• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ४, २०८२ Mon, Feb 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

छुट्टै चलचित्र बोर्ड चाहन्छन् मातृभाषाका फिल्मकर्मी

64x64
पुष्पा थपलिया सोमबार, चैत २, २०७७  १०:३९
1140x725

काठमाडौं- देशमा कोभिड-१९ को महामारी सुरु हुनुभन्दा अगाडि वर्षमा एक सय भन्दा धेरै चलचित्र बन्ने गरेका थिए। कोरोनाको त्रास कम भएसँगै विस्तारै चलचित्र छायांकन हुन थालेका छन्। हलहरू खुल्न थालेका छन्। तर, चलचित्र क्षेत्र लयमा फर्किन समय लाग्ने देखिन्छ। 

यद्यपि, छायांकन भएका सबै चलचित्र हलमा लाग्दैनन्/लाग्न पाउँदैनन्। हलमा लागेका चलचित्र पनि धेरै दिन टिक्दैनन्। नेपालमा यस्ता चलचित्र पनि बन्ने गरेका छन्, जसले हलमा खासै स्थान पाउँदैनन्। तीन हुन् विभिन्न जातजाति र उनीहरूको मातृभाषामा बनेका फिल्म।

शेर्पा भाषामा बनेको फिल्म ‘कर्मा’ केही समयअघि युट्युबमा सार्वजनिक भयो। फिल्ममा नेपाली भाषा बोल्ने कलाकार मिथिला शर्माको पनि अभिनय देख्न सकिन्छ। केही ठाउँमा बाहेक धेरैजसो संवाद शेर्पा भाषामा छन्। साथै, ‘सबटाइटल’ पनि राखिएको छ। अहिलेसम्म यो फिल्मलाई ८३ लाख पटक हेरिएको छ। फिल्म निकै मौलिक कथावस्तुमा तयार पारिएको छ।

‘कर्मा’जस्तै मातृभाषामा बनेका फिल्मले हलमा ठाउँ पाउँदैनन्। यी र यस्ता फिल्महरु विभिन्न देशमा ‘च्यारिटी शो’ गरिन्छ। र, हराउँछन्। केही फिल्मले अन्तर्राष्ट्रिय अर्वाड समेत हात पार्छन्। तर, धेरैजसो गुमनाम नै बन्छन्। 

विदेशमा देखाइने र विभिन्न अवार्डहरुमा मनोनयन हुने यस्ता मातृभाषामा बनेका फिल्मले नेपालका हलको मुख भने देख्न मुश्किल पर्छ। कोरोना महामारीअघिका वर्षमा करिब ५०–६० को हाराहारीमा मातृभाषाका फिल्म बन्ने गरेको तथ्यांकले देखाउँछ। तर, यति धेरै संख्यामा बन्ने फिल्म चलचित्र बिकास बोर्डमा भने कमै दर्ता हुने गरेका बताउँछन् बोर्डका अध्यक्ष दयाराम दाहाल। 

दर्ता मात्रै कम संख्यामा हुने हैन, हलमा पनि कमै फिल्मले मात्रै मौका पाउँछन्। दर्शकको दायरा सानो भएकाले पनि हुनसक्छ, वितरकको ध्यान यस्ता चलचित्रमा खासै नजाने बताउँछन्, फिल्म लेखक तथा निर्देशक नविन सुब्बा। 

सुब्बाका अनुसार, सानो बजेटमा बनाएको फिल्म दर्ताका लागि काठमाडौं नै आइपुग्नुपर्ने र बोर्डमा हलमा चल्ने फिल्म जत्तिकै शुल्क तिरेर दर्ता गर्नुपर्ने भएकाले यो निकै झन्झटिलो छ। 

उनले भने, ‘उदाहरणका लागि, सानो बजेटमा गुरुङ भाषामा पोखरामा बन्दै गरेको चलचित्र दर्ता गर्न काठमाडौं आइपुग्नुपर्छ । करोड लगानीको नेपालीभाषी चलचित्र र लाखमा बनाइने आदिवासी मातृभाषाका चलचित्रको दर्ता र सेन्सर शुल्क एउटै छ ।’

Ncell 2
Ncell 2

सेन्सरको आधारभूत मान्यता नेपालीभाषी चलचित्र र अरू मातृभाषाका चलचित्रबीच फरक हुनुपर्ने उनको भनाइ छ। 

