फाइल तस्बिर
काठमाडौं- नेकपा विभाजनपछि सुरुमा प्रचण्ड-नेपाल र पछि एमालेको माधवकुमार नेपाल समूहमा सक्रिय रहेका सांसद कृष्णभक्त पोखरेल प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका छन्। शनिबारको संसदीय दलको बैठकमा उनी सहभागी भएका हुन्।
उनले नेपाल पक्षमा लाग्नुलाई गल्ती रहेको स्वीकार्दै ओलीलाई नै पाँच वर्षसम्म प्रधानमन्त्री बनाएर देश चलाउनुपर्ने धारणा राखेका छन्। उनले बालुवाटारमा भने, ‘मैले उक्त समूहको दुई दिने गोष्ठी गलत ढंगले नचलाओस् भनेर त्यहाँ पर्यत्न गरेँ। आज यता आएको छु। प्रधानमन्त्री ओलीसँगै मिलेर जनतासँग गरेका संकल्प पूरा गर्ने गरी यहाँ आएको हुँ।’
नेपाल पक्षसँग संसदीय दलको नेता पनि नभएको र बनाउने योजना पनि नभएको उल्लेख गरे। आफूले बेलालयतको उदाहरण दिँदै फेरि संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्न पनि सुझाएको बताएका छन्। तर, त्यस्तो गर्न पनि नसक्ने भएकाले उक्त समूहमा बस्नुको कुनै औचित्य नभएको उनको बुझाइ छ।
उनले भने, ‘कि संसदीय दलको नेता बनाउँदैछु भनेर सांसदलाई त्यहाँ रोक्नुपर्यो। संसदीय दलको नेताबाट ओलीलाई फाल्ने योजना छ? छैन। त्यसो होइन भने कोठे बैठकले केही बनाउँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।