काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल पक्षले केन्द्रीय सदस्यहरूलाई जस्तोसुकै परिस्थितिको पनि सामना गर्न निर्देशन दिएको छ। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वयले यस्तो निर्देशन जारी गरेका हुन्।
बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले बोलेका थिए।
'बैठकमा जस्तोसुकै परिस्थितिको समाना गर्न तयार रहन अध्यक्षद्वयले निर्देशन दिनुभयो,' बैठकपछि बाहिरिने क्रममा एक केन्द्रीय सदस्यले भने।
प्रतिनिधि सभा विघटनलाई अदालतले सदर गरे आन्दोलनमा जाने ठहरसमेत भएको केन्द्रीय सदस्य अञ्जना विसंखेले जानकारी दिइन्।
'हामी कठोर संघर्ष गर्न पनि तयार छौं। दिपावाली गर्न पनि तयार हुनुस्। अदालत र निर्वाचन आयोगबाट जुनसुकै निर्णय आउन सक्छ। निर्वाचन आयोग सशरीर उपस्थित हुने र कागज मागे लिएर बुझाउन तयार हुन निर्देशन आएको छ,' बैठकको निर्देशन उद्धृत गर्दै उनले भनिन्, 'यदि अदालतले विघटनलाई सदर गरे अदालतला२ पंचायतकालीन अदालत भएको ठहर गर्दै आन्दोलनमा जानुपर्छ। त्यो फैसलालाई पार्टी बनाउने अवसरको रुपमा लिनुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।