• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

भुवन केसीलाई मनपर्ने पाँच पात्र

64x64
नेपाल लाइभ मंगलबार, चैत १०, २०७७  ०७:३१
1140x725

काठमाडाैं- नेपाली फिल्म क्षेत्रका लागि घर बेच्‍नसमेत पछि नपर्ने कलाकार हुन् नायक भुवन केसी। उनको अभिनययात्राले करिब चार दशक पार गर्न लागिसकेको छ। 

अहिले छोरा अनमोल केसीले अभिनय यात्रामा उनको बिँडो धानिरहेका छन्। भुवन भने अभिनय छाडेर निर्माण र निर्देशनमा लागिपरेका छन्।

फिल्म ‘जुनी’बाट यस क्षेत्रमा प्रवेश गरेका भुवनले थुप्रै हिट फिल्म दिए। कुसुमे रुमाल, सम्झना, चिनो, साइनो, करोडपति, नेपाली बाबुलगायतले उनलाई सफलताको चुलीमा पुर्‍याए। यी फिल्म दर्शकले मन पराए। उनको चरित्रलाई मन पराए।

तर, स्वयं भुवनलाई मनपर्ने फिल्मको पात्र कुन होला त?  हालसम्मका मनपर्ने पाँच पात्रबारे नेपाललाइभले जिज्ञासा राखेपछि भुवनले चर्चा गरेका पाँच पात्र:

'कन्यादान'का विशाल डाक्टर
भुवनले अभिनय गरेका धेरै फिल्ममध्ये कन्यादानको विशाल डाक्टर उनको सबैभन्दा मनपर्ने पात्र हो। उनले यस फिल्ममा चिकित्सकको भूमिका निर्वाह गरेका थिए। प्रकाश थापाले निर्देशन गरेको फिल्ममा भुवनसँगै गौरी मल्ल, सुभद्रा अधिकारीलगायतको मुख्य अभिनय छ। ३१ वर्षअघि बनेको यो फिल्ममा विधवा युवतीको प्रेम र समाजले हेर्ने दृष्टिकोण देखाउन खोजिएको छ।

फिल्मका डाक्टर विशाल अर्थात् भुवनले बालविवाह र युवावस्थामै विधवाको जिन्दगी बिताएकी युवतीलाई मन मात्रै पराउँदैनन्, समाजसँग विद्रोह गरेर विवाह नै गर्छन्। फिल्ममा मनोरञ्‍जनसँगै समाज परिवर्तनका लागि उज्यालो छर्ने काम गरेकाले आफूलाई विशाल डाक्टरको भूमिका मनपर्ने उनले बताए।

'सम्झना'का म्यानेजर भुवन र सुदीप
भुवनलाई मनपर्ने अर्को पात्र हो- सम्झना फिल्मको म्यानेजर भुवन। यो फिल्ममा भुवनले बाबु-छोरा दुवैको भूमिका निर्वाह गरेका छन्। भर्खरका छोरा र ६० वर्ष नाघेका बाबुको भूमिका २३ वर्षका भुवनले एकैचोटी निर्वाह गरेका थिए।

अहिलेजस्तो सजिलो प्रविधि त्यो बेलामा थिएन। त्यस्तो अवस्थामा दुईवटा भूमिका निर्वाह गर्नु निकै चुनौतीको काम भएको भुवनको अनुभव छ। उनले फिल्ममा छोरा सुदीप र बाबु भुवनको भूमिका निभाएका थिए। उनलाई यी दुवै पात्र बलिया लाग्छन्। साथै, मन पनि पराउँछन्। फिल्ममा नयाँ पुस्ता र पुरानो पुस्ताको भिन्‍नता देखाउन खोजिएको छ।

Ncell 2
Ncell 2

'कुसुमे रुमाल'का अर्जुन
निकै चर्चा कमाएको सफल फिल्म हो कुसुमे रुमाल। त्यसैले पनि भुवनलाई अहिलेको स्थानमा ल्याउने फिल्मको पात्र अर्जुन मन नपर्ने कुरै भएन।

