काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्।
उनले सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालय पुगेर स्वर्गीय नेता जोशीको पार्थिव शरीरमा फूलमाला अर्पण गरेका हुन्। सो क्रममा अध्यक्ष दाहालले नेता जोशीलाई निष्ठावान र शालीन नेताको रूपमा चर्चा गरे।
‘उहाँ निष्ठावान, शालीन र देशका लागि केही गर्नुपर्छ भन्ने व्यक्तित्व हुनुहुन्थ्यो,’ श्रद्धाञ्जलि अर्पण गरेपछि छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘उहाँको निधनले देशलाई अपूरणीय क्षति पुगेको छ।’
त्यस क्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छोटो भेटवार्ता गरेका छन्। दाहाल सभापति देउवासँग उनैको कार्यकक्षमा करिब १० मिनेट कुराकानी गरी फर्किएका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।