काठमाडौं- नेकपाको पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले बुधबार हुने आमसभामा उपस्थित हुने स्वयंसेवकलाई प्रशिक्षण दिने भएको छ।
प्रचण्ड–माधव पक्षको केन्द्रीय संघर्ष समितिले वाल्मिकी क्याम्समा आज दिउँसो स्वयंसेवकलाई प्रशिक्षण दिन लागेको हो। बुधबार प्रदर्शनीमार्गमा हुने आमसभालाई व्यवस्थित बनाउन स्वयंसेवकलाई प्रशिक्षण दिन लागिएको संघर्ष समितिका प्रवक्ता योगेशकुमार भट्टराईले बताए।
स्वयंसेवकको रूपमा युवा, विद्यार्थी, मजदुर लगायत क्षेत्रबाट आवद्ध हुने उनले बताए। आमसभाका लागि बागमती प्रदेशसहित अन्य जिल्लाबाट समेत नेता/कार्यकर्ता उपस्थित हुने बताएको छ।
प्रशिक्षण कार्यक्रमलाई संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, सहसंयोजक पम्फा भुसाल र भट्टराई लगायत नेताले सम्बोधन गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।