काठमाडाैं- दिवङ्गत नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
मस्तिष्कघातका कारण शुक्रबार राति ८: २४ बजे नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरमा दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए।
अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलिका लागि उनको निजी निवास याख्याटोल र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो।
सानेपामा उनको पार्थिव शरीरलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।