• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चमा सुवेदीको 'इन्ट्री'सँगै प्रधानन्यायाधीशमा ढुङ्गानाको सम्भावना समाप्त, निरौलाको आश कायमै

64x64
नेपाल लाइभ सोमबार, चैत २, २०७७  ०८:२१
1140x725

काठमाडौं- न्याय परिषद्ले गत शुक्रबार उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा सिफारिस गर्यो। उनीसँगै उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाल पनि सर्वोच्चको स्थायी न्यायाधीश सिफारिस भए। यो सिफारिसका क्रममा न्यायाधीश बन्न संविधानले तोकेको सुवेदीको योग्यता ‘पूर्ण’ नभए पनि संविधानको थप व्याख्या गरेर उनलाई सर्वोच्चमा ल्याउन सिफारिस गरियो।

अब संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएमा सुवेदी २०९२ सालमा प्रधान न्यायाधीश बन्नेछन् र एक वर्ष न्यायपालिकाको नेतृत्वमा रहनेछन्। न्याय परिषद्ले सिफारिस भएका नाम संसदीय सुनुवाइका लागि संघीय संसद सचिवालयमा पठाइसकेको छ। अब समितिले उजुरी आह्वानदेखि सुनुवाइसम्मको प्रक्रिया सुरु गर्नेछ। र, सम्भवतः नयाँ वर्षसँगै सुवेदी सर्वोच्च अदालत प्रवेश गर्नेछन्। 

नहकुल सुवेदी : ३ वर्षमै मुख्य रजिष्ट्रारदेखि सर्वोच्चको न्यायाधीशसम्म 
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका सुवेदी तीन वर्षमै सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारदेखि उच्च अदालतको मुख्य न्यायाधीश हुँदै प्रधानन्यायाधीशको रोलक्रममा रहने गरी सर्वोच्चको स्थायी न्यायाधीश बन्न लागेका हुन्। 

२०७४ असार २२ गते उनी न्यायपालिकाको कर्मचारीको प्रमुख पदमा पुग्ने पहिलो व्यक्ति बनेका थिए। त्यसबेला उनीभन्दा अगाडि रहेका तत्कालीन राजिष्ट्रार श्रीकान्त पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि सुवेदी स्वतः मुख्यरजिष्ट्रारको दावेदार बनेका थिए। सुवेदीले ११ महिनामा न्यायसेवाको सचिव, मुख्यरजिस्ट्रार र मुख्य न्यायाधीश गरी तीन पदमा बढुवा पाए। यहीकारण धेरैले उनलाई ‘भाग्यमानी’ भन्ने गर्छन्।

२०७४ पुस १० गते उनी उच्च अदालतको मुख्य न्यायाधीश बनेका थिए। त्यसको तीन वर्षमै सर्वोच्चको स्थायी न्यायाधीशका रुपमा सिफारिस भएका उनले संसदीय सुनुवाइबाट अनुमोदन भएमा अबको एक महिनापछि सर्वोच्चमा काम सरु गर्नेछन्।  आफूभन्दा सिनियरहरु उच्च अदालतको न्यायाधीशकै रुपमा कार्यरत रहँदा सर्वोच्च आइपुगेका छन्, सुवेदी। 

२०६३ सालमा रामकृष्ण तिमिल्सेना रजिस्ट्रार बनेसँगै सर्वोच्चमा मुख्य रजिस्ट्रार पदको अवधारणा भित्रिएको थियो। त्यसपछिका रजिस्ट्रार लोहितचन्द्र शाह, श्रीकान्त पौडेलले  मुख्य रजिस्ट्रार पद सिर्जना गरेर त्यहाँ पुग्न सफल भएनन्। शाह र पौडेल अहिले उच्च अदालतका न्यायाधीश छन्, तर उनीहरुभन्दा ‘जुनियर’ सुवेदी भने सर्वोच्च आइपुग्दै छन्।   

पौडेल रजिस्ट्रार छँदा यो पदमा उनी पुग्ने लगभग निश्चित जस्तै थियो। तर, उनी उच्च अदालतको न्यायाधीश सिफारिस भएपछि सुवेदीका लागि अवसर खुल्यो। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७३ साउनदेखि ०७४ जेठसम्म सामान्य प्रशासनमन्त्री रहेका केशवकुमार बुढाथोकीले सर्वोच्चबाट मन्त्रालय पुगेको प्रस्ताव नै अड्काइदिएपछि सुवेदीभन्दा पहिलेका रजिष्ट्रारहरुले उक्त मौका गुमाएका थिए।   

