• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

भुवन केसीलाई मनपर्ने पाँच पात्र

64x64
नेपाल लाइभ मंगलबार, चैत १०, २०७७  ०७:३१
1140x725

काठमाडाैं- नेपाली फिल्म क्षेत्रका लागि घर बेच्‍नसमेत पछि नपर्ने कलाकार हुन् नायक भुवन केसी। उनको अभिनययात्राले करिब चार दशक पार गर्न लागिसकेको छ। 

अहिले छोरा अनमोल केसीले अभिनय यात्रामा उनको बिँडो धानिरहेका छन्। भुवन भने अभिनय छाडेर निर्माण र निर्देशनमा लागिपरेका छन्।

फिल्म ‘जुनी’बाट यस क्षेत्रमा प्रवेश गरेका भुवनले थुप्रै हिट फिल्म दिए। कुसुमे रुमाल, सम्झना, चिनो, साइनो, करोडपति, नेपाली बाबुलगायतले उनलाई सफलताको चुलीमा पुर्‍याए। यी फिल्म दर्शकले मन पराए। उनको चरित्रलाई मन पराए।

तर, स्वयं भुवनलाई मनपर्ने फिल्मको पात्र कुन होला त?  हालसम्मका मनपर्ने पाँच पात्रबारे नेपाललाइभले जिज्ञासा राखेपछि भुवनले चर्चा गरेका पाँच पात्र:

'कन्यादान'का विशाल डाक्टर
भुवनले अभिनय गरेका धेरै फिल्ममध्ये कन्यादानको विशाल डाक्टर उनको सबैभन्दा मनपर्ने पात्र हो। उनले यस फिल्ममा चिकित्सकको भूमिका निर्वाह गरेका थिए। प्रकाश थापाले निर्देशन गरेको फिल्ममा भुवनसँगै गौरी मल्ल, सुभद्रा अधिकारीलगायतको मुख्य अभिनय छ। ३१ वर्षअघि बनेको यो फिल्ममा विधवा युवतीको प्रेम र समाजले हेर्ने दृष्टिकोण देखाउन खोजिएको छ।

फिल्मका डाक्टर विशाल अर्थात् भुवनले बालविवाह र युवावस्थामै विधवाको जिन्दगी बिताएकी युवतीलाई मन मात्रै पराउँदैनन्, समाजसँग विद्रोह गरेर विवाह नै गर्छन्। फिल्ममा मनोरञ्‍जनसँगै समाज परिवर्तनका लागि उज्यालो छर्ने काम गरेकाले आफूलाई विशाल डाक्टरको भूमिका मनपर्ने उनले बताए।

'सम्झना'का म्यानेजर भुवन र सुदीप
भुवनलाई मनपर्ने अर्को पात्र हो- सम्झना फिल्मको म्यानेजर भुवन। यो फिल्ममा भुवनले बाबु-छोरा दुवैको भूमिका निर्वाह गरेका छन्। भर्खरका छोरा र ६० वर्ष नाघेका बाबुको भूमिका २३ वर्षका भुवनले एकैचोटी निर्वाह गरेका थिए।

अहिलेजस्तो सजिलो प्रविधि त्यो बेलामा थिएन। त्यस्तो अवस्थामा दुईवटा भूमिका निर्वाह गर्नु निकै चुनौतीको काम भएको भुवनको अनुभव छ। उनले फिल्ममा छोरा सुदीप र बाबु भुवनको भूमिका निभाएका थिए। उनलाई यी दुवै पात्र बलिया लाग्छन्। साथै, मन पनि पराउँछन्। फिल्ममा नयाँ पुस्ता र पुरानो पुस्ताको भिन्‍नता देखाउन खोजिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

'कुसुमे रुमाल'का अर्जुन
निकै चर्चा कमाएको सफल फिल्म हो कुसुमे रुमाल। त्यसैले पनि भुवनलाई अहिलेको स्थानमा ल्याउने फिल्मको पात्र अर्जुन मन नपर्ने कुरै भएन।

उनले पहिलो फिल्म ‘जुनी’बाट खासै चर्चा कमाउन सकेका थिएनन्। कुसुमे रुमालकै कारण उनी रातारात सबैका हृदयमा बस्‍न सफल भए। तर, कुसुमे रुमालमा धनी केटीलाई मन पराएको भ्रममा पर्ने अर्जुनले नै उनलाई सफलता दिलायो।

नेपाली फिल्म मन पराउने सबैलाई कुसुमे रुमालको अर्जुन पात्र त थाहै छ। फिल्ममा चर्चित गायक उदितनारायण र भुवनले एउटै केटी तृप्तीलाई मन पराएका हुन्छन्। फिल्ममा उदित र तृप्तीको तुलनामा भुवनको भूमिका कम छ, तर एउटा निकै चर्चित गीत ‘मायाको बारीमा पिरती हैन प्रितिको फूल...’ गीतले नै उनलाई चर्चामा ल्यायो। 

Xtrem

Xtrem

'करोडपति'का मेकानिक राजु 
भुवनलाई प्रिय लाग्‍ने अर्को पात्र हो, करोडपति फिल्मको राजु मेकानिक। धनी बन्‍ने सोच बोकेका मध्यमवर्गीय युवा हुन् राजु मेकानिक।

उनी धनी बन्‍नका लागि झुटको सहारा लिन्छन्। धनी भएको अभिनय गरेर युवतीलाई प्रेममा पार्छन्। तर, सत्य बताउनेबित्तिकै उनको हातबाट सबै कुरा खोसिन्छ। फिल्ममा साँचो प्रेमका लागि धनी हुन जरुरी छैन भन्‍ने कुरा देखाउन खोजिएको छ। फिल्मले व्यावहारिक सन्देश दिने भएकाले राजु मेकानिक भुवनका लागि मनपर्ने पात्र हुन्।

'तँ त साह्रै बिग्रिस नि बद्री'का कान्छा श्रीमान् चन्द्रे
भुवनले सन्देश फैलाउने धेरै फिल्ममा अभिनय गरेका छन्। त्यस्तै, नारी सशक्तीकरणको कुरा उठाएको फिल्म ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ मा उनले जँड्याहा चन्द्रेको भूमिका निभाएका छन्।

हास्यकलाकार हरिवंश आचार्यले निर्माण गरेको फिल्ममा कान्छी ल्याएर जेठी श्रीमतीलाई घरबाट निकाला गरिदिन्छ। कान्छी श्रीमती ल्याउने भूमिकामा हरिवंश अर्थात् बद्री छन् भने श्रीमतीले रोजेका कान्छा श्रीमान् चन्द्रेको भूमिका भुवनले निर्वाह गरेका छन्। यसमा आफूले नारीलाई सशक्त बन्‍न सघाउने भूमिका निर्वाह गरेकाले यो पात्र मनपर्ने भूवनले बताए।

यीबाहेक उनलाई निकै मनपर्ने अन्य पात्रमा साइनो फिल्मको आकाश पनि हो। जसमा उनले नायक हैन, खलनायकको भूमिका निर्वाह गरेका छन्।

तस्बिरहरू: कलाकार केसीको फेसबुक पेजबाट

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ०७:३१
  • #कलाकार
  • #भुवन_केसी
  • #फिल्म

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्