काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उद्देश्य नै कम्युनिस्ट आन्दोलन विघटन गर्नु रहेको आरोप उपमहासचिव घनश्याम भूसालले लगाएका छन्। ओली पक्षद्वारा एकलौटी रुपमा विभिन्न निर्णय भएसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भने, 'केही वर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ। वहाँले त्यही गर्दै आउनुभएको छ।'
उनले शुक्रबारको घटनाबाट उनका विषायमा रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिएको बताएका छन्।
भ्रममुक्त पारेकोमा धन्यवाद दिँदै भनेका छन्, 'उहाँले बुझ्न एउटा कुरा बाँकी छ - कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।