पछि सुवेदी मुख्य रजिस्ट्रार बन्ने सुनिश्चित गरेर २०७४ असारमा उक्त पद सिर्जना गरियो। अनि गोपाल पराजुली कायममुकायम प्रधानन्यायाधीश बनेपछि त्यो प्रक्रिया थप सहज बन्यो।   

nimb
nimb
Ncell 2
Ncell 2

मुख्य रजिस्ट्रारका लागि कार्यकुशलता, कार्यक्षमता, अनुभव, ज्येष्ठतालाई आधार मान्ने कानुनी व्यवस्था छ। ज्येष्ठताका आधारमा सरकारी वकिलको कार्यालयमा रहेका किरण पौडेल र अनुभवका आधारमा नृपध्वज निरौला अगाडि हुँदाहुँदै सुवेदीलाई नियुक्त गरिएको आरोप पनि त्यसबेला लागेको थियो। त्यसो गर्नुको कारण निरौला उनीभन्दा केही कम उमेरको भएकाले माथि ल्याउन नखोजिएको आरोप त्यसबेला प्रधानन्यायाधीश पराजुलीमाथि लागेको थियो। अनि मुख्य रजिस्ट्रार भएको सात महिनापछि नै सुवेदी मुख्यन्यायाधीश बने। 

नृपध्वज निरौला : प्रधानन्यायाधीशदेखि लोकमानसम्मको ‘रिस’
सुवेदी सर्वोच्चको मुख्य रजिष्ट्रारबाट बाहिरिएपछि उक्त पदमा नृपध्वज निरौला पुगे। सुवेदी मुख्य रजिस्ट्रार बनेको समयमा निरौला सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव थिए।  

रजिस्ट्रार छँदा निरौलाले तत्कालीन न्यायाधीश पराजुलीविरुद्धको शैक्षिक प्रमाणपत्रको विवादमा दायर भएको एक रिट दर्ता गरिदिएका थिए। २०७४ जेठ १७ गते अधिवक्ता विकास गिरीले शैक्षिक प्रमाणपत्र र जन्ममिति विवादमा तानिएका व्यक्ति न्यायिक निकायको सर्वोच्च पदमा बस्न अयोग्य हुने भन्दै रिट ल्याएका थिए। उक्त रिट निरौलाले दर्ता गरेको भन्दै पराजुली उनीप्रति आक्रोशित भएको चर्चा त्यसबेला न्यायिक वृत्तमा खुबै चलेको थियो। 

यो निवेदन दर्ता गरेपछि गिरी लामो समय हराएका थिए। एकैचोटि पराजुली कायममुकायम प्रधानन्यायाधीश बनेपछि उनले उक्त मुद्दा प्रमाणित गर्न नसकिने भएकाले फिर्ता लिन चाहेको निवेदन दर्ता गराए। तर, न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले सार्वजनिक सरोकारका विषय इजलासबाट सम्बोधन गर्नुपर्ने भन्दै फिर्ता लिन नमिल्ने आदेश गर्‍यो। निवेदक गिरी स्वयंले समेत पराजुलीकै पक्षमा बहस गरेपछि भण्डारीको इजलासले एक सातापछि उक्त रिट खारेज हुने फैसला सुनायो। 

पराजुलीले त्यही रिसका कारण निरौलालाई द्वन्द्वकालीन मुद्दाको छानविन गर्ने आयोगमा सरुवा गरेका थिए। तर, पछि निरौला न्याय परिषद्को सचिवमा सरुवा भएर आए। उनले परिषद्‍मा आएपछि पराजुलीले अवकाश पाएको भन्दै पत्र लेखे। 

परिषद्‍मा रहेको ‘नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण र परीक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट प्राप्त पत्रका आधारमा’ प्रधानन्यायाधीशको ६५ वर्षको अवकाश उमेर यसअघि नै पुगेको पत्र उनले लेखेका थिए। २०७४ फागुन ३० गते निरौलाले परिषद्को सचिवका रुपमा सोही दिन आएको पत्रका आधारमा २०७४ साउनमै अवकाश पाएको पत्र न्याय परिषद ऐन अनुसार जानकारी गराएको भनेर लेखेका थिए। परिषद्को यही पत्रपछि पराजुली लज्जास्पद बहिर्गमनमा परे। प्रधानन्यायाधीशको रुपमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा सपथ गराइरहँदा परिषद्‍ले उनले अवकाश पाएको पत्र सार्वजनिक गरेको थियो। परिषद्को यही पत्रपछि पराजुली सर्वोच्च फर्कन सकेनन्। योसँगै नयाँ प्रधानन्यायाधीशको रुपमा चोलेन्द्रसमशेर जबरालाई बाटो खुल्यो। 

निरौलाले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको मुद्दामा पनि सक्रियता देखाउँदै म्याद तामेली गराएका थिए। उनले म्याद तामेलीदेखि मुद्दा अघि बढाउनका लागि देखाएको सक्रियताका कारण कार्कीको मुद्दा छिटो फैसला भएको थियो। नत्र कार्कीले पराजुलीको कार्यकालसम्म त्यसलाई सार्न चाहेका थिए। 

जबरा प्रधानन्यायाधीश नियुक्त भएपछि २०७५ माघ ९ गते निरौला सर्वोच्चको मुख्य  रजिष्ट्रार नियुक्त भए। २ वर्ष न्यायपालिका प्रशासनको नेतृत्व गरेपछि उनलाई २०७७ माघ ११ गते उच्च अदालत दिपायलको मुख्य न्यायाधीशको रुपमा सिफारिस गरियो। सर्वोच्चमा नियुक्त हुने चर्चाकै बीच उनी उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस भएका थिए। हाल उच्च अदालतमा उनीभन्दा सिनियर रमेश पोखरेल र तिलप्रसाद श्रेष्ठ छन्। 

