काठमाडाैं– जनता समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ। जसपाले मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बोलाएको नेता केशव झाले जानकारी दिए।
बैठकमा सर्वोच्च अदालतको पछिल्लो फैसला र देशको बदलिदो अवस्था बारेमा छलफल हुने जनाइएकाे छ। यसका साथै संसदमा जसपाले खेल्ने भूमिका र पार्टीको विधान लगायतका विषयमा छलफल हुने नेता झाले बताए।
सर्वोच्च अदालतले आइतबार नेकपाको नामसम्बन्धी विवादमा फैसला सुनाउँदै ऋषिराम कट्टेललाई आधिकारिकता मान्यता दिएसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। त्यस्तै प्रतिनिधि सभा विघटनको निर्णय यसअघि बदर गरेको थियो।
सर्वोच्चका यी दुई फैसलाले राजनीतिक तिव्र रुपमा विकास भइरहेको छ। जसपाले सरकारमा सहभागी हुनका लागि आफूहरुको एजेन्डा मिल्नेसँग मात्र हुने भन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।