• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शीतल निवासको छेउबाट प्रतिगमनलाई नागरिक चेतावनी

64x64
किशोर दहाल शुक्रबार, माघ २३, २०७७  २१:३२
1140x725

तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म
तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन ? म सर्वत्र छु ।
मलाई तिमी कसरी अछूत बनाउन सक्छौ ‘छूत’ मान्छे ?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पुजारी !
म बीसौं शताब्दीको ‘अछूत’ हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !

(आहुति/ गहुँगोरो अफ्रिका)

000

बृहत् नागरिक आन्दोलनको शुक्रबारको प्रदर्शनको सुरुवात गर्दै अभियन्ता प्रणिका कोयूले आहुतिको कविता ‘गहुँगोरो अफ्रिका’लाई अंशअंशमा वाचन गरिन्। उपस्थित अन्यले सपथ शैलीमा दोहोर्‍याए।

विभिन्न संवैधानिक निकायमा नियुक्त भएकाहरूले गत बुधबार सखारै राष्ट्रपति कार्यालय शीलत निवासमा सपथ खाएका थिए। विवादास्पद अध्यादेशका आधारमा विवादास्पद सिफारिस भएको भन्दै विरोध भइरहेको भएपनि सरकार एकपक्षीय ढंगले अघि बढेको थियो। ‘संवैधानिक अंगहरूमा असंवैधानिक नियुक्तिको प्रतिरोधमा’ बृहत् नागरिक आन्दोलने शुक्रबार ‘शीतल निवास मार्च’को आयोजना गरेको हो।

मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको निवास परिसर लैनचौरबाट सुरु भएको सो मार्चमा सहभागीहरूले आहुतिको त्यही कविता वाचन गर्दै हिँडेका थिए। साथमा ‘असंवैधानिक नियुक्ति मान्दैनौं’, ‘राष्ट्रपतिज्यू, संविधान कहाँ छ?’, ‘सत्ता कब्जा मुर्दावाद’, ‘संवैधानिक पदाधिकारीहरूको नियुक्ति हैन राज्यसत्ता कब्जा हो’लगायतका नारा लेखिएको 'प्ले-कार्ड' पनि प्रदर्शन गरेका थिए।

000

अघि बढ्न नपाएपछि प्रदर्शनकारी महाराजगञ्ज, पानीपोखरीमा रोकिएका थिए। त्यसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै प्राध्यापक कृष्ण खनालले संविधानलाई एउटा शिष्ट र सभ्य पहिरनको रूपमा बिम्बित गर्दै त्यो च्यातिएको बताए। ‘हामी सबैलाई थाह छ, पहिरनबिना हामी कस्ता छौं भनेर। राज्य कहिलेकाहीं जंगली अवस्थामा पुग्दछ। त्यसलाई पनि पहिरनको आवश्यकता पर्दछ भनेर हामीले संविधान निर्माण गरेका हौं। आज त्यो पहिरन च्यातिएको छ। राष्ट्रपतिलाई पनि लज्जाबोध हुनुपर्थ्यो,' उनले भने, ‘आज त्यो पहिरन च्यातिएको जानकारी गराउन पनि हामी आएका हौं। हामीलाई यो दिन पनि आउनु नपरोस् कि, त्यो च्यातिएको पहिरन हामी आफैंले फेरिदिनुपरोस्।‘

खनालले संसद् पुन:स्थापना हुँदैमा फोहोर नबढारिने बताए। बरु राजनीति नै सुधार्नु जरुरी रहेको उनको भनाइ थियो। ‘हामीलाई २०६२/६३ कै आन्दोलनको बेलामा दिक्क लागिसकेको थियो। यिनीहरूबाट सुधार हुँदैन भनेर। हामी त्यसमा सचेत थियौं। तर पनि हामीले सुध्रिउन् भनेर एउटा मौका दियौं। अब त्यो मौका नागरिकहरू दिनेवाला छैनन्,' उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