उनले पहिलो फिल्म ‘जुनी’बाट खासै चर्चा कमाउन सकेका थिएनन्। कुसुमे रुमालकै कारण उनी रातारात सबैका हृदयमा बस्‍न सफल भए। तर, कुसुमे रुमालमा धनी केटीलाई मन पराएको भ्रममा पर्ने अर्जुनले नै उनलाई सफलता दिलायो।

नेपाली फिल्म मन पराउने सबैलाई कुसुमे रुमालको अर्जुन पात्र त थाहै छ। फिल्ममा चर्चित गायक उदितनारायण र भुवनले एउटै केटी तृप्तीलाई मन पराएका हुन्छन्। फिल्ममा उदित र तृप्तीको तुलनामा भुवनको भूमिका कम छ, तर एउटा निकै चर्चित गीत ‘मायाको बारीमा पिरती हैन प्रितिको फूल...’ गीतले नै उनलाई चर्चामा ल्यायो। 

'करोडपति'का मेकानिक राजु 
भुवनलाई प्रिय लाग्‍ने अर्को पात्र हो, करोडपति फिल्मको राजु मेकानिक। धनी बन्‍ने सोच बोकेका मध्यमवर्गीय युवा हुन् राजु मेकानिक।

उनी धनी बन्‍नका लागि झुटको सहारा लिन्छन्। धनी भएको अभिनय गरेर युवतीलाई प्रेममा पार्छन्। तर, सत्य बताउनेबित्तिकै उनको हातबाट सबै कुरा खोसिन्छ। फिल्ममा साँचो प्रेमका लागि धनी हुन जरुरी छैन भन्‍ने कुरा देखाउन खोजिएको छ। फिल्मले व्यावहारिक सन्देश दिने भएकाले राजु मेकानिक भुवनका लागि मनपर्ने पात्र हुन्।

'तँ त साह्रै बिग्रिस नि बद्री'का कान्छा श्रीमान् चन्द्रे
भुवनले सन्देश फैलाउने धेरै फिल्ममा अभिनय गरेका छन्। त्यस्तै, नारी सशक्तीकरणको कुरा उठाएको फिल्म ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ मा उनले जँड्याहा चन्द्रेको भूमिका निभाएका छन्।

हास्यकलाकार हरिवंश आचार्यले निर्माण गरेको फिल्ममा कान्छी ल्याएर जेठी श्रीमतीलाई घरबाट निकाला गरिदिन्छ। कान्छी श्रीमती ल्याउने भूमिकामा हरिवंश अर्थात् बद्री छन् भने श्रीमतीले रोजेका कान्छा श्रीमान् चन्द्रेको भूमिका भुवनले निर्वाह गरेका छन्। यसमा आफूले नारीलाई सशक्त बन्‍न सघाउने भूमिका निर्वाह गरेकाले यो पात्र मनपर्ने भूवनले बताए।

यीबाहेक उनलाई निकै मनपर्ने अन्य पात्रमा साइनो फिल्मको आकाश पनि हो। जसमा उनले नायक हैन, खलनायकको भूमिका निर्वाह गरेका छन्।

तस्बिरहरू: कलाकार केसीको फेसबुक पेजबाट

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  ०७:३१
  • #कलाकार
  • #भुवन_केसी
  • #फिल्म

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत
सम्बन्धित सामग्री
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
रेल ड्राइभर बन्न चाहन्थे ओम पुरी, यसरी बने अभिनेता ती दिनहरूमा, उनलाई रेलहरू धेरै मनपर्थ्यो। उनी ठूलो भएपछि रेल चालक बन्ने सोच्थे। केही समयपछि ओम पुरी पञ्जाबको पटियालास्थित आफ्नो मातृ... सोमबार, पुस २३, २०८०
ताजा समाचारसबै
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्