• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्तादेखि सडकसम्म : ज्ञानेन्द्रको झल्को दिने ओली अग्रसरता

64x64
किशोर दहाल शुक्रबार, माघ २३, २०७७  ००:१६
1140x725
२०६१ मा राजा ज्ञानेन्द्र शाहले 'कू' गरेपछि समर्थकले निकालेको जुलुस। तस्बिर: कशिशदास श्रेष्ठ (बायाँ) र २०७७ माघ २१ मा प्रधानमन्त्री ओली पक्ष‍को जुलुस। तस्बिर: रोजन श्रेष्ठ/पहिलोपोस्ट (दायाँ)

काठमाडौं- तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा ‘कू’ गरेपछि सत्तामा पनि उनी नै, सडकमा पनि उनी नै देखिन थाले। उनी उपस्थित हुने कार्यक्रममा सत्ताका आसेपासेहरूले शाहको जयजयकार र चाकडीका लागि भद्दा शैली अपनाउँथे। सडक किनारामा ज्ञानेन्द्रका तस्बिर भएको पोस्टर टाँसिन्थे र भित्तामा नारा लेखिन्थे। छातीमा, गाडीमा, कार्यक्रम स्थल वरिपरि ज्ञानेन्द्रका तस्बिरको व्यापक प्रयोग हुन्थे।

अहिले उस्तै प्रवृत्ति देखिन थालेको छ। माघ २३ गते घोषित केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभा अघि त्यसको तयारी स्वरुप बुधबार बृहत् मोटरसाइकल र्‍यालीको आयोजना गरियो। र्‍यालीमा सहभागीहरूले ओलीको पक्षमा नारा लगाउनु त स्वाभाविक भइहाल्यो। ओलीका थरीथरीका तस्बिर समेत उनीहरूले प्रदर्शन गरेका थिए। बिहीबार पनि ओली निकटका युवाहरूले ‘मार्च पास’ गरेका थिए। ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा गरिएको मार्चपासमा ओलीको पक्षमा विभिन्न नारा लगाइएको थियो। ‘अघि बढ केपी बा, साथ दिन तयार छौं’, ‘केपी ओली आई लभ यू’ जस्ता नारा उनीहरूले लगाएका थिए।

यसरी पुस ५ यता देशमा ज्ञानेन्द्र शैलीको झल्को दिने भद्दा नक्कल हुन थालेको छ। जसरी त्यतिबेला ज्ञानेन्द्रले कसैप्रति जवाफदेही हुनु नपर्ने शासनको अभ्यास गरेका थिए, अहिले ओली त्यही गरिरहेका छन्। जसरी ज्ञानेन्द्र सडकमा उत्रिएर ‘मैले बुझें’ भन्थे, ओली ‘मैले मात्रै बुझेको छु’ भनिरहेका छन्। अर्कोतिर, आसेपासेले उनीहरू दुवैका विषयमा गर्ने प्रचार उस्तै छ। आम जनतामाझ उनीहरूको छवि स्थापित गराउने शैली पनि उस्तै छ। 

२०६१ मा राजा ज्ञानेन्द्र शाहले 'कू' गरेपछि उनका समर्थकले निकालेको जुलुस। तस्बिर: कशिशदास श्रेष्ठ

राजनीतिक समापनको बेला
समकालीन नेताहरूमध्ये प्रधानमन्त्री ओलीको स्वभाव केही फरक छ। उनी आफूबाट कहिल्यै गल्ती होला भन्ने सोच्दैनन्। उनी आफ्नोभन्दा अरुको समीक्षा गर्न माहिर छन्। प्रतिनिधि सभा विघटनको घटनामा पनि उनमा गल्ती गरें कि भन्ने महसुस भएको देखिँदैन। बरु अरुलाई दोषी देखाउने उनको प्रचार शैली छ।

