फाइल तस्बिर।
काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउने बताएका छन्।
कांग्रेस नेता अशोक कोइरालाको निधनमा शोक व्यक्त गर्न विराटनगर पुगेका सभापति देउवाले पत्रकारसँग झोक्किँदै भने, ‘हामी विपक्ष पार्टी हो।’ कांग्रेस विपक्षी दलमै बस्ने उनको भनाइ थियो।
अविश्वासको प्रस्तावका लागि माओवादी केन्द्र वा जनता समाजवादी कसलाई कुरेको भनि पत्रकारको प्रश्नमा उनले झोक्किँदै भने, ‘विपक्षी पार्टी भनेको सुन्नुभएन। विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी। जानुस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।