• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
ललितानिवास प्रकरण :

मुख्य अभियुक्त बस्न्यात, ढकाल र पौडेल थुनामा, १२९ जना धरौटी र साधारण तारेखमा 

64x64
दुर्गा दुलाल शुक्रबार, माघ ३०, २०७७  १२:५९
1140x725

काठमाडौं- बालुवाटारस्थित् ललिता निवास जग्गा कीर्ते प्रकरणमा विशेष अदालतमा हालसम्म १२९ जना आरोपितहरू हाजिर हुँदा तीन जना मुख्य अभियुक्त पुर्पक्षका लागि थुनामा गएका छन्। 

जग्गा प्रकरणका मुख्य अभियुक्तहरू शोभाकान्त ढकाल, भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव दीप बस्न्यात र डिल्लीबजार मालपोत कार्यालयका अधिकृत कृष्णप्रसाद पौडेललाई मात्र थुनामा पठाउने आदेश विशेष अदालतले गरेको छ। 

जग्गा फिर्ता र अभियोगमा संलग्न गरी १७५ जनालाई विपक्षी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। अख्तियारले ११० जनालाई आरोपितको रुपमा र ६५जनालाई जग्गा फिर्ताका लागि प्रतिवादी बनाएको थियो। हालसम्म विशेषमा १२९ जना हाजिर भएका छन्। अब ४६ जना प्रतिवादी हाजिर हुन बाँकी रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिवसहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारकै पूर्वप्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिदबिक्री गर्नेहरूविरुद्ध पनि मुद्दा दायर भएको थियो।

दीप बस्न्यात 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बनिसकेका दीप बस्न्यात पनि उक्त जग्गा प्रकरणका एक मुख्य अभियुक्त थिए।  २०३२ सालमा बाँके कोहलपुर सडक डिभिजन कार्यालयको लेखा अधिकृत भएका बस्न्यात त्यसपछि निरन्तर मालपोत कार्यालय, कर कार्यालय, भन्सार कार्यालयका प्रमुख तथा श्रम कार्यालय, आन्तरिक राजस्व विभाग आदिका महानिर्देशक भएका थिए।

बस्न्यात जागिरे अवधिमा आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, श्रम विभाग, कलकत्ता (भारत)का लागि नेपाली महावाणिज्यदूत, अख्तियार, भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिवजस्ता पदमा रहेर काम गरे। उनी भौतिक पूर्वाधार मन्त्रालयको सचिव हुदाँ उक्त जग्गा प्रकरणमा उनी मुख्य मतियार देखिएका थिए।  मंसिर २८ गते बस्न्यात विशेष अदालत उपस्थित भएका थिए। विशेष अदालतमा आफ्ना कानुन व्यवसायी र धरौटीका लागि बैंक ग्यारेन्टी समेत जोहो गरेर अदालत पुगेका बस्नेतलाई साँझ ६ बजे अदालतले पुर्पक्षका लागि थुनामा पठायो। यसरी थुनामा जाने उनी दोस्रो प्रतिवादी थिए। बस्न्यातअघि अदालत उपस्थित भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा भएका थिए भने छबिराज पन्त पाँच लाख धरौटीमा रिहा भएका थिए। उनी पनि आस बोकेर अदालत पुगेका थिए। 

२९ चैत २०६६ को मन्त्रिपरिषद् बैठकले नक्कली मोही खडा गरेर सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको थियो। जग्गासम्बन्धी विषय भूमिसुधार मन्त्रालयको क्षेत्राधिकार भएपनि नाटकीय रूपमा भौतिक पूर्वाधार मन्त्रालयबाट अघि बढाइएको थियो। विजय गच्छदार मन्त्री थिए भने बस्न्यात सचिव। 

