काठमाडाैं- सभामुख अग्निप्रसाद सापकाेटाले संसद्मा आफूले तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गरिरहेको बताएका छन्। उनले संसद्लाई प्रभावकारी बनाउन आफ्नो तर्फबाट सधैँ भूमिका खेल्ने बताए।
'मेरो भूमिका इतिहासले मूल्याङ्कन गर्नेछ। संविधानवाद र जनताको थलो कायम राख्ने काम गर्नेछु,' संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, 'सिङ्गो देशको गरिमा अघि बढाउने जिम्मेवारी मलाई दिएको छ। यसमा म सचेत छु।'
उनले संसद् बहसको थलो भएको उल्लेख गर्दै त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने बताए। उनले अहिले केही अन्योलको अवस्था देखिए पनि निराश हुन जरुरी नभएको बताएका छन्
'बहस र संघर्ष चलिरहन्छ। ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठेको छ। यसको रक्षाका लागि अर्को १०० वर्षसम्म लड्न तयार हुनुपर्छ,' सभामुख सापकोटाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।