• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

आइकोनिक ब्रान्ड हार्ले डेभिडसन नेपालबाट बाहिरियो

64x64
शिव बोहरा मंगलबार, माघ २७, २०७७  १३:५४
1140x725

काठमाडौं- आइकोनिक अमेरिकी दुईपांग्रे सवारी ब्रान्ड हार्ले डेभिडसन नेपालबाट बाहिरिएको छ। हार्ले डेभिडसनका सवारी नेपालमा आयात गर्दै आएको आइएमई अटोमोटिभ्सले आयात रोकेसँगै हार्ले डेभिडसन नेपालबाट बाहिरिएको हो।

आइएमई अटोमोटिभ्सले साढे दुई वर्षअघि हार्ले ब्रान्ड नेपाल भित्र्याएको थियो। कम्पनीले कोरोना भाइरसको महामारीका कारण खर्च मात्र बढेको भन्दै हार्लेका सवारी भित्र्याउन बन्द गर्ने निर्णय गरेको हो। 

१ सय १५ वर्षको इतिहास बोकेको अमेरिकी मोटरसाइकल कम्पनी हार्ले डेभिडसन वि‍‍. सं.‌ २०७५ मा भएको अटो शोबाट नेपाली बजारमा औपचारिक रुपमा भित्रिएको थियो। विभिन्न व्यवसायमा संलग्न आइएमई ग्रुपले विश्वविख्यात अमेरिकी मोटरसाइकल हार्ले डेभिडसन भित्र्याएको थियो। 

मोटरसाइकल बिक्री कम भएको र कोरोना भाइरसको महामारीले उपभोक्ताको चासो समेत कम भएको भन्दै हार्ले ब्रान्डका सवारी आयात नै बन्द गर्ने निष्कर्षमा आइएमई पुगेको हो।

आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले तत्कालाई हार्लेका सवारीको डिलरसिप बन्द गरिएको बताए। ‘कारोना भाइरस महामारीका कारण असामान्य अवस्था आएकाले तत्काललाई बन्द गरिएको हो,’ भट्टराईले नेपाल लाइभसँग भने।

आइएमई अटोमोटिभ्सले हार्लेका सवारी साधनको आयात बन्द गर्नुअघि अर्को अमेरिकी दुई पांग्रे ब्रान्ड युएमको डिलरसिप समेत औपचारिक रुपमा बन्द गरेको घोषणा गरेको थियो। 

आइएमई अटोमोटिभ्सले हार्ले डेभिडसनको आइरन ८८३ मोडल नेपालमा भित्र्याएको थियो। आइरन ८८३ को नेपाली बजारमा ४५ लाख ८५ हजार मूल्य तोकिएको थियो। योसँगै आइएमई अटोमोटिभ्सले हार्लेको बहुचर्चित मोडल फ्याटबोइ समेत भित्र्याएर बिक्री गरेको थियो। नेपाल भित्रिएको एउटा फ्याटबोइ मोटरसाइकल आइएमईले करिब ८२ लाख रुपैयाँमा बिक्री गरेको थियो। 

हार्लेले सीमित संख्यामा बिक्री हुने भएपनि दुईपांग्रे सवारीको बजार बढ्दै गएको अवस्थामा आइएमईले युएम ब्रान्ड समेत बन्द गरेकाले आश्चर्य पैदा गरेको सवारी आयातकर्ताहरूबीच चर्चा भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कारोना भाइरस महामारीको असर मत्थर हुँदै गएपछि दुईपांग्रे सवारीको बजार करिब १२ प्रतिशतले विस्तार भएको तथ्यांक छ। कोरोना महामारीयता समेत नेपाली बजारमा करिब १ दर्जन दुईपांग्रे सवारीका नयाँ ब्रान्ड भित्रिएका छन्। यसरी दुईपांग्रे सवारी बजार विस्तार भइरहँदा आइएमईले भने युएम र हार्ले दुवै ब्रान्ड बन्द गर्ने निर्णय गरेकोले आश्चर्य पैदा गरेको एक सवारी आयातकर्ताले बताए। 

कम्पनीले दुबै ब्रान्ड बन्द गर्नुको मुख्य कारण खर्च बढी भएको तर्क आइएमईको छ। ‘कम्पनीले प्रोडक्ट बिक्रीलाई मार्केटिङ गर्ने, स्किम ल्याउनेभन्दा बढी सञ्चालन खर्च कटौती गर्ने नीति लिएको देखियो,’ आइएमई अटोमोटिभ्सका एक कर्मचारीले भने, ‘ब्रान्डेड प्रोडक्ट बिक्री गरेर आम्दानी गर्ने भन्दा ब्रान्ड नै बन्द गरेर खर्च कटौती गर्नु व्यवस्थापनले उपयुक्त ठानेको देखिन्छ।’ 

उनका अनुसार नेपालमा युएम ब्रान्ड लोकप्रिय हुँदै गएको थियो। २/३ वर्ष अघिसम्म वार्षिक ३ सयभन्दा बढी युएमका मोटरसाइकल बिक्री हुँदै आएको थियो। तर कम्पनीले यो ब्रान्डमा पनि खर्च कटौतीकै नीति लिँदा ब्रान्डिङ हुन नसकेर केही महिना अघिदेखि आयात बन्द गर्ने निर्णय गरेको थियो। 

हार्ले डेभिडसन बन्द गर्ने निर्णय गरेसँगै आइएमई अटोमोटिभ्सका दुईपांग्रे तर्फको बजारमा पूर्णविराम लागेको छ। कम्पनीले करिब २ करोड रुपैयाँ खर्चिएर बनाएको काठमाडौंको गैह्रीधारामा रहेको हार्लेको सोरुम बन्द गरेर स्कटकका मोटरसाइकल बालाजुस्थित् अशोक लेल्यान्डको वर्कसपमा लगेर राखेको छ। हार्लेका आधा दर्जनभन्दा कम मोटरसाइकल भित्र्याएको आइएमईले बाँकी स्टक भारी छुटमा क्लियर गर्ने तयारी गरेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आइएमई अटोमोटिभ्सले हार्ले र युएम बन्द गरेपनि कम्पनीसँग अशोक लेल्यान्ड, हेभी इक्युपमेन्ट ब्रान्ड एसकर्टसको डिलरसिप यथावत् छ। अटोमोबाइल बजारमा आक्रमक रुपमा उदाएको आइएमई अटोमोटिभ्स अब भने यो क्षेत्रबाटै बाहिरिने संकेत देखिएको छ। 

केही समयअघि हार्ले डेभिडसन भारतबाट समेत बाहिरिएको थियो। विभिन्न विषयमा विवाद आएपछि भारतको बिक्री सञ्जाल र सर्भिसको जिम्मा हिरो मोटोकर्पलाई सुम्पिएर हार्ले बाहिरिएको थियो।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १३:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्