काठमाडौं– नेपालले क्रिकेट विश्वकप लिग २ को यूएईसँगको खेलमा ब्याटिङ गर्ने भएको छ।
यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्।
रोहित पौडेलको कप्तानीमा रहेको नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी खेलिरहेका छन्।
अर्जुन साउद, विनोद भण्डारी, गुलशन झा र नन्दन यादव नेपालको प्लेयिङ ११ बाहिर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।