उनका अनुसार, परम्परागत नैतिक मनोविज्ञान र विचार पद्धतिका आधारमा मातृभाषाका चलचित्रको सेन्सर गर्न मिल्दैन। आदिवासी जनजातिको सामाजिक–सांस्कृतिक विचार पद्धति र सांस्कृतिक सौन्दर्य बुझ्ने व्यक्तिहरू सेन्सर बोर्डमा हुँदैनन् । 

यता, आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनावारले मातृभाषामा बनेका चलचित्रलाई नेपाली फिल्म क्षेत्रले स्वीकार्न नसकेको गुनासो गरे। उनका अनुसार आदिवासी मातृभाषाका चलचित्र बन्न २०४६ को परिवर्तन कुर्नुपर्‍यो । पछिल्लो समय भने तामाङ, गुरुङ, थारू, मगर, राई, लिम्बू, शेर्पा, नेवार, राजवंशी, सुनुवार, शेर्पा, धिमाल, याख्खा, माझीलगायतका मातृभाषामा चलचित्र बन्ने गरेका छन्। 

त्यसो त, नवीन सुब्बाको संयोजकत्वमा चलचित्र बिकास बोर्डअन्तर्गत बनेको आदिवासी मातृभाषी चलचित्र प्रवर्द्धन बोर्डले अपेक्षाकृत काम गर्न सकेको छैन। ‘फिल्म जतिसुकै गतिलो बनाएपनि, सेन्सरका मानिसको आँखासँग आदिवासी चलचित्रको मेल हुँदैन’, काम गर्न नसक्नुको कारणबारे सुब्बा भन्छन्,  ‘बुद्धलाई मान्नेहरुले गाइको मासु पवित्र मानेर खान्छन्। ती कुरा फिल्ममा आए सेन्सर लाग्छ। हिन्दुमा गौमुत्र चढाएजस्तै, अन्य आदिवासीहरुले रक्सी चढाउँछन्, त्यसैलाई पवित्र मान्छन्। तर, त्यस्तो दृश्य राख्नुपरे सेन्सर बोर्डले मद्यपान स्वास्थ्यका लागि हानीकार छ भनेर लेख्न लगाउँछ।’ 

यसै कुरालाई जोड दिन्छन् सुनुवार पनि। उनका अनुसार, भाषाभाषी र साँस्कृतिक विविधताले पनि आदिवासी तथा मातृभाषामा बनेका चलचित्रलाई काम गर्न समस्या परिरहेको छ। 

नेपालभर करिब ६ हजार आदिवासी मातृभाषी चलचित्रकर्मी भएको दावी गर्ने आदिवासी चलचित्र महासंघका अध्यक्ष सुनुवार, आफ्ना लागि भिन्नै चलचित्र विकास बोर्ड चाहन्छन् । सेन्सर पनि सम्बन्धित समुदायबाटै हुनुपर्ने माग राख्छन् । चलचित्र प्रदर्शनमा सकारात्मक विभेद, मिनी र सामुदायिक हल निर्माण गरी नियमित प्रदर्शन व्यवस्थालगायतका उपाय प्रभावकारी बन्न सक्छन् । 

शीर्षक आदिवासी जनजाति झल्किने राख्ने, कथ्य र प्रस्तुति शैली हुबहु दक्षिण भारतीय चलचित्रको नक्कल गर्ने क्रम बढिरहेको आरोप पनि लाग्ने गरेको छ। तर, सुनुवार त्यसमा कमसेकम, बोलिको लवज, लवाइ खवाइ मौलिक रहेको बताउँछन् । 

यता निर्देशक रामबाबु गुरुङ भने सबैले बुझ्ने फिल्म बनाए भाषा र रहनसहनले फरक नपार्ने बताउँछन्। उनका अनुसार ओस्कार अवार्ड जित्ने फिल्म ‘प्यारासाइट’ भाषा बुझेर दिएको अवार्ड हैन। राम्रो फिल्म बने ‘सबटाइटल’ हेरेर पनि फिल्मलाई माया गर्न सक्ने दर्शक रहेको उनको टिप्पणी छ।  

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित सिंहदरवारमा सोमबार सम्पन्न समितिको बैठकले चलचित्र विधेयक, २०८१ का सम्बन्धमा तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल गरी त्यसलाई पारित... सोमबार, माघ १२, २०८२
फागुन १५ मा ‘प्रवासी जीवन’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोलेप्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने ब... बिहीबार, मंसिर २५, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
ताजा समाचारसबै
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर सोमबार, फागुन ४, २०८२
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी सोमबार, फागुन ४, २०८२
अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक : युनिसेफ सोमबार, फागुन ४, २०८२
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्