• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मानवता हराएको समयमा कसरी मनाऔं महिला दिवस?

​​​​​​​श्रीना नेपाल  सोमबार, फागुन २४, २०७७  १४:१०
1140x725

‘२३ वर्षकी थिइ रे, ३० वर्षकी थिइ रे! होइन,७४ वर्षकी हुनुहुन्थ्यो रे! काँ हुनु, १४ वर्षकी मात्र थिइन् रे! होइन नि, १२। ए होइन, ७ वर्ष। होइन होइन, ६ वर्ष। कि ५ वर्षकी हो र?’

‘धर्मगुरुलाई देखाउन गाकी थिइ रे, त्यसरी एक्लै जाने हो त ! खुब काम गर्न गएकी थिइन्, रातिराति जान्ने भएर। त्यै खोजेकी? हो यही भएर म मेरो छोरीलाई एक्लै कतै जान दिन्नँ! आमा चैँ के भाको, त्यसरी छोरी अरुलाई छोड्ने हो? त्यसरी शिक्षकसँग एक्लै कोठामा जान दिने हो?’

‘प्यान्ट लगाकी थिइ रे! कुर्ता सुरुवाल लगाएकी थिइ रे! साडीचोलो पो लगाको थ्यो रे त! स्कुल ड्रेस थ्यो रे जिउमा! आमाले माया गरेर ल्याइदेको फ्रक लगाकी थिइ रे! हजुरआमाले नातिनीलाई माया गरेर सिलाइदेको दौरा सुरुवाल लगाको थ्यो रे!’ 

राजसभामा पाण्डवहरुले जुवा खेली आफ्नो पत्नी द्रौपतीलाई समेत दाउ लगाइ उनको चिरहरण भैरहँदा न त्यो सभामा उपस्थित आचार्य, न नीति बनाउने व्यक्ति, न स्वयं उनका पतिहरुले उनलाई बचाउन प्रयास गरे। उल्टै महाभारत हुनुको कारण नै द्रौपतीलाई देखाउन खोजे। हामी अहिले त्यस्तै समाजमा बाँचिरहेका छौं। बलात्कारको शिकार हुनेको तस्बिरदेखि उनका आमाबुबाको समेत परिचय सञ्चारमाध्यममा खुलाइन्छ। तर, बलात्कारी स्वयंको अनुहार पनि बाहिरिँदैन। यहाँ बलात्कारी भन्दा बलात्कृतको इज्जतमा दाग लाग्छ। 

मैले कतै देखेको थिएँ, ‘स्त्रीको शरीर पुरुषहरुको उत्सुकताको विषय हुन्छ, तर पुरुषको शरीर स्त्रीहरुको लागि उत्सुकताको विषय हुँदैन!’ यो सब किन हुन्छ भने महिलालाई सानैदेखि आफ्नो ‘मर्यादा’ सिकाइएको हुन्छ। त्यो मर्यादा के हो थाहा छैन, तर त्यो सोचाइ मानसिक भेदको कारण मात्र उत्पन्न हुन्छ। नभए मलाई भन्नुहोस्- त्यो ५–६ वर्षका नानीहरुले आफ्नो काका, मामा, बुवालाई कसरी उत्साहित बनाए?

Ncell 2
Ncell 2
nimb
nimb

वुमन्स रिह्याबिलिटेसन सेन्टर नाम गरेको संस्थाका अनुसार गत माघ महिनामा मात्र देशभर १२० जना महिला विरुद्धका हिंसाका घटना दर्ता भएका छन्, जसमा २८ बलात्कार र ६ वटा बलात्कार प्रयासका घटना दर्ता छन्। यी त आफैं दर्ता गरिएका घटना हुन्। यसले के सोच्न बाध्य बनाउँछ भने बाहिर नआएका, इज्जतका लागि सौदा गरिएका, पैसा र पावरले थिचिएका वा दबाइएका, आफूमाथि भइरहेको कुरा कसैलाई भन्न नसकेका केस अरु कति होलान्?  

मुलुकी फौजदारी संहिता २०७४ को दफा २१९ (२) अनुसार कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर पनि अठार वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मनिन्छ। उपदफा ३ को व्यवस्था अनुसार जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद सजाय तोकिएको छ।

जसअनुसार १० वर्ष भन्दा कम उमेरको बालिका भए १६ वर्षदेखि २० वर्षसम्म कैद, १० वर्षभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षसम्म कैद, १४ वर्ष त्यसभन्दा बढी १६ वर्ष वर्ष भन्दा कम उमेरकी बालिका भए १२ देखि १४ वर्षसम्म कैद सजाय हुनसक्छ। त्यस्तै, १६ वा १६ वर्ष भन्दा बढी र १८ वर्ष भन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म कैद र १८ वर्ष वा १८ वर्ष भन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था संहितामा छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

बलात्कारमा सजाय कम भएको भन्दै सजाय बढाउनुपर्ने आवाज उठेपछि सरकारले अध्यादेशमार्फत् सजाय बढाए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन। त्यसो हुँदा पनि निकै थोरै महिलाले मात्र न्याय पाउनेछन्। 

पीडितले न्याय नपाउने, पीडकले उन्मुक्ति पाउने अवस्थाले पनि त्यही देखाउँछ। अदालतसम्म पुगेका मुद्दामा पनि न्याय टाढा बनेको छ। अदालतमा आँखामा पट्टी बाँधेर, हातमा तराजु बोकेर राखिएको ‘न्यायको मूर्ति’को अर्थ निष्पक्ष न्याय दिलाउनु हो कि तराजुमा जसको शक्ति, पद र पैसा भारी हुन्छ त्यसलाई जिताउनु हो?

अरु त अरु, न्याय पनि बिक्न थालेपछि के बाँकी रहन्छ? हामीभित्रको मानव साँच्चै हराइसकेको हो? आफूलाई नपरी हामी अरुको लागि आवाज उठाउन नसक्ने नै हौँ त? एकचोटी आत्मादेखि मनन गरौं, आफ्नो छोरीचेली सम्झौं त! अझै कहिलेसम्म सहेर बस्ने? कहिलेसम्म पुरुषको दुष्कर्मको दोषी नारीलाई बनाउने? कहिलेसम्म आफ्ना छोरीचेलीलाई ज्यान गुमाउन बाध्य बनाउने? अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा हामी सबैले सोच्नुपर्ने, मनन् गर्नुपर्ने कुरा यही हो।

(नेपाल पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं स्कुल अफ लमा अध्ययनरत छन्।) 

प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १४:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
सम्बन्धित सामग्री
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
बालेन सरकारका सात दिनका उपलब्धि : ६११ नियुक्ति, ७१४ कर्मचारीमाथि कारबाहीको निर्देशन शुक्रबार, असोज ३०, २०८३
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप शुक्रबार, असोज ३०, २०८३
सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना: चालकको मृत्यु, दुई जना घाइते शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्