• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीमा ओलीको निरन्तरता कति सहज?

64x64
लिलु डुम्रे सोमबार, फागुन २४, २०७७  २१:३१
1140x725

काठमाडाैं- प्रतिनिधि सभा पुनर्वहालीको पक्षमा रहेका शक्तिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गर्दैगर्दा सर्वोच्च अदालतले घटनाक्रमलाई अन्यत्रै मोडिदिएको छ।

आइतबारको सर्वोच्च अदालतको फैसलाले दुई समूहमा रहेका नेकपालाई एकता अघिको अवस्थामा पुर्‍याइदिएको छ। पार्टी एकतापछि विभाजनउन्मुख भई दुई धारतिर लागेका एमाले र माओवादी केन्द्रका नेताहरु ‘बाध्यात्मक’ रुपमा पुरानै घरमा फर्किनुपर्ने भएको छ। 

सर्वोच्च अदालतको फैसलाले यसअघि आकलन गरिएको सत्ता समीकरणलाई समेत व्यापक परिवर्तन गरिदिएको छ। प्रधानमन्त्री ओली पक्षलाई सत्ता बाहिर राखेर अन्य शक्तिको सरकार बन्ने अड्कलबाजी भइरहेको बेला सरकार बन्ने थप विकल्पको खोजी पनि भइरहेको छ।

संविधानको धारा ७६ ‘१’ अनुसार बहुमतको प्रधानमन्त्री बनेका ओली अब ७६ ‘२’ बहुदलको सरकारमा रुपान्तरण भएका छन्। एमाले र माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्री छन्। नेकपा विभाजनतर्फ गएकाले माओवादी केन्द्रले उनलाई दिएको समर्थन फिर्ता गर्ने मनस्थिति बनाएको छ।

प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई दिइएको समर्थन फिर्ता गर्ने बताए। माओवादी केन्द्रले समर्थन फिर्ता गर्दा ओली सरकार अल्पमतमा पर्दछ। त्यसपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नु पर्नेछ’, संविधानको धारा १०० को उपधारा २ मा उल्लेख छ।

यो पनि पढ्नुहोस्

सर्वोच्चको फैसलासँगै ओलीको सत्ता संकटमा !आइतबार, फागुन २३, २०७७

प्रतिनिधि सभामा १२० सदस्य एमालेबाट निर्वाचित सांसद छन्। बहुमतका लागि संसदमा १३८ मत आवश्यक पर्दछ। माओवादी केन्द्रसँग ५३ सांसद छन्। माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा ओलीलाई सरकार टिकाउन १८ मत आवश्यक पर्दछ। त्यस अवस्थामा एमालेलाई जनता समाजवादीको मतले पनि बहुमत पुग्छ। एमालेको १२० र जसपाको ३४ ले बहुमत संख्या पुग्छ। जसपाका शीर्ष तहका नेताहरु ओली सरकारको विस्थापन चाहेकाले एमाले-जसपा गठबन्धन बन्न कठिन छ।

अर्कोतर्फ, पार्टी विग्रह उच्चतम रहेकाले ओलीलाई माधवकुमार नेपाल पक्षले समर्थन जनाउने सम्भावना अति न्यून छ। त्यसो हुँदा, एमाले पक्षबाटै ओलीलाई सबै मत नआउन सक्छ। परिणामतः एमालेले जसपासहित सरकार बनाउन नसक्ने हुनसक्छ। माधव खेमामा ४० सांसद छन्। ओलीले समर्थनको मत लिँदा माधव खेमाका सांसदहरु अनुपस्थित रहन सक्छन्। संसदीय दलको नेताको हैसियतमा ओलीले अनुपस्थित रहने सांसदलाई स्पष्टिकरण सोध्न सक्छन्।

