काठमाडौं–रेशम चौधरी लगायत नेताको रिहाइको शर्तमा केपी ओली सरकारलाई समर्थन गर्न नसकिने जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बताएका छन्।
पार्टीकै एक समूह जेलमा रहेका चौधरीसहितका नेताहरुको रिहाइको शर्तमा ओली सरकारलाई समर्थन गर्न सकिने गरी छलफलमा रहेको अवस्थामा नेता भट्टराईले ट्विट गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्मका विषय राजनीतिक मुद्दाका रूपमा हल भइरहेको अवस्थामा थारु विद्रोहका नेताहरु किन रिहाइ नहुने? भन्ने प्रश्न पनि भट्टराईले गरेका छन्।
‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुन सक्दैन,’ भट्टराईले लेखेका छन्, ‘एमालेको झापा विद्रोहदेखि विप्लबको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुन सक्छन् भने थारूको मात्र किन नहुने? भन्ने हो! कुनै भ्रम नरहोस्!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।