काठमाडौं- नेकपाको पुष्पकमल दाहाल‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको छ।
बुधबार दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाइको प्रचण्ड–माधव पक्षका सांसद् मेटमणि चौधरीले बताए।
‘हामीलाई बुधबार दिउँसो ४ बजेतिर पार्टी कार्यालयमा उपस्थित हुन सूचना पठाएको छ,’ नेपाल लाइभसँग कुरा गर्दै चौधरीले भने, ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसद उपस्थित हुन्छौँ।’
नेकपाका दुवै पक्षका १७४ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।