• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक इजलासमै रुमल्लियो प्रधानन्यायाधीश राणाविरुद्धको मुद्दा

सर्वोच्चमा सभामुख सापकोटाकाे दोस्रो दावी- सिफारिस कपटपूर्ण
64x64
दुर्गा दुलाल आइतबार, फागुन १६, २०७७  ०७:११
1140x725

काठमाडौं- शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताद्वय ओमप्रकाश अर्याल र समृत खरेलले संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ हुने तय भएको थियो। 

करिब २ महिनापछि संवैधानिक इजलासमा पहिलो सुनुवाइको पालो पर्खेर बसेको उक्त मुद्दामा बहस गर्न निवेदकहरुले भरपुर तयारी गरेका थिए। तर शुक्रबार १० बजे पेसी सूची हेर्दा संवैधानिक इजलास गठन भएको देखिएन। 

यसअघि प्रतिनिधि सभा विघटनको मुद्दा निरन्तर सुनुवाई हुँदा उक्त मुद्दाले इजलासमा स्थान पाएन। प्रतिनिधि सभा विघटनपछि विभिन्न संवैधानिक निकायमा भएका नियुक्तिमाथि सर्वोच्चले न्याय गर्ने भन्दै बहसको तयारी गरेका वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू निराश हुँदै फर्किए। 

प्रत्येक शुक्रबार नयाँ मुद्दाको पहिलो सुनुवाई गर्ने संवैधानिक इजलासको नियम अनुसार पालो पाउने आश निवेदकहरुको थियो। तर उनीहरुले दायर गरेको रिटमा एक पटक पनि सुनुवाइ हुन सकेको छैन। यो मुद्दा ११ पटक पेसीमा चढेको छ तर एक पटक पनि सुनुवाई हुन सकेको छैन। 

सरकारको सिफारिसमा गत मंसिर ३० गते राष्ट्रपतिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन्। ५ जना सदस्य हुने संवैधानिक परिषद्‍मा पाँचै जनाको सर्वसम्मतिमा निर्णय हुनुपर्ने साविकको व्यवस्था संशोधन गर्दै बहुमतका आधारमा निर्णय गर्न सक्ने व्यवस्था अध्यादेशमा गरिएको छ। अध्यादेशको सोही व्यवस्थाअनुसार सरकारले विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरिसकेको छ। 

यसरी ल्याएको अध्यादेश अनुसार परिषद वैठक बसी पदाधिकारी सिफारिस भएका व्यक्तिहरुले काम समेत सुरु गरिसक्दासमेत सुनुवाइ नहुँदा अध्यादेश नै वैध वा अवैध भन्ने विषय टुंगो लाग्न सकेको छैन। 

पहिलो पटक वैशाखमा ओलीले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याएका थिए। उक्त अध्यादेश फिर्ता लिन चर्को दवावपछि उनी पछि हटेका थिए। तर २०७७  मंसिर ३० गते संवैधानिक परिषदको बैठक बोलाउँदा सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि उनले फेरि अध्यादेश ल्याए। उक्त अध्यादेशमा तीन जनाले निर्णय गर्न सक्ने बनाएपछि त्यसविरुद्ध सर्वोच्चमा तीन थान निवेदन दर्ता भएका थिए। 

अध्यादेश अनुसार प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले विभिन्न संवैधानिक निकायमा ३८ जना पदाधिकारी सिफारिस गरेका छन्। प्रमुख प्रतिपक्ष दलको नेता र सभामुख बिनै गरिएको नियुक्ति तत्कालीन समयमा गोप्य राखिएको थियो। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेपछि संसद् सचिवालयमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरिएको सूचना दर्ता भएको थियो। त्यसरी सिफारिस भएका व्यक्तिहरुलाई माघ २१ गते राष्ट्रपति भण्डारीले नियुक्त गरिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

संसद सचिवालयमा जानकारी भएको ४५ दिन कटेपछि उनीहरूलाई प्रधानन्यायाधीश राणाले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ खुवाएका थिए। संसद सचिवालयमा दर्ता भएको सूचनाको आधारमा सपथ खुवाउने तयारी गरेपछि सर्वोच्चमा अर्को निवेदन पुग्यो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माघ २० गते सर्वोच्चमा निवेदन दिएका थिए। तर उक्त दिन सर्वोच्चमा रिट दर्ता भएन। अध्ययनका क्रममा रहेको भन्दै सर्वोच्चले दर्ता नगरेको भोलिपल्टै प्रधानन्यायाधीश राणाले सपथ खुवाएका थिए। प्रधानन्यायाधीश राणाले सपथ गराएकै दिन त्रिपाठीको निवेदन दर्ता भयो र सुनुवाई हुँदै कारण देखाउ आदेश गर्‍यो।

त्रिपाठीको निवेदन दर्ता भएर सुनुवाई प्रक्रियामा रहेकै समयमा सभामुख सापकोटा आफैँ माघ २३ गते सर्वोच्च पुगे। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश राणासहित ३८ जनालाई विपक्षी बनाई रिट दायर गरे। उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले विपक्षीलाई झिकाउने र लिखित जवाफ माग गर्ने आदेश गरेको छ। उक्त मुद्दाको दोस्रो सुनुवाई हुन सकेको छैन। 