सचिव बस्न्यातले फाइल उठाए भने मन्त्री गच्छदारले स्वीकृत गरेर मन्त्रिपरिषद्मा लगेका थिए। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको मन्त्रिपरिषद्ले यो फाइल सदर गरेपछि सरकारी जग्गा व्यक्तिको नाममा गएको थियो। बस्न्यातले विशेषको निर्णयलाई चुनौती दिँदै सर्वोच्चमा निवेदन दिएका थिए। सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग गर्ने आदेश समेत गरेको छ। अर्को सुनुवाइमा  धरौटीमा छोड्ने वा नछोड्ने बारे निर्णय लिने छ। 

nimb
nimb
Ncell 2
Ncell 2

शोभाकान्त ढकाल 
उक्त जग्गा प्रकरणको मुख्य बिचौलियको रुपमा देखा परेका शोभाकान्त ढकाल म्याद जारी भएको करिब एक वर्षपछि विशेष अदालत उपस्थित भएका थिए। अख्तियारले अभियोगपत्र दायर गर्ने समयमा फरार रहेका ढकाल  माघ २८ गते विशेष अदालत हाजिर भएका थिए। 

मुख्य अभियुक्त मानिएका ढकाल पनि बैंक ग्यारेन्टीको तयारीसहित अदालत उपस्थित भएका थिए। उनीअघि भाटभटेनीमा मालिक मिनबहादुर गुरुङ उपस्थित भएका थिए। उनलाई विशेष अदालतले २ करोड धरौटीमा रिहा गरेपनि ढकालले हाजिर भएका थिए। तर, ढकाललाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गर्‍यो। 

न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको हो।  ढकाल र रामकुमार सुवेदीले संयुक्त रुपमा उक्त जग्गा व्यक्तिको बनाउने कार्यमा मुख्य बिचौलियाको भूमिका निभाएको आरोप अभियोगपत्रमा रहेको  छ। सुवेदी लेखापढी व्यवसायीसमेत भएकाले उनको सहयोगमा चलखेल गरेका थिए।  

उनीहरूले समीरजङ्ग कम्पनीका नामबाट व्यक्तिको नाममा मोही कायम गराउँदै सरकारी जग्गा व्यक्तिको बनाएको आरोप थियो। ललिता निवास प्रकरणमा छानबिन र बयान गर्दा अधिकांश प्रतिवादीहरूले ढकालको नाम लिएका थिए। ढकालले आफू, श्रीमती र छोरा र छोरीको नाममा समेत बालुवाटारको जग्गा राखेको पाइएको थियो। उनले उक्त जग्गा राखेर आइएमई इन्स्टिच्युसनबाट १ करोड ९० लाख ऋणसमेत लिएका थिए। त्यस्तै सोही स्थानको सन्दीप ढकालका नामको जग्गा राखेर यति विकास बैंकबाट ४९ लाख रुपैयाँ ऋण लिइएको पाइएको थियो। 

आयोगले विशेषमा दायर गरेको अभियोगपत्रमा शोभाकान्तकी श्रीमती उमासँग ९१ लाख २० हजार र ढकालसँग २९ करोड २७ लाख ९८ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ। 

ढकालले यसरी व्यक्तिगत बनाएको सम्पत्ति बिक्री गर्नेदेखि बकसमा दिनेसम्मका कार्य गरेको अभियोगपत्रमा उल्लेख छ। ढकालले नै सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरालाई जग्गा बिक्री गरेका थिए। यो प्रकरणमा ढकालसँग पौडेलसमेत जोडिएपनि उनीविरुद्ध मुद्दा दायर भएन।  

कृष्णप्रसाद पौडेल
मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कृष्णप्रसाद पौडेल ललिता निवास जग्गा प्रकरणमा सबैभन्दा पहिला हाजिर भएका प्रतिवादी हुन्। २०७६ फागुनमा विशेष अदालतले अदालत उपस्थित हुन म्याद जारी गरेपछि पौडेल चैत ३ गते विशेष हाजिर भएका थिए। सुरुमै हाजिर भएका उनलाई अदातलले करिब ३ घन्टा बयानपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश ग
र्‍यो। अदालत हाजिर हुने पहिलो व्यक्ति नै थुनामा गएपछि लामो समयसम्म अन्य प्रतिवादीहरू अदालत हाजिर भएनन्। पौडेलका तर्फबाट २०७७ जेठ २३ गते सर्वोच्चमा विशेषको निर्णयविरुद्ध निवेदन दर्ता भयो। 

