ललितपुर- नेकपा (एमाले)को माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका शीर्ष नेताको अनौपचारिक बैठक सुरु भएको छ। राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा अनौपचारिक बैठक बसिरहेको हो।
बुधबारदेखि जारी भेलामा विभिन्न १० वटा समूह बनाएर छलफल चलाइएको थियो। टोलीका नेताबाट आएको जवाफपछि शीर्ष नेताको बैठक बसिरहेको एक नेताले जानकारी दिए। बैठकपछि शीर्ष नेतृत्वको साझा धारणा बनाउने तयारीका लागि अनौपचारिक बैठक बसिरहेको भेलामा सहभागी नेपाल-खनाल पक्षका एक नेताले जानकारी दिए। उक्त पक्षको राष्ट्रिय भेला बिहीबार नै सकिने छ।
बुधबार सुरु भएको भेलामा अष्टलक्ष्मी शाक्य, झलनाथ खनाल तथा माधवकुमार नेपालले सम्बोधन गरेका थिए। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका थिए। नेपालले अवधारणापत्र पनि प्रस्तुत गरेका थिए।
बुधबार नै विभिन्न मुख्य सात प्रश्नमा केन्द्रित रहेर छलफल गर्न टोली बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।