• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उच्च सुरक्षात्मक अन्तःशुल्क स्टिकर टाँस्न सूर्य नेपाल बाधक

सविन मिश्र/शिव बोहरा/उत्तम काप्री आइतबार, माघ १८, २०७७  २०:२६
1140x725

काठमाडौं- सबैभन्दा ठूलो चुरोट उत्पादक सूर्य नेपालले नेपालमा छापिएको अन्तःशुल्क स्टिकर प्रयोग गर्न अस्वीकार गरेको छ। आन्तरिक राजस्व विभागले जनक शिक्षा सामग्री केन्द्रमा छापेको अत्याधुनिक सेक्युरिटी फिचर्स (सुरक्षा विशेषता) भएको स्टिकर प्रयोग गर्न अस्वीकार गरेको हो। 

आन्तरिक राजस्व विभागले तय गरेको सुरक्षा मापदण्डसहितको नयाँ स्टिकर जनक शिक्षाले आपूर्ति गर्न थालिसकेको छ। जनक शिक्षाले अहिले दैनिक ४० लाख थान स्टिकर छापिरहेको छ। यी स्टिकर अत्याधुनिक सुरक्षा फिचर्स जडित र क्युआर कोड स्क्यान गरेर जडान गर्ने खालका छन्। 

जनक शिक्षाबाट छापिएका स्टिकर क्युआर कोड स्क्यान गरेर जडान गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्ता स्टिकर क्युआर कोड स्क्यान नगरी टाँस्दा एउटै डाइप्लेट बनाएर करोडौँ थान नक्कली बनाउन सक्ने भएकाले विभागले स्क्यान गरेर मात्रै प्रयोग गर्न स्टिकर प्रयोग गर्ने सबै व्यवसायीलाई परिपत्र गरिसकेको छ। 

विभागले चुरोट, गुट्खा, रक्सीसहित अन्तशुल्क स्टिकर लाग्ने वस्तुका उत्पादकलाई स्क्यानर मेसिन जडान गर्न भनेको थियो। सुरुमा सूर्य नेपालका उपाध्यक्ष रवि केसी स्वयं विभागमा उपस्थित भएर विभागले भनेअनुसारका सबै तयारी गर्ने बताए पनि स्टिक लगाउने बेलामा भने स्क्यानर मेसिन जडान गर्न नसक्ने जनाएको हो। 

'जनक शिक्षामा स्टिकर छपाइ गर्ने भएपछि विभागले साउन १६ गते सबै सरोकारवालालाई बोलाएर यसका सुरक्षा विशेषता र उद्योगीले गर्नुपर्ने तयारीबारे जानकारी गराएको थियो, त्यतिबेला सहमत भएका व्यवसायीले अहिले काम गर्न सक्दैनौँ भनेर अर्थ मन्त्रालयमार्फत् विभागमा दबाब बढाएका छन्,' विभाग स्रोतले भन्यो, 'जानाजान चोरी हुने र राजस्व अपचलन हुने विषयमा विभाग पछि हट्न सक्दैन, उद्योग कसरी चलाउने त्यो उहाँहरूको कुरा हो।' 

विभागले अन्तशुल्क स्टिकर लाग्ने वस्तु उत्पादकलाई नयाँ स्टिकरको विशेषता बताउँदै त्यसका लागि चाहिने स्क्यानर जडान गर्न भनेको थियो। सुरुमा सबै कम्पनीले सहमति जनाएको भए पनि स्टिकर लगाउने बेलामा सूर्य नेपालले स्क्यानर जडान गरी नयाँ स्टिकर लगाउन नसक्ने जनाएको हो। 'हामीले स्टिकर लगाउन सक्दैनौँ भनेका होइनौँ, स्क्यानर मात्रै लगाउन सकिँदैन भनेको हो,' सूर्य नेपालका उपाध्यक्ष रवि केसीले भने। अहिले स्क्यानर जडान संभव नभएको केसीको तर्क छ। 

अन्तशुल्क स्टिकर छपाइसम्बन्धी खरिद प्रक्रियामा विवाद बढेपछि विभागले जनक शिक्षामार्फत् स्टिकर छपाइको काम अघि बढाएको थियो। विभागको पूर्ण अनलाइन अनुगमन प्रणालीको अधिनमा रही केन्द्रले स्टिकर छपाइ गरिरहेको छ। चुरोट, सुर्ती र गुट्खामा लगाउने गरी १ अर्ब थान स्टिकर छपाइ गर्ने तयारी विभागको छ। 

