• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ १, २०८२ Wed, May 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
उच्च सुरक्षात्मक अन्तःशुल्क स्टिकर टाँस्न सूर्य नेपाल बाधक
सविन मिश्र/शिव बोहरा/उत्तम काप्री आइतबार, माघ १८, २०७७  २०:२६
1140x725

काठमाडौं- सबैभन्दा ठूलो चुरोट उत्पादक सूर्य नेपालले नेपालमा छापिएको अन्तःशुल्क स्टिकर प्रयोग गर्न अस्वीकार गरेको छ। आन्तरिक राजस्व विभागले जनक शिक्षा सामग्री केन्द्रमा छापेको अत्याधुनिक सेक्युरिटी फिचर्स (सुरक्षा विशेषता) भएको स्टिकर प्रयोग गर्न अस्वीकार गरेको हो। 

आन्तरिक राजस्व विभागले तय गरेको सुरक्षा मापदण्डसहितको नयाँ स्टिकर जनक शिक्षाले आपूर्ति गर्न थालिसकेको छ। जनक शिक्षाले अहिले दैनिक ४० लाख थान स्टिकर छापिरहेको छ। यी स्टिकर अत्याधुनिक सुरक्षा फिचर्स जडित र क्युआर कोड स्क्यान गरेर जडान गर्ने खालका छन्। 

जनक शिक्षाबाट छापिएका स्टिकर क्युआर कोड स्क्यान गरेर जडान गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्ता स्टिकर क्युआर कोड स्क्यान नगरी टाँस्दा एउटै डाइप्लेट बनाएर करोडौँ थान नक्कली बनाउन सक्ने भएकाले विभागले स्क्यान गरेर मात्रै प्रयोग गर्न स्टिकर प्रयोग गर्ने सबै व्यवसायीलाई परिपत्र गरिसकेको छ। 

विभागले चुरोट, गुट्खा, रक्सीसहित अन्तशुल्क स्टिकर लाग्ने वस्तुका उत्पादकलाई स्क्यानर मेसिन जडान गर्न भनेको थियो। सुरुमा सूर्य नेपालका उपाध्यक्ष रवि केसी स्वयं विभागमा उपस्थित भएर विभागले भनेअनुसारका सबै तयारी गर्ने बताए पनि स्टिक लगाउने बेलामा भने स्क्यानर मेसिन जडान गर्न नसक्ने जनाएको हो। 

'जनक शिक्षामा स्टिकर छपाइ गर्ने भएपछि विभागले साउन १६ गते सबै सरोकारवालालाई बोलाएर यसका सुरक्षा विशेषता र उद्योगीले गर्नुपर्ने तयारीबारे जानकारी गराएको थियो, त्यतिबेला सहमत भएका व्यवसायीले अहिले काम गर्न सक्दैनौँ भनेर अर्थ मन्त्रालयमार्फत् विभागमा दबाब बढाएका छन्,' विभाग स्रोतले भन्यो, 'जानाजान चोरी हुने र राजस्व अपचलन हुने विषयमा विभाग पछि हट्न सक्दैन, उद्योग कसरी चलाउने त्यो उहाँहरूको कुरा हो।' 

विभागले अन्तशुल्क स्टिकर लाग्ने वस्तु उत्पादकलाई नयाँ स्टिकरको विशेषता बताउँदै त्यसका लागि चाहिने स्क्यानर जडान गर्न भनेको थियो। सुरुमा सबै कम्पनीले सहमति जनाएको भए पनि स्टिकर लगाउने बेलामा सूर्य नेपालले स्क्यानर जडान गरी नयाँ स्टिकर लगाउन नसक्ने जनाएको हो। 'हामीले स्टिकर लगाउन सक्दैनौँ भनेका होइनौँ, स्क्यानर मात्रै लगाउन सकिँदैन भनेको हो,' सूर्य नेपालका उपाध्यक्ष रवि केसीले भने। अहिले स्क्यानर जडान संभव नभएको केसीको तर्क छ। 

अन्तशुल्क स्टिकर छपाइसम्बन्धी खरिद प्रक्रियामा विवाद बढेपछि विभागले जनक शिक्षामार्फत् स्टिकर छपाइको काम अघि बढाएको थियो। विभागको पूर्ण अनलाइन अनुगमन प्रणालीको अधिनमा रही केन्द्रले स्टिकर छपाइ गरिरहेको छ। चुरोट, सुर्ती र गुट्खामा लगाउने गरी १ अर्ब थान स्टिकर छपाइ गर्ने तयारी विभागको छ। 

विभागको आफ्नै अडान
आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षमा कूल कर राजस्व ७ खर्ब रूपैयाँ संकलन भएकोमा १ खर्ब रूपैयाँ अन्तशुल्क संकलन भएको छ। गत वर्ष कोभिड-१९ का कारण चैत ११ गतेदेखि लकडाउन हुँदा उद्योग बन्द भए र त्यसको प्रभाव राजस्व संकलनमा पनि पर्‍यो। स्टिकरमा खेलाँची गरेको अवस्थामा कूल कर राजस्वमा २० प्रतिशत योगदान दिने अन्तशुल्क नै गुम्ने अवस्था आउने विभागको बुझाइ छ। 

