत १७, २०७७

ग) दल दर्ता कायम रहने आवश्यक विषयवस्तु केवल नाममात्र हो वा नामबाहेकको अलग पहिचान दिने अन्य वस्तु झण्डा, चिन्ह, विधान, उद्देश्य र सिद्धान्त पनि हो? नामबाहेक यी अन्य विषयवस्तु यथावत रहँदा-रहँदै नाममात्रको विवादले दलको अस्तित्व नै समाप्त हुन सक्छ वा सक्दैन?

घ) राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ) बमोजिम दर्ता रहेको कुनै दलको नाम वा चिन्हसँग मिल्न गएमा दफा ६ (२) (३) बमोजिम सुधार गर्ने मौका दिनुपर्ने अनिवार्य कानुनी व्यवस्थाको बेवास्ता गरी सो मौका नै नदिई एकीकरण नै नभएको वा साविकबमोजिम अलग-अलग दल रहेको भन्‍न मिल्छ, मिल्दैन? 

ङ) राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० बमोजिम साविकको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एकीकरण भएको तथ्यलाई विपक्षीले पनि स्वीकार गर्नुभएको र सो एकीकरण हुनु हुँदैन भन्‍ने विषयमा विपक्षीको कुनै माग दाबी नै नरहेको स्थितिमा अदालत आफैंले एकीकरण र एकीकृत दलको अस्तित्वलाई इन्कार गरी माग दाबीभन्दा बाहिर गई साविकबमोजिम नै अलग-अलग दल रहेको भन्‍न मिल्छ, मिल्दैन?

च) सम्मानित सर्वोच्च अदालत, संवैधानिक इजलासको रिट नं.०७७-धय-००२८ समेतका उत्प्रेषण परमादेशका निवेदन पत्रहरूमा मिति २०७७।११।११ मा भएको आदेशमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकीकरणलाई स्वीकार गरी एउटै पार्टी हो भनिसकेको र सो एकीकृत नामलाई समेत स्वीकार गरिसकेको स्थितिमा त्यसको विपरीत हुनेगरी संयुक्त इजलासको फैसलाले एउटै पार्टी नभएको, एकीकरण नै नभएको वा अलग-अलग पार्टी रहेको भन्‍न मिल्छ, मिल्दैन? संसद् विघटनको मुद्दामा संवैधानिक इजलासले गरेको आदेशको विपरीत हुन्छ, हुँदैन?

छ) कानुनबमोजिम हेरफेर, संशोधन वा अर्को नाम राख्‍न मिल्ने अवस्थाको विवादमा नामको सीमित विषयमा निरूपण नगरी एकीकरणको सम्पूर्ण प्रक्रिया नै बदर र एकीकृत दलको खारेजी गर्ने गरी निरूपण गर्न मिल्छ, मिल्दैन? दलको दर्ता खारेजी वा अस्तित्व समाप्त हुने कानुनी व्यवस्था राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १२ र १३ मा गरिएकोमा सो अवस्था प्रस्तुत विवादमा छ, छैन? छैन भने नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को दर्ता खारेज गरी अस्तित्व नामेट गर्न मिल्छ, मिल्दैन?

यो पनि पढ्नुहोस्

नेकपा नामसम्बन्धी प्रचण्डको पुनरावेदन निवेदन सर्वोच्चमा दर्ता [निवेदनसहित]मंगलबार, चैत १७, २०७७

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १२ र १३ बाहेक अर्को कुन कानुनले दलको दर्ता खारेज गरी अस्तित्व समाप्त गर्न मिल्छ, मिल्दैन? कानुनको उक्त दुई अवस्थामाबाहेक अन्य अवस्था वा कारण देखाई दलको दर्ता खारेजी वा अस्तित्व समाप्त गरेमा संविधानको धारा १७ (२) (ग), २६९ र २७० विपरीत भई दलमाथिकै प्रतिबन्ध हुन्छ, हुँदैन? अदालतकै फैसला वा आदेशले यस्तो राजनीतिक दलमाथि प्रतिबन्ध लाग्दा ‘जुन काम प्रत्यक्ष गर्न मिल्दैन, सो कार्य अप्रत्यक्ष रूपमा पनि गर्न मिल्दैन’ भन्‍ने सिद्धान्त अदालत स्वयंलाई लागू हुन्छ, हुँदैन?

ज) मिल्दोजुल्दो नाम हो वा होइन भन्‍ने सीमित कानुनी प्रश्‍न रहेको विवादमा दुई राजनीतिक दलले गरेको एकीकरण, सो एकीकरण गर्दा गरेको सम्झौता, अन्तरिम विधान, केन्द्रीय समितिको निर्णय, झण्डा र चिन्ह आदि परिणामतः बदर हुने गरी अलग-अलग पार्टी रहेको भन्‍न मिल्छ वा मिल्दैन? एकीकरण गर्दाको सम्झौता, अन्तरिम विधान, केन्द्रीय समितिको निर्णय आदिसमेत बदर हुने गरी आदेश गर्दा अदालत राजनीतिक विषयमा प्रवेश गरेको हुन्छ, हुँदैन? संवैधानिक र कानुनी विषयवस्तुको सीमा नाघेर अदालत यस्तो राजनीतिक विषयमा प्रवेश गर्न मिल्छ, मिल्दैन?

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जिल्ला अधिवेशन मिति सार्न सभापति थापाको प्रस्ताव
राप्रपाका महामन्त्री शरदराज पाठकले किन छाडे पार्टी?
सचिव बन्ने दौडमा तीन वरिष्ठ सहसचिव
सम्बन्धित सामग्री
जिल्ला अधिवेशन मिति सार्न सभापति थापाको प्रस्ताव उनले अहिले अधिवेशनभन्दा पनि बाढी पीडितको राहत र उद्धार प्राथमिकतामा रहेको बताएका हुन् । कांग्रेसले यसअघि भदौ २४ गते वडा अधिवेशन गर्न... आइतबार, भदौ २१, २०८३
राप्रपाका महामन्त्री शरदराज पाठकले किन छाडे पार्टी? पाठकले आजकै मितिदेखि राप्रपाबाट अलग हुने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। करिब चार वर्षअघि पार्टीलाई समयानुकूल... आइतबार, भदौ २१, २०८३
गृहमन्त्रीको सचिवालयले भन्यो– अस्पताल भर्ना हुनुभएको होइन, उद्धार गरिएकाको अवस्था बुझ्न जानुभएको हो बरु उनी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरूको अस्वथा बुझ्न अस्पताल जानुभएको सचिवालयले प्रस्ट पारेको छ । आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
जिल्ला अधिवेशन मिति सार्न सभापति थापाको प्रस्ताव आइतबार, भदौ २१, २०८३
राप्रपाका महामन्त्री शरदराज पाठकले किन छाडे पार्टी? आइतबार, भदौ २१, २०८३
सचिव बन्ने दौडमा तीन वरिष्ठ सहसचिव आइतबार, भदौ २१, २०८३
३ हजार ९६७ जनाको हवाई उद्धार, प्रभावित क्षेत्रमा खोजी र राहत जारी आइतबार, भदौ २१, २०८३
गृहमन्त्रीको सचिवालयले भन्यो– अस्पताल भर्ना हुनुभएको होइन, उद्धार गरिएकाको अवस्था बुझ्न जानुभएको हो आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्