काठमाडौं–प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र माधवकुमार नेपाल पक्षबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल हुने भएको छ।
सोमबार बिहान ११ बजे दुवै पक्षका नेताहरु बीच छलफल हुन लागेको हो। केही महिनाअघि नेकपामा आएको विवादसँगै प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच संवादहीनता थियो।
नेकपा कार्यालय सचिव ईश्वरी रिजालका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा हुने भेटमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुँदैछन्।
नेपाल पक्षबाट वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल लगायतका नेता सहभागी हुने भएका छन्। रिजालले भने, ‘नेताहरु आउने कुरा थाहा भएपछि त्यही अनुसार तयारी गरेका छौं।’
प्रतिनिधि सभा विघटनपछि विभाजित भएका नेता एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा बस्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।