• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हिउँदे अधिवेशन चल्न नपाउँदै अन्त्य गर्दै सरकार

64x64
नेपाल लाइभ शुक्रबार, चैत १३, २०७७  १८:३८
1140x725
फाइल तस्बिर

काठमाडाैं- असंवैधानिक कदममार्फत् प्रतिनिधि सभा विघटन गरेर आलोचना खेपेको सरकारले राम्रोसँग सुरु नहुँदै हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधि सभा कुनैपनि औपचारिक कार्यसूचीमा प्रवेश नगरी सरकारले अन्त्य गर्न लागेको हो।

शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसको संकेत दिएका छन्। पुस ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेका प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलापछि फागुन २३ गते हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले सोहीअनुसार प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी थिइन्। प्रधानमन्त्री ओलीले बैठक बजेट अधिवेशनलाई देखाउँदै चालु अधिवेशन अन्त्य गर्न लागेका हुन्।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद् बैठकको उत्तरार्द्धमा रहेको भन्दै वैशाखमा वर्षे अधिवेशन बोलाउनुपर्ने भएकाले केही समयपछि स्थगित हुने बताए। उनले वर्षे अधिवेशनमा बजेटमाथि छलफल हुने हुँदा अब छिट्टै हिउँदे अधिवेशन अन्त्य हुने संकेत गरे। सरकारले संसद्लाई विजनेस नदिएकोमा विघटनको बदला लिएको भनी आलोचना भइरहेको अवस्थामा उनले अधिवेशन अत्य गर्ने तयारीको संकेत गरेका हुन्।

राष्ट्रिय सभा बैठक सुरु भएको केही दिनमै अत्य गरेका प्रधानमन्त्रीले अर्को आलोचनाको थलो प्रतिनिधि सभाको अधिवेशनलाई निरन्तरता नदिने मनसाय संसदीय दलको बैठकमा सांसदहरूलाई सुनाएका छन्।

कहिले सुरु हुन्छ वर्षे अधिवेशन?
संसद्ले बजेट आउनुअघि तालिका बनाएर ‘प्रि-बजेट’ छलफल गर्ने परम्परा रहेको छ। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम जेठको पहिलो साता संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नेछिन्। उक्त नीति तथा कार्यक्रममाथि पनि छलफल हुने गर्दछ। यसमा सांसदहरुले दिने सुझावका आधारमा सरकारले बजेटको खाकालाई थप परिमार्जन गर्नेछ। जेठको पहिलो हप्ता नै त्यसमा आधारित छलफल चल्नेछ। त्यसको अवधि कति लामो  हुन्छ भन्‍ने विषयले निर्क्योल गर्नेछ।

त्यसपछि जेठ १३ गते अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्नेछन्। संविधानको धारा ११९ मा बजेट ल्याउने सीमा तोकिएको छ। संविधानको उक्त धारामा जेठ १५ गते बजेट संघीय संसद्‍मा पेस गर्ने उल्लेख छ। त्यसअघि सरकारले प्रि-बजेट छलफल गराउनुपर्नेछ। प्रि-बजेटमाथि एक साता छलफल र अर्थमन्त्रीले जवाफ दिने समयसमेत राख्नुपर्ने छ। यसका लागि सरकारले १५ दिनको समय दिन सक्नेछ।

बजेटमा छलफल गर्नुपर्ने र चैत अन्त्यतिर गइसकेकाले अब वैशाखमा अर्को अधिवेशन बोलाउनु एक महिनाअघि स्थगित गरिने प्रमुख सचेतक भट्टराईले बताए।

सरकारले अहिले चलिरहेको अधिवेशन अन्त्य गरेर वर्खे अधिवेशन वैशाखको अन्तिममा बोलाउने र बजेट छलफलमा अहिलेको राजनीतिक विवाद अल्झाउने राणनीति लिएको छ। यो अवधिसम्म सरकारलाई आवश्यक पर्ने सहमति जुटाउन सहज हुने सरकारको बुझाइ छ। संविधानको बजेट ल्याउनुपर्ने बाध्यतालाई देखाएर जारी राजनीतिक विवादमा थप सहज हुने उपाय सरकारले लिन खोजेको देखिन्छ। संसद् अधिवेशन चालु रहेको अवस्थामा अविश्वासको प्रस्ताव वा समर्थन फिर्ताको प्रक्रिया हुनसक्ने भएकाले यसलाई नै अत्य गरेर ढुक्क हुने मनसायमा सरकार लागेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

यो अधिवेशनमा पनि अटाएनन् ३६ विधेयक
२०७४ को आमनिर्वाचनपछि २०७४ फागुन २१ गते संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको थियो। सो समयदेखि हालसम्म विधेयक शाखा (प्रतिनिधि सभा)मा दर्ता भएका विधेयक ८७ पुगेको छ। तीमध्ये प्रमाणीकरण भएका विधेयक ५३ हुन् भने दर्ता भएपश्चात् तीन विधेयक सरकारले फिर्ता लिएको थियो।

हाल प्रतिनिधि सभामा ३६ विधेयक दर्ता भएर बसेका छन्। यीमध्ये वितरण गरिएका आठ, समितिमा विचाराधीन १०, सभामा विचाराधीन १२ र राष्ट्रिय सभाबाट प्राप्त सन्देश पेस हुन बाँकी दुई विधेयक रहेको सचिवालयका सूचना अधिकारी दशरथ धमलाले बताए।