पछिल्ला हप्ता उनी दैनिक जसो दुई-तीन वटा कार्यक्रममा समेत सहभागी भइरहेका छन्। त्यहाँ अरुले पत्याए पनि वा नपत्याए पनि उही विषय-प्रसंग दोहोर्‍याउने गरेका छन्। प्रतिनिधि सभा विघटनपछि सो विषयमा भइरहेका बहसदेखि अदालतबाट हुने आदेशको प्रक्षेपणसम्मलाई उनले आफ्ना भाषण र त्यहाँ प्रयोग गर्ने गालीहरूका माध्यमबाट ओझेलमा पार्ने प्रयत्न गरिरहेका छन्।

आफूबाट गल्ती होला भन्ने ओली कहिल्यै सोच्दैनन्। उनी आफ्नोभन्दा अरुको समीक्षा गर्न माहिर छन्।

अन्य कार्यक्रममा गर्ने सम्बोधनले नपुगेर अब सडकमै उत्रिएर आफ्ना कुरा भन्ने उनको प्रयत्न छ। त्यसका लागि उनले सडक भनेको सत्ताको नेतृत्व गरिरहेको शक्तिइतरको हो भन्ने मान्यतालाई भुलेका छन्। संसद् विघटन गरेर सडक पनि कब्जा गर्ने अनौठो र बलमिच्याइपूर्ण स्वभाव यसबाट प्रष्ट हुन्छ।

ओलीको 'मसँग पनि पनि जनता छ, मसँग पनि जनमत छ, म पनि एउटा शक्ति हुँ' भनेर देखाउने सोचले सभाको आयोजना गरिएको राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेल बताउँछन्। तर, यो सोचले राजनीतिक निकास भने ननिस्किने उनको बुझाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले अदालतमा सुनुवाइको क्रममा रहेको प्रतिनिधि सभा विघटनको मुद्दामा जस्तोसुकै निर्णय आएपनि आगामी राजनीतिक परिदृश्य ओलीका निम्ति प्रतिकूल हुने छ। प्रतिनिधि सभा पुनःस्थापित भयो भने ओलीको राजनीतिक औचित्य बाँकी नरहन सक्छ। विघटन नै सदर भयो भने ओलीको वैधानिक शक्ति केही महिनाका लागि हो। यसरी आफू राजनीतिक समापनतिर जाँदै गरेको ओलीले नबुझेका होइन्। त्यही बुझेर बालुवाटारदेखि नारायणहिटीको आँगनसम्म आफ्नो शक्ति अभ्यास गर्नुपरेको हो।

२०७७ माघ २१ मा प्रधानमन्त्री ओली पक्षधरले निकालेको जुलुस। तस्बिर: रोजन श्रेष्ठ/पहिलोपोस्ट

शासक असफल हुन थालेपछि उसले आफूलाई बढी देखाउनुपर्ने स्वभाव हुने बताउँछन्, विश्लेषक हरि रोका। अहिले ओलीले अहंकार देखाएको भन्दै उनले त्यो ओलीको असफलता ढाकछोप गर्ने प्रयत्न भएको बताए। ‘ज्ञानेन्द्र खासमा व्यापारी थिए। राजनीतिमा आएपनि यसका धेरै विषयमा उनलाई ज्ञान थिएन। त्यसैले असफल भए। त्यसलाई ढाकछोप गर्न उनले त्यस्ता खालका भद्दा प्रचार गर्नुपर्थ्यो। अहिले ओलीको कुरा पनि त्यही हो’, रोकाले भने, ‘ओली अहिले सत्ताको माथि पुगे। तर त्यसलाई भयंकर दुरुपयोग गर्न पुगे। अब ज्ञानेन्द्रको जस्तै ओलीको पनि राजनीतिक समापनको बेला आयो।’

‘पञ्च र्‍याली’
माघ २३ गतेको आमसभालाई ओलीले ‘म पनि लोकप्रिय छु’ भनेर देखाउनका लागि उपयोग गर्न खोजेको देखिन्छ। जसरी उनले आमसभाको प्रचार गरिरहेका छन्, त्यसलाई इखको रुपमा लिएको बुझ्न सकिन्छ।

