हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्ट र कांग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन्।
संसद विघटनपश्चात् मुलुक थप अन्योल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए। आज राप्रपाको हेटौँडा-५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले समभावसहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको बताए।उनले देशमा धार्मिक द्वन्द्व चर्केर जाने खतराप्रति चिन्ता प्रकट गरे।
अध्यक्ष थापाले निर्वाचन प्रणाली खर्चिलो भएको र निष्ठा एवं इमान्दारितको राजनीति कमजोर हुँदै गएको बताए। विकास र समृद्धिको सपनालाई २०६२/६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी छ।
कार्यक्रममा राप्रपाका नेताहरू मधु अधिकारी, राजाराम बर्तौला, नवराज बिष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, गुरु प्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ, रमेश चौलागाईं लगायतले बोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।