संघीय संसद्को पहिलो अधिवेशन २०७४ फागुन २१ गतेदेखि चैत २० गतेसम्म भएको थियो। संसद्को दोस्रो अधिवेशन २०७५ वैशाख २३ गतेदेखि असोज ११ गतेसम्म, तेस्रो अधिवेशन २०७५ पुस ११ गतेदेखि चैत १० गतेसम्म, चौथो अधिवेशन २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म भएको थियो।

संसद्को पाँचौं अधिवेशन २०७६ पुस ४ गतेदेखि चैत २४ गतेसम्म र छैटौँ अधिवेशन २०७७ वैशाख २६ गतेदेखि असार १८ गतेसम्म चलेको थियो। संघीय संसद्‍मा दुवै सभातर्फ दर्ता भएका सन्धि/सम्झौताको सङ्ख्या १४ छ। उक्त ६ सन्धि/सम्झौता दुवै सभाबाट अनुमोदन भएका छन् भने आठ सन्धि/सम्झौता सदस्यलाई वितरणमात्र भएका छन्।

नागरिकता ऐनदेखि एमसिसीसम्म अलपत्र
प्रतिनिधि सभामा पेस भई पारित हुनुपर्ने धेरै महत्त्वपूर्ण कानुनहरू वर्षौंदेखि अलपत्र अवस्थामा रहेका छन्। यस्तै विधेयक मध्येको एक हो नागरिकतासम्बन्धी विधेयक।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिबाट २०७७ असार ७ गते प्रतिवेदन पारित गर्दै प्रतिनिधि सभामा पेस गरेको थियो। तर, सरकारले बजेट अधिवेशन नै अन्त्य गरिदियो। त्यस्तै २०७७ असार १५ मा पारित संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका शर्तसम्बन्धी विधेयक संसद्‍मा पेस हुन बाँकी छ।

संसद्को विकास तथा प्रविधि समितिले २०७६ पुस १३ मा पारित गरेको सूचना/प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि टेबल हुन सकेको छैन। बिरुवा संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट पारित हुँदा मात्रै कानुन बन्‍ने अवस्थामा छ।

यो पनि पढ्नुहोस्

पुन:स्थापनापछिका बैठकमा किन शोक प्रस्ताव मात्रै? बिहीबार, चैत ५, २०७७

प्रतिनिधि सभामा उत्पत्ति भएको यो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएर, राष्ट्रिय सभाबाट पनि पारित भई प्रतिनिधि सभामै फर्किएको छ। अब प्रतिनिधि सभाले राष्ट्रिय सभाले गरेको संशोधन स्वीकार गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउन सक्छ। यसो गर्दा यो विधेयक तत्काल कानुन बनेर कार्यान्वयनमा जाने थियो।

त्यस्तै एमसिसी अनुमोदन गर्ने वा नगर्ने प्रस्ताव पनि संसद् सचिवालयमा रहेको छ। उक्त विषयमा पनि संसद्‍मा छलफल गरेर टुङ्‍गोमा पुग्नुपर्ने माग उठ्दै आएको छ।

संसद् सचिवालयले सरकारसँग समन्वय गरेर संसद्ले विचाराधीन विधेयकहरू अघि बढाउन सक्छ। नेपाली कांग्रेसका सांसदहरूले वेरोजगारलाई रोजगारी दिन सरकारी योजना माग्दै संसद्‍मा जरुरी महत्त्वको प्रस्ताव दर्ता गरेका छन्। कांग्रेसकै सांसदहरूले घरेलु हिंसाविरुद्ध विभिन्‍न कानुनी व्यवस्थाको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका छन्।

महिला तथा बालबालिकामाथि हुने बलात्कारका घटना रोक्न टोल-टोलमा निगरानी समूह गठन गर्न आवश्यक भएको भन्दै ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको छ। त्यस्तै सरकारले ल्याएको एसिड आक्रमण, नेपाल प्रहरी र प्रदेश प्रहरी सञ्‍चालनसम्बन्धी अध्यादेश, औषधि अध्यादेश, फौजदारीसंहिता र यौन हिंसाविरुद्धका केही ऐन संशोधन तथा बेपत्ता पारिएका व्यक्तिहरूको म्याद थपसम्बन्धी अध्यादेश पेस हुनुपर्ने अवस्था छ।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव
नेपाल-पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
सम्बन्धित सामग्री
चुनौतीबीच जिम्मेवारी निर्वाह गर्न कानुन अधिकृतलाई मन्त्री गौतमको निर्देशन उनले सार्वजनिक नीति, कानुन निर्माण तथा संस्थागत निर्णय प्रक्रियामा कानुन समूहका जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरि... शुक्रबार, जेठ २२, २०८३
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनी... शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ५ दिने भ्रमण सकेर नयाँ दिल्लीबाट उनी आज केही समय अघि नेपाल आइपुगेको लामिछानेको सचिवालयले... शुक्रबार, जेठ २२, २०८३
ताजा समाचारसबै
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
नेपाल-पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड शनिबार, जेठ २३, २०८३
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले शनिबार, जेठ २३, २०८३
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन शनिबार, जेठ २३, २०८३
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्