काठमाडाैं–नेकपा एमाले माधव नेपाल पक्षका नेता योगेश भट्टराईले पार्टी विभाजन हुन नदिन सम्बन्धित सबैले सक्दो प्रयास गर्नुपर्ने बताएका छन्।
नेता भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत थोरै लचकता अपनाएर भए पनि पार्टी एकता जोगाउनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।
‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोसिस गरौं। थोरै लचकताबाट यो सम्भव छ,’ बिहीबार राति सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दसकौं पछि धकेल्नेछ। अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ।’
ओलीको आह्वानमा शुक्रबार दिउँसो संसदीय दलको बैठक बस्दै छ। संसदीय दलको बैठकको पूर्वसन्ध्यामा आएको उनको यो धारणानाई अर्थपूर्ण रुपमा लिन सकिने विश्लेषण गरिएको छ। एमाले फुटको संघारमा पुगेका बेला दोस्रो तहका केही नेता पार्टी जोगाउनुपर्ने भन्दै सक्रिय भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।