ओलीनिकट पूर्वसांसद तथा कानुन व्यवसायी रेवतीरण भण्डारीले भने, ‘अनुपस्थित रहेकालाई स्पष्टिकरण सोधिने संसदीय दलको व्यवस्था छ। स्पष्टिकरण चित्त बुझ्दो नभए निलम्बन हुन्छन्।’ कारबाहीका लागि संसदीय दलले गरेको सिफारिसको आधारमा केन्द्रीय कमिटीले निर्णय गर्नुपर्ने हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

माधव पक्ष संसदीय दलको तुलनामा केन्द्रीय कमिटीमा बलियो छ। ओली पक्षकै हाराहारीमा केन्द्रीय कमिटीमा उक्त पक्षको सहभागिता भएकोले सांसदलाई निलम्बन गर्न सहज हुने छैन। उनकै एमाले धारबाट ओलीलाई समर्थन प्राप्त नभए ८० सांसद मात्रै हुनेछन्। त्यसबेला ओलीलाई ५८ सांसद आवश्यक पर्दछ। बहुमतका लागि ओलीले कांग्रेसको समर्थन लिनैपर्ने हुन्छ। कांग्रेससँग ६१ सांसद छन्।

एमालेका दुई धारसहित पूर्वमाओवादी सम्मिलित भई नयाँ सत्ता समीकरण बन्ने अवस्था न्यून छ। त्यस अवस्थामा कांग्रेस निर्णायक शक्ति हुन्छ। पुनःस्थापित एमाले र कांग्रेसबीच गठबन्धनसहितको सरकार बन्ने सम्भावना रहन्छ। माधव पक्षले सहयोग गर्ने अवस्था बनेन भने पनि ओलीले कांग्रेसलाई साथ लिन सक्ने एउटा विकल्प छ। कांग्रेसले एमालेको ओली धारलाई समर्थन गर्दा झिनो संख्याले बहुमत पुग्छ। एमाले (ओली पक्ष) र कांग्रेसको गठबन्धन बने १४१ सिट पुग्छ। ओली पक्षलाई समर्थन गर्नैहुन्न भन्ने मत कांग्रेसमा शक्तिशाली देखिएकाले यो समीकरण बन्न धेरै कठिन छ।

संसदमा एमाले र माओवादी गरी एक सय ७३ सांसद छन। कांग्रेसका ६१, जसपाका ३२ सांसद छन्। साना दल र स्वतन्त्रका १/१ सांसद छन्। कांग्रेसका दुई र जसपाका दुई सांसद निलम्बनमा छन्। पूर्वएमालेबाट प्रतिनिधित्व गर्ने एक सांसदको मृत्यु भएको छ।

यो पनि पढ्नुहोस्

ओलीले आफूनिकट सांसदसँग भने- माओवादीले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिन्छुआइतबार, फागुन २३, २०७७

कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपा सम्मिलित सरकार बन्ने सम्भावना पनि छ। ओली सरकारको विस्थापन अन्य शक्तिले खोजेकाले उक्त विकल्प पहिलो प्राथमिकतामा पर्न पनि सक्छ। कांग्रेसका ६१, माओवादी केन्द्रका ५३ र जसपाको गठबन्धन बन्यो भने १४६ मतसहितको बहुमतको सरकार बन्छ। उक्त गठबन्धनलाई माधव समूहले मत नदिएर पनि बाहिर रहेर सहयोग गर्न सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव संसदमा पेश गर्न नपाउने व्यवस्था छ। गठबन्धनमा बनेको सरकारको कुनै दलले बीचमा समर्थन फिर्ता लिने सम्भावना भने रहिरहन्छ। 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
विधुत्त ब्यापारमा नीजि क्षेत्रलाई प्रवेश बुधबार, कात्तिक ११, २०८३
प्राधिकरणकाे चेतावनी अर्णव चक्रवातमा भारी वर्षाकाे सम्भावना सतर्कता बनाैं बुधबार, कात्तिक ११, २०८३
चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह बुधबार, कात्तिक ११, २०८३
लुम्बिनी प्रदेश सभा विवाद : सभामुखसहित पाँच जनाविरुद्ध प्रदेश सांसद काफ्ले पुगिन् अदालत बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्