सभामुखको दावी- सिफारिस कपटपूर्ण
सभामुख सापकोटाले सर्वोच्च अदालतमा दोस्रो पटक संवैधानिक नियुक्ति कपटपूर्ण भएको दावी गरेका छन्। माघ २१ गते रिट निवेदन भएर सर्वोच्च पुगेका सभामुखले दोस्रा पटक वरिष्ठ अधिवक्ता त्रिपाठीको निवेदनमा लिखित जवाफ पेस गर्दै यस्तो दावी गरेका हुन्। सापकोटाले संवैधानिक परिषद्ले गरेको निर्णय ‘दूषित' भएकाले खारेज हुनुपर्ने जिकिर गरे। 

उक्त रिटमाथिको सुनुवाइका क्रममा सर्वोच्च अदालतले मागेको लिखित जवाफ पेस गर्दै सभामुख अग्नि सापकोटाले गणपूरक संख्याको अभावमा पहिलो संशोधन अध्यादेश जारी गरी नियुक्ति सफारिस गरिएकोले त्यो बदर हुनुपर्ने भनेका छन्। बिहीबार अदालतमा पेस गरिएको लिखित जवाफमा सापकोटाले परिषद्ले गरेको सिफारिस र राष्ट्रपतिले गराएको शपथमा आफ्नो असहमति रहेकोले त्यसलाई बदर गर्न उनले माग गरेका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सभामुखले माघ २३ गते राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद्, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष र नियुक्ति लिएका व्यक्तिहरूविरुद्ध अदालतमा रिट निवेदनसमेत दर्ता गराएका थिए। उनले अदालतमा बुझाएको लिखित जवाफमा राष्ट्रपतिले विभिन्न संवैधानिक पदमा गरिएका नियुक्ति, शपथ तथा पदभार ग्रहण समेतका सम्पूर्ण निर्णय पत्र उत्प्रेषणको आदेशले बदर हुनुपर्ने माग गरेका छन्। 

संवैधानिक परिषद्‍मा नियुक्त भएका पदाधिकारीको सिफारिस तथा नियुक्ति प्रक्रियामा असहमत रहेको र संवैधानिक तथा कानूनी प्रक्रिया पनि नपुगेको हुनाले ती सम्पूर्ण कार्य बदर हुनुपर्ने लिखित जवाफमा उल्लेख छ। 

नजिर
सर्वोच्च अदालतले संसद् पुन:स्थापित हुने गरी फैसला गरेपछि अब ती नियुक्तिहरू के हुन्छन् भनी धेरैले चासो व्यक्त गरेका छन्। संसदीय सुनुवाइ नै नभएका संवैधानिक नियुक्ति स्वतः बदर हुनुपर्ने तर्क पनि उठेको छ। यस सम्बन्धी विवादमा  सर्वोच्च अदालतमा ५ थान मुद्दा विचाराधीन छन्। तीन थान निवेदन संवैधानिक इजलासमा एक पटक पनि सुनुवाइ नभई पालो कुरेर बसेका छन्। 

संसदीय सुनुवाइ बिना नै नियुक्तिहरू भएका विगतमा कुनै घटना नभएकाले यसका लागि विगतका कुनै नजिरलाई आधार मान्न सकिने अवस्था छैन।  संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश पनि एक सदस्य भएकाले परिषद्को निर्णयविरुद्ध परेका रिट निवेदनहरूमा उनलाई पनि विपक्षी बनाइएको छ। 

उनी समेत रहेर परिषद्ले सिफारिस गरेकाले उक्त मुद्दा उनले हेर्न नमिल्ने तर्क संविधानविद्हरूले गर्दै आएका छन्।   

आफै विपक्षी भएको मुद्दा हेर्ने कि नहेर्ने?
संवैधानिक परिषदसम्बन्धी केही निवेदन नियमित इजलासमा छन् भने केही संवैधानिक इजलासमा छन्। यी सबै मुद्दा संवैधानिक इजलासमा जान सक्ने सम्भावना देखिन्छ। संवैधानिक इजलासमा गएपनि वा नगएपनि यसको सुनुवाईमा राणाले प्रत्यक्ष संलग्न हुन नमिल्ने जिकीर कानुनका जानकारहरूको छ। 

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले आफैँ बसेर आफ्ना मानिससमेत नियुक्त गरेको कुरा आएकाले प्रधानन्यायाधीश राणा सुनुवाइमा संलग्न हुन नमिल्ने बताए। आफैँ संलग्न भएर गरेको निर्णयविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणाले नै हेर्दा प्रश्न उठ्ने भएकाले आफूलाई  अलग गराउनुपर्ने शाक्यको तर्क छ। 

अधिवक्ता ओमप्रकाश अर्यालले पनि राणाले संवैधानिक वा अन्य इजलासमा बसेर यो मुद्दामा गर्न नमिल्ने र प्रतिनिधि सभा विघटनको निवेदन झै यसको सुनुवाइ गराउनुपर्ने बताए। 

‘यो नियुक्तिको निर्णय प्रक्रियामा राणासमेत संलग्न भएको र उनका मानिस पनि नियुक्त भएकाले राणाले आफूबाहेकको इजलासमा राखेर किनारा गर्नुपर्छ,’ अर्यालले भने, ‘प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भनेकाले यो सिफारिस पनि संवैधानिक हुने सम्भावना देखिँदैन तर अदालतमा भएकाले उसले न्याय गर्छ।’ 

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्