Ncell 2
Ncell 2

'अहिले एक रूपैयाँ अन्तशुल्क गुम्यो भने भोलि त्यसले मूल्य अभिवृद्धि कर र आयकरसम्ममा असर पर्छ,' विभागकी उपमहानिर्देशक शिवादेवी दाहालले भनिन्, 'हामीले सुरक्षाका अधिकतम उपाय अवलम्बन् गर्नुपर्ने हुन्छ, विभागले त्यसमा सम्झौता गर्न सक्दैन।' 

विभागले जनक शिक्षाबाट स्टिकर छापिएपछि त्यसलाई कार्यान्वयन उद्योगहरूको स्थलगत निरीक्षण गरेको थियो। त्यस निरीक्षणका क्रममा मात्रै सूर्य नेपालको आनाकानी विभागले थाहा पाएको थियो। 'क्युआर कोड स्क्यानरसहितको स्टिकर लगाउनुपर्छ भन्ने विषयमा सूर्य नेपालका रविजीले नै सबैभन्दा पहिले सहमति जनाउनु भएको थियो, तर अहिले सुरक्षाका उपाय अपनाउनु पर्छ भनेपछि उहाँ हच्किनु भयो,' विभागका एक अधिकारीले नेपाल लाइभसँग भने। 

नयाँ स्टिकर कस्तो?
विदेशी कम्पनीसँग स्टिकर खरिद गर्न नसक्ने भएपछि विभागले स्वदेशमै छपाइको बन्दोबस्त गर्‍यो। स्वदेशमा छपाइ अघि बढाउने भएसँगै विभागमाथि स्टिकरको गुणस्तर र त्यसमा समावेश हुने सुरक्षणात्मक उपाय व्यवस्थापनका विषयमा चर्को दबाब थियो। त्यसैअनुसार विभागले वस्तुमा टाँसिएका स्टिकर क्युआर कोड रिडरबाट अनिवार्य स्क्यान गराउनुपर्ने व्यवस्था गर्‍यो। 

यसअनुसार विभागबाट गएका प्रत्येक स्टिकर चुरोटको बट्टामा टाँसिने बित्तिकै कम्पनीमा जडान भएको स्क्यानरले अनिवार्य स्क्यान गर्छ। जसको वास्तविक समयको विवरण विभागमा जडित प्रणालीमा थाहा हुन्छ। प्रत्येक स्टिकरमा विशेष नम्बर जडान हुने भएकाले स्टिकर रिड हुने बित्तिकै त्यो विवरण विभागले थाहा पाउँछ। विशेष किसिमको क्युआर कोड रिडरले समेत रिड गर्ने गरी सुरक्षात्मक उपाय अपनाइएको छ। 

यो स्टिकर चुरोटको बट्टामा लाग्ने बित्तिकै स्वचालित मेसिनले नै त्यो प्रयोग भैसकेको ठहर्छ। जसका कारण त्यही नम्बरको स्टिकर नक्कली बनाएर अर्को बट्टामा टाँस्ने संभावना रहँदैन। विभागले तयार गरेको विशेष किसिमको यो प्रणाली कार्यान्वन गर्न सबैभन्दा ठूलो बाधक नै अहिले सूर्य नेपाल देखिएको छ। सूर्य नेपालका केसीले यो स्टिकर रिडर तत्काल जडान गर्न संभव नहरेको भन्दै अर्थ मन्त्रालयमा निवेदन दिएका हुन्। 

तर विभागका प्राविधिकहरूले बताएअनुसार सूर्य नेपालमा अहिले जडान भएको स्टिकर टाँस्ने प्रणालीमा थोरै सुधार गर्ने बित्तिकै नयाँ प्रणाली कार्यान्वयन गर्न सकिन्छ। 'सूर्य नेपालले पनि प्राविधिक प्रतिवेदनमा यो स्टिकर कार्यान्वयन गर्न सकिँदैन भन्न सक्ने अवस्था नै छैन,' विभागका एक प्राविधिकले भने।

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  २०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सेयर बजारमा दोहोरो अंकको गिरावट यस दिन नेप्से सूचक १४.२४ अंकले गिरावट हुँदै २६३४ अंकमा रोकिएको हो। मंगलबार, वैशाख ३०, २०८२
विकास साझेदारसँग अर्थमन्त्रीको छलफल–नयाँ बजेटका प्राथमिकताबारे यसो भने केही समयदेखि आर्थिक सुधार थालेका छौं। त्यसबाट सकारात्मक नतिजा पाइरहेका छौं। आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्त्व दिनेछौं,’ आ... मंगलबार, वैशाख ३०, २०८२
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार, वैशाख ३०, २०८२
ताजा समाचारसबै
कोशी मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान प्रतिबन्ध मंगलबार, वैशाख ३०, २०८२
रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति मंगलबार, वैशाख ३०, २०८२
राप्रपा रुपन्देही उपाध्यक्षसहित तीन नेताले दिए राजीनामा मंगलबार, वैशाख ३०, २०८२
सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर मंगलबार, वैशाख ३०, २०८२
शान्तिपूर्ण आन्दोलन भड्काउने काम नहोस् : कमल थापा मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
हामीले कुरा गर्‍यौँ , भारत-पाकिस्तानबिचको हात हालाहाल रोकियो : प्रधानमन्त्री ओली सोमबार, वैशाख २९, २०८२
अमेरिकी चर्चित रेस्लर साबुको निधन सोमबार, वैशाख २९, २०८२
महिला टी–२० एसिया क्वालिफायर M हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरपालिकाकाे निर्देशन सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्