खनालले नागरिक आन्दोलन अदालतको निर्णयमा गएर नटुंगिने बताए। विद्यमान असमानता, अन्याय सबैलाई तोड्दै नागरिक चेतनालाई अविछिन्न राख्दै, नागरिक विवेकलाई अविछिन्न राख्न नागरिक आन्दोलन अगाडि बढ्ने उनको भनाइ थियो।

‘संवैधानिक अंगहरूमा असंवैधानिक नियुक्तिको प्रतिरोधमा’ बृहत् नागरिक आन्दोलने शुक्रबार ‘शीतल निवास मार्च’को आयोजना गरेको हो।

त्यस्तै, राजनीतिक विश्लेषक श्याम श्रेष्ठले संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत हो भनिएपनि अहिले केपी ओली भएको कुरा मञ्चन भइरहेको बताए। ओलीले जे बोल्यो त्यही संविधान हुने, जे गर्‍यो त्यही संविधान हुने स्थिति सिर्जना भएको बताए।

उनले कुनै दलको नेतालाई ल्याप्चे लगाउन नागरिक आन्दोलन नआएको बताए। ‘लोकतन्त्रको विकल्प भनेको उन्नत लोकतन्त्र हो। त्यहाँ पहिलेका दोषहरू हटेको हुनुपर्छ। पहिलेका गल्तीहरू सुधारिएको हुनुपर्छ। त्यो गल्ती सुधार्ने कसरी, दोष हटाउने कसरी भन्ने सोचाइसहित नागरिका आन्दोलन आएको हो,' उनले भने, ‘त्यसैले यो नागरिक आन्दोलन कुनै दलको नेतालाई ल्याप्चे लगाउन आएको होइन। हामी यो कुरामा प्रष्ट हुनुपर्छ।’

Xtrem

Xtrem

नेपालमा दलित, जनजाति, मधेसी कसैको पनि शासन हुन नसकेको र सबै पाखा परेको बताए। ‘माथि को छ? केपी ओली। जंगबहादुर बन्ने सपना बोकेका केपी ओलीले बुझ्नुपर्छ कि जंगबहादुरको मृत्यु कथित सेतो बाघले खाएर भएको थियो। यहाँ हामी रातो बाघ आएका छौं। रातो बाघले त्यो (ओली) जंगबहादुरलाई खाई छाड्ने छ,' उनले भने, ‘जंगबहादुरको शासन अन्त्य भइछाड्ने छ।’

अभियन्ता रवीन्द्र श्रेष्ठले केही झोलेहरूको बथान बोकेर केही झुन्डको साथ देशै कब्जा गर्ने खोज्ने भन्दै प्रश्न गरे। 

‘म हरेक प्रतिगमनको प्रतिरोध गर्नेछु। दमनको प्रतिकार गर्नेछु’, उनले भने, ‘किनभने, म नागरिक हुँ। नागरिकलाई दिएको हरेक मौलिक हक मलाई चाहियो। अधिकार मिच्ने प्रयत्न गर्नुभयो भने जसरी ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन जानुपर्‍यो, केपी ओली पनि बालुवाटारबाट बालकोट जानुपर्छ। यो नागरिकले दिएको चेतावनी हो।’

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  २१:३२
  • #नागरिकआन्दोलन
  • #प्रतिगमन
  • #शीतलनिवासमार्च

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २६ गते दिउँसो १२:३० बजेदेखि ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्... सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ १५ औं महाधिवेशनमा उपसभापति (खुला) मा उम्मेदवार बनेका भट्टराईले पराजित भएपछि अझै धेरैको विश्वास जित्न आवश्यक रहेको बताएका हुन् । सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता पछिल्लो मतपरिणामअनुसार रामहरि खतिवडा ९१७ मतसहित अग्रस्थानमा छन्। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
पदमा नरहेपनि पार्टी र जनताको सेवामा निरन्तर लागिरहनेछु : डा.सुनिल शर्मा सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्