काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनप्रति दु:ख व्यक्त गरेकी छिन्।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् नेता जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेकी हुन्। उनले जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको उल्लेख गरेकी छिन्।
'इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको असामयिक निधनको खबरले दु:खी भएको छु। उहाँको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको छ। स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,' राष्ट्रपति भण्डारीले लेखेकी छिन्।
थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो। उनको शव अहिले श्रद्धाञ्जलि अर्पणका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा लगिँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।