पोखरेल सर्वोच्चमा आएपछि २०८० मा अवकाश पाउने छन् भने श्रेष्ठले २०८३ सालमा उमेरहदका कारण अवकाश पाउने छन्। सबै कुरा ठिकठाक रह्यो र निरौला सर्वोच्चमा सिफारिस भए भने २०९३ सालमा प्रधानन्यायाधीश हुनेछन्। उनी केही महिना मात्र न्यायपालिकाको नेतृत्वमा रहनेछन्। यसरी हेर्दा अर्को वर्षसम्म सर्वोच्चमा २ न्यायाधीश रिक्त हुँदा निरौला सर्वोच्चमा आउने सम्भावना बाँकी नै छ। त्यसबेला पनि सर्वोच्चको नेतृत्वमा चोलेन्द्र शमशेर जबरा नै हुने भएकाले निरौलाका लागि सम्भावनाको ढोका खुल्लै रहने देखिन्छ। 

टेकप्रसाद ढुंगाना : सही भएन ‘जोडघटाउ’
सुबेदी, निरौला र कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानालाई सम्भावित प्रधानन्यायाधीशका रुपमा हेरिएको थियो। हालसम्म सुवेदी मात्र सर्वोच्च आइपुगेका छन् भने निरौला उच्च अदालतको मुख्य न्यायाधीश छन्। ढुङ्गाना उच्च अदालतको न्यायाधीश छन्। 

सबैभन्दा पहिले उच्च अदालतको न्यायाधीश बन्न सफल भएपछि ढुंगानाले प्रधानन्यायाधीशको रोलक्रममा आफूलाई निर्विकल्प पात्र ठानेका थिए। २०७३ पुस २९ गते मध्यरातमा परिषद्ले आफ्नो नाम सिफारिस गरेपछि उनले सुवेदी र निरौलाभन्दा अघि नै सर्वोच्चको नेतृत्व गर्ने सम्भावना पनि देखिएको थियो। परिषद्ले मध्यरातमा उच्च अदालतका ८० जना न्यायाधीश सिफारिस गरेको थियो। न्याय सेवा, सरकारी वकिल र कानुन समुहका कर्मचारीवाट ६० प्रतिशत र अन्य कानुन व्यवासायीवाट ४० प्रतिशत हुनेगरी न्यायाधीश सिफारिस भएका थिए। 

त्यसबेला नायव महान्यायाधिवक्ता राजेन्द्र खरेल, कानुन सचिव ढुंगाना, न्याय परिषद् सचिव कृष्ण गिरी, सर्वोच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल सिफारिसमा परेका थिए। यस्तै, कानुन आयोगका सचिव डा. रवि शर्मा अर्याल, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सचिव रहेका महेश शर्मा पौडेल पनि न्यायाधीशमा सिफारिस भए। त्यसबेला सिफारिसमा परेकामध्ये ढुंगानाका समकक्षी कोही पनि थिएनन्।

सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश बनेपछि भने ढुंगानालाई अप्ठेरो पर्यो। दोस्रो पटक उनीभन्दा सिनियर हुनेगरी निरौलाको पनि प्रवेश भएपछि उनको प्रधान न्यायाधीश हुने आश लगभग समाप्त भएको छ। 

संविधानसभाको पहिलो कार्यकालमा ढुंगाना कानुनी सल्लाहकार नामको नयाँ पद सिर्जना गर्दै संविधान लेखनमा सक्रिय भएका थिए। त्यतिबेला उनी कानुन मन्त्रालयमा सहसचिव थिए।  उनी फर्केर सचिव भएपछि न्यायाधीश बनेका थिए। 

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०८:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एकै निर्वाचनले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न हुँदैन : विद्या भण्डारी
राष्ट्र ऋण उठाउने विधेयक पारित
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत
सम्बन्धित सामग्री
एकै निर्वाचनले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न हुँदैन : विद्या भण्डारी ‘निर्वाचनले कम्युनिस्ट दलहरूलाई गम्भीररुपमा वैचारिक बहस गर्न अपरिहार्य बनाएको छ ।एक निर्वाचनको मतरिणामबाट कम्युनिस्ट आन्दोलनबारे निष... आइतबार, असार १४, २०८३
राष्ट्र ऋण उठाउने विधेयक पारित सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। आइतबार, असार १४, २०८३
आरेन राईले भने– एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस् आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य सुरक्षित गर्न सरकारले फिफाले तोकेका सबै स... आइतबार, असार १४, २०८३
ताजा समाचारसबै
एकै निर्वाचनले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न हुँदैन : विद्या भण्डारी आइतबार, असार १४, २०८३
राष्ट्र ऋण उठाउने विधेयक पारित आइतबार, असार १४, २०८३
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत आइतबार, असार १४, २०८३
आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चमा सुधार ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता आइतबार, असार १४, २०८३
आरेन राईले भने– एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस् आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्