‘आमसभा कस्तो हुन्छ भन्ने कुरा, २३ गते हेर्नुहोला काठमाडौंमा, म उहाँहरूलाई भनिदिन चाहन्छु। आमसभा कस्तो हुन्छ, आमसभा केलाई भनिन्छ, जनपरिचालन केलाई भनिन्छ भन्ने कुरा २३ गते हेर्नुहोला काठमाडौंमा। हामी २३ गते अलिकति झलक दिन्छौं, जनपरिचालनको, 'कास्टिङ' गर्छौं, हामी,' माघ ९ गते ओलीले कार्की ब्यांक्वेटमा पेशागत विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै भनेका थिए।

ओलीको 'मसँग पनि पनि जनता छ, मसँग पनि जनमत छ, म पनि एउटा शक्ति हुँ' भनेर देखाउने सोचले सभाको आयोजना गरिएको राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेल बताउँछन्। तर, यो सोचले राजनीतिक निकास भने ननिस्किने उनको बुझाइ छ।

राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेल ओलीलाई सडकमा मान्छे उतार्न गाह्रो नभएको बताउँछन्। ‘प्रदर्शनमा मान्छे आउँदैनन् भन्ने होइन। सरकार छ, साधन स्रोत छ, प्रदेश सरकारहरू छन्। त्यसैले बसका बस, ट्रकका ट्रक मान्छे काठमाडौं उतारेर ठूलो र्‍याली गर्न सक्ने क्षमता सरकारसँग छ। तर त्यसले सरकारलाई कहीँ पुर्‍याउँदैन। त्यो ‘देखाइदिन्छु’ भन्ने कुरा मात्रै हो’, उनले भने।

ओलीले सम्बोधन गर्ने यो सभालाई नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्ष तथा विश्लेषकहरूले ‘पञ्च र्‍याली’को संज्ञा दिएका छन्। 

‘यस्तो बेलामा सरकार आफैंले जुलुस निकाल्नु पञ्च र्‍याली हो। पञ्चायतको बेलामा भएभरका व्युरोक्रेसीका मान्छे ल्याएर, मान्छेहरू खरिद गरेर, ओसारेर निकै मानिस जम्मा गर्थे। २०४६ साल अघि ठूल्ठूला पञ्च र्‍याली हुन्थे, लाख, डेढ लाख, दुई लाखका। तर त्यो पञ्च र्‍याली थियो। निभ्ने बेलाको बत्ति थियो। आफैं संविधान मिच्ने, आफैंले लोकतन्त्रमाथि प्रहार गर्ने अनि आफैंले मान्छे बटुलेर र्‍याली गर्नु पञ्च र्‍याली बाहेक केही होइन’, बिहीबार आमहडताल सफल बनाउन सडकमा निस्केका प्रचण्डले भने।

अर्कोतिर, ओलीले सम्बोधन गर्ने कार्यक्रमको आयोजना नारायणहिटी संग्रहालयको अघिल्तिर हुन लागेको छ। पछिल्ला उपलब्धिहरू जनताले राजा ज्ञानेन्द्रसँग खोसेर लिएका थिए। तर, उनले नै शासनको केन्द्र बनाएको दरबारको आँगनलाई कार्यक्रम स्थल चयन गर्नुलाई धेरैले शंकास्पद् संकेतको रुपमा लिएको पाइन्छ।

‘ओली महेन्द्रवादी हुन खोजेका, धर्मको कुरा गर्न खोजेका पनि हुन सक्छन्। उनलाई आक्षेप लागेका छन्, उनले संघीयता सक्छन्। अहिले धर्म निरपेक्षतालाई समापन गर्न सक्छन्। पहिले धर्म निरपेक्षता त महेन्द्रले तोडेका हुन्। एकल जाति र भाषाको कुरा उनैले गरेका थिए। अहिले महेन्द्रको शालिक अगाडि उभिएर त्यही कुरालाई दोहोर्‍याउन खोजेका हुन् कि! त्यसका लागि शुक्रबारसम्म पर्खौं न!,' रोका भन्छन्।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  ००:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्