काठमाडौं–उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीति अवस्था थप अस्थिर र जटिल दिशातर्फत अघि बढ्ने बताएका छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले सर्वोच्चको कदमलाई स्वीकार गरे पनि सम्मान गर्न नसकिने उल्लेख गरेका छन्।
सरकार सञ्चालनमा गतिरोध सिर्जना भएपछि सार्वभौम जनतामा गएर ताजा जनादेशका माध्यमबाट समाधान गर्ने प्रधानमन्त्रीको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।