विभागको आफ्नै अडान
आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षमा कूल कर राजस्व ७ खर्ब रूपैयाँ संकलन भएकोमा १ खर्ब रूपैयाँ अन्तशुल्क संकलन भएको छ। गत वर्ष कोभिड-१९ का कारण चैत ११ गतेदेखि लकडाउन हुँदा उद्योग बन्द भए र त्यसको प्रभाव राजस्व संकलनमा पनि पर्‍यो। स्टिकरमा खेलाँची गरेको अवस्थामा कूल कर राजस्वमा २० प्रतिशत योगदान दिने अन्तशुल्क नै गुम्ने अवस्था आउने विभागको बुझाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

'अहिले एक रूपैयाँ अन्तशुल्क गुम्यो भने भोलि त्यसले मूल्य अभिवृद्धि कर र आयकरसम्ममा असर पर्छ,' विभागकी उपमहानिर्देशक शिवादेवी दाहालले भनिन्, 'हामीले सुरक्षाका अधिकतम उपाय अवलम्बन् गर्नुपर्ने हुन्छ, विभागले त्यसमा सम्झौता गर्न सक्दैन।' 

विभागले जनक शिक्षाबाट स्टिकर छापिएपछि त्यसलाई कार्यान्वयन उद्योगहरूको स्थलगत निरीक्षण गरेको थियो। त्यस निरीक्षणका क्रममा मात्रै सूर्य नेपालको आनाकानी विभागले थाहा पाएको थियो। 'क्युआर कोड स्क्यानरसहितको स्टिकर लगाउनुपर्छ भन्ने विषयमा सूर्य नेपालका रविजीले नै सबैभन्दा पहिले सहमति जनाउनु भएको थियो, तर अहिले सुरक्षाका उपाय अपनाउनु पर्छ भनेपछि उहाँ हच्किनु भयो,' विभागका एक अधिकारीले नेपाल लाइभसँग भने। 

नयाँ स्टिकर कस्तो?
विदेशी कम्पनीसँग स्टिकर खरिद गर्न नसक्ने भएपछि विभागले स्वदेशमै छपाइको बन्दोबस्त गर्‍यो। स्वदेशमा छपाइ अघि बढाउने भएसँगै विभागमाथि स्टिकरको गुणस्तर र त्यसमा समावेश हुने सुरक्षणात्मक उपाय व्यवस्थापनका विषयमा चर्को दबाब थियो। त्यसैअनुसार विभागले वस्तुमा टाँसिएका स्टिकर क्युआर कोड रिडरबाट अनिवार्य स्क्यान गराउनुपर्ने व्यवस्था गर्‍यो। 

यसअनुसार विभागबाट गएका प्रत्येक स्टिकर चुरोटको बट्टामा टाँसिने बित्तिकै कम्पनीमा जडान भएको स्क्यानरले अनिवार्य स्क्यान गर्छ। जसको वास्तविक समयको विवरण विभागमा जडित प्रणालीमा थाहा हुन्छ। प्रत्येक स्टिकरमा विशेष नम्बर जडान हुने भएकाले स्टिकर रिड हुने बित्तिकै त्यो विवरण विभागले थाहा पाउँछ। विशेष किसिमको क्युआर कोड रिडरले समेत रिड गर्ने गरी सुरक्षात्मक उपाय अपनाइएको छ। 

Xtrem

Xtrem

यो स्टिकर चुरोटको बट्टामा लाग्ने बित्तिकै स्वचालित मेसिनले नै त्यो प्रयोग भैसकेको ठहर्छ। जसका कारण त्यही नम्बरको स्टिकर नक्कली बनाएर अर्को बट्टामा टाँस्ने संभावना रहँदैन। विभागले तयार गरेको विशेष किसिमको यो प्रणाली कार्यान्वन गर्न सबैभन्दा ठूलो बाधक नै अहिले सूर्य नेपाल देखिएको छ। सूर्य नेपालका केसीले यो स्टिकर रिडर तत्काल जडान गर्न संभव नहरेको भन्दै अर्थ मन्त्रालयमा निवेदन दिएका हुन्। 

तर विभागका प्राविधिकहरूले बताएअनुसार सूर्य नेपालमा अहिले जडान भएको स्टिकर टाँस्ने प्रणालीमा थोरै सुधार गर्ने बित्तिकै नयाँ प्रणाली कार्यान्वयन गर्न सकिन्छ। 'सूर्य नेपालले पनि प्राविधिक प्रतिवेदनमा यो स्टिकर कार्यान्वयन गर्न सकिँदैन भन्न सक्ने अवस्था नै छैन,' विभागका एक प्राविधिकले भने।

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  २०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्