उक्त निवेदनमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको गर्‍यो। सर्वाेच्चको यो आदेशपछि उनी करिब २ महिना थुनामा बसेर धरौटीमा छुटे। पौडेललाई असार २३ गते सर्वाेच्चले २ लाख धरौटीमा रिहा गरेको हो। अख्तियारले पौडेलसँग ३२ करोड १९ लाख २० हजार धरौटी माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनी मालपोत कार्यालय डिल्लीबजारमा रहँदा फाइल उठाउनेदेखि अन्य कार्यमा संलग्न भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

मुख्य दुई अभियुक्त गच्छदार र  सुवेदी हाजिर भएनन् ?
विशेषले प्रतिवादीमध्येका ‘हाइप्रोफाइल’ पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार र रामकुमार सुवेदी अझै फरार रहेका छन्। सुवेदी मुख्य बिचौलिया हुन। उनले उक्त सरकारी जग्गा व्यक्तिको बनाउन लेखापढी व्यवसायीको रुपमा भूमिका खेलेका थिए। 

गच्छदार र सुवेदीको  नाममा फागुन २३ गते अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको थियो। उनको म्याद स्थायी ठेगाना रहेको स्थानमा पठाइएको छ। तर, तामेली भएर नआएकाले उनी अदालत उपस्थित हुन नसकेको देखिन्छ। म्याद तामेलीका लागि विशेषबाट गएपनि बुझाएको पत्र नआएकाले पेशीमा नचढेको हो। गच्छदारको सुनसरी र सुवेदीको काठमाडौं महानगरको ताहाचलमा पठाइएको थियो। 

गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सुवेदीविरुद्ध ५२ करोड ५१ लख ४० हजार बिगो दाबी गरेको छ।  गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा गैरकानुनी कार्य गरेको अभियोगपत्रमा उल्लेख  छ।

गएको चैतदेखि सरकारले लकडाउन गरेका कारण अदालतमा सुनुवाइमा समस्या हुँदै आएको थियो। आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्र अनुसार बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा सबैभन्दा धेरै जग्गा व्यवसायी गुरुङको परिवारसँग देखिएको थियो। उनीसँगै उनका छोरा कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको भेटिएको थियो। 

गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र बुहारी सरला गुरुङले सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख  छ। अदालतले सबैका नाममा म्याद जारी गरेका छ। तीमध्ये गुरुङसहित केही सदस्य हाजिर भएका छन् र अन्य केही हाजिर हुने तयारीमा रहेका छन्।

अदालतले अख्तियारका पूर्वप्रमुख आयुक्त दीपबहादुर बस्न्यात, एनआरएनका प्रतिवादीसहित ७४ प्रतिवादीविरुद्ध फागुनको तेस्रो हप्ता म्याद जारी गरेको थियो। जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकामध्ये भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका परिवार, गैरआवासीय नेपाली संघ, कल्पना तुलाधर, शर्मिला शाक्य लगायतको नाममा म्याद जारी भएको थियो। अख्तियारले २०७५ माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदारसहित १ सय १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो। 

थप समाचार :

ललिता निवास प्रकरण : शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

गच्छदारको म्याद तामेली भएर आएन, ६३ जना उपस्थित हुँदा २ जनालाई थुनामा पठाइयो

भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहा

ललितानिवास प्रकरण : धरौटीमा छाड्न माग गर्दै दीप बस्न्यातले गुहारे सर्वोच्च

ललिता निवास प्रकरण : टिप्पणी उठाउने मालपोत अधिकृत धरौटीमा रिहा

प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, सात दिनभित्र आवेदन दिन आग्रह समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै निर्धारित योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन पेश गर्न अनुरोध गरेको हो । बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ पक्राउ पर्नेमा चुइचुम्मा– ४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका... बुधबार, जेठ १३, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
कांग्रेसले बोलायो संसदीय दलको बैठक बुधबार, जेठ १३, २०८३
बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, सात दिनभित्र आवेदन दिन आग्रह बुधबार, जेठ १३, २०८३
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’ बुधबार, जेठ १३, २०८३
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्