फाइल तस्बिर
काठमाडौं- जनता समाजवादीको सांसदले पार्टी फुटाउने दिशामा नपुर्याउन नेतृत्वलाई सुझाव दिएका छन्।
१२ जना सांसदबीच बसेको अनौपचारिक बैठक बसेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली वा कांग्रेस–माओवादी केन्द्र जुन पक्षसँग सत्ता साझेदारी गरेपनि पार्टी फुट्न नहुने सुझाव दिएको बैठकमा सहभागी नरमाया ढकालले जानकारी दिइन्। उनले भनिन्, ‘अनौपचारिक बैठक हो। हाम्रो मागलाई जुनपक्षले कार्यान्वयन गर्छ,त्यही पार्टीसँग सत्ता साझेदारी गर्ने कुरा भएको छ।’ पार्टी नफुटाउन नेतृत्वलाई सर्तक बनाएको उनले बताइन्।
बैठकमा सांसद ढकाल सहित एकवाल मियाँ, प्रमोद शाह, रेनुका गुरुङ, प्रमिला यादव, रुही नाज, अमृता अग्रहरी,रामबहादुर राई, डा. सुरेन्द्र यादव, उमाशंकर अरगरिया, रामसाहायप्रसाद यादव, रानी मण्डल लगायत सहभागी थिए।
जसपामा दुई पक्षधर भएकाले नयाँ सरकार निर्माणमा ढिलाई भएको आरोप उक्त दललाई लागेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य गर्नै नहुने पक्षमा छन्। अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओली पक्षसँग नजिकिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।