काठमाडौं- न्याय परिषदको बैठकले विभिन्न स्थानका उच्च अदालतहरूमा रिक्त रहेका न्यायाधीश पदका लागि १८ जनालाई सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीश, न्याय र कानुन समूहका सरकारी वकिल र अधिवक्ताहरुबाट सिफारिस गरेको हो।
सिफारिस हुनेमा सरकारी वकिलका तर्फबाट नारायणप्रसाद पौडेल, कानुनसचिव ऋषि राजभण्डारी परेका छन्। जिल्ला न्यायाधीशबाट जगतनारायाण प्रधान, माधववेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मोदिनीप्रसाद पौडेल सिफारिसमा परेका छन्।
यस्तै न्याय सेवाको अधिकृतबाट रामेश्वर रेग्मी र ममता खनाल पनि सिफारिसमा अटाएका छन्। कानुन व्यवसायीवाट फुर्वा तामाङ, श्रीधराकुमारी पुडासैनी, जगदीश घिमिरे, पुनमसिंह चन्द, सागर विष्ट, गणेश ठाकुर र निर्मला शाक्य अटाएका छन्।
उनीहरूको पदस्थापना पनि विभिन्न उच्च अदालतमा तोकिएको छ। सिफारिसमा ७ जना जिल्ला न्यायाधीश र कानुन व्यवसायी परेका छन् भने १ जना सरकारी वकिल, एक कानुन मन्त्रालय र २ जना न्याय सेवाको अधिकृत समेटिएका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।