काठमाडाैं- पाकिस्तानकाे लाहोर उच्च अदालतले जग्गा अधिग्रहण मुद्दामा पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाजलाई जमानतमा रिहा गरेकाे छ। बुधबार अदालतले मरियमलाई १२ अप्रिलसम्म १२ बजेसम्मकाे लागि जमानतमा रिहा गरेकाे हाे।
अदालतले मरियमलाई १० लाख पाकिस्तानी रुपैयाँको जमानत जम्मा गर्न आदेश पनि दिएकाे छ। चौधरी सुगर मिलकाे १८.५ एकड जग्गा गैरकानुनी प्रयोगको लागि खरीद गरेको आरोपमा उनलाई पक्राउ गरिएकाे थियाे।
उनी याे मुद्दामा सन् २०१९ नोभेम्बरदेखि जमानतमा रिहा हुँदै आएकी छिन्। राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी)ले लाहोर उच्च अदालतलाई उनकाे जमानत खारेज गर्न अनुरोध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।