काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल पक्षका तीन जना सांसद बालुवाटार पुगेका छन्। उनीहरु नेपाल पक्षका ३७ जना सांसदकाे हस्ताक्षर बोकेर बालुवाटार पुगेका हुन्।
पत्र बुझाउन पुगेका सांसद जीवनराम श्रेष्ठले ३८ जनाको हस्ताक्षर भने पनि सूचीमा ३७ जनाको मात्रै हस्ताक्षर छ।
बालुवाटारमा बसेको बैठकलाई नेपाल पक्षले बहिष्कार गरेको छ। नेपाल पक्षको तर्फबाट विभिन्न पाँच सवाल उठाएर सांसदहरु सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बालुवाटार पुगेका हुन्।
यसअघि कुनै पक्षको बैठकमा सहभागी नभएका बामदेव गौतम तथा नेपाल पक्षमा रहेका सांसद कृष्णभक्त पोखरेल पनि बालुवाटारमा बसेको संसदीय दलको बैठकमा सहभागी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।