• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक इजलास : प्रश्नैप्रश्नको बहस

वरिष्ठ अधिवक्ता र प्रधानन्यायाधीशबीच नोकझोक
64x64
दुर्गा दुलाल शुक्रबार, माघ १६, २०७७  २२:३०
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा नेता देव गुरुङसहितको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार विघटित प्रतिनिधि सभा सदस्यसमेत रहेका अधिवक्ता कृष्णभक्त पोखरेल र राष्ट्रिय सभाका सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले बहस गरे। 

संविधान निर्माणको समयमा सक्रिय रहेका दुवै जनाले प्रतिनिधि सभा विघटनको व्यवस्था कुन मनसायका साथ राखिएको थियो भनी इजलासमा अनुभव सुनाए।

उनीहरूपछि बहसका लागि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ पुगेका थिए। देव गुरुङको तर्फबाट अन्तिम बहस गर्ने भन्दै श्रेष्ठले सुरुमै पाँच घण्टाको समय माग गरे। श्रेष्ठको उक्त मागमा इजलासले सहमति दिएन।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पाँच निवेदनमाथिको बहस, सरकारी पक्ष, बारका एमिकस क्युरी पनि बहस बाँकी रहेकाले १ घण्टा मात्र दिन सक्ने बताए।

‘तपाईंहरूलाई पटकपटक भन्दा अप्रिय लाग्छ। तर धेरै दिन भयो छोटो गर्नुस्,’ राणाले भनेका थिए। तर श्रेष्ठ पुरानै अडानमा कायम रहे। उनले एक घण्टामा आफ्नो बहस नसकिने भएकाले समय नपुग्ने जिकीर गरिरहे। 

‘तपाईं १ घण्टा लिनुस्। पाँच घण्टा त दिन सकिँदैन। यसरी समय दिन थालियो भने बहस हाम्रो नियन्त्रण भन्दा बाहिर जान्छ,’ उनी अडानमा रहेपछि प्रधानन्यायाधीश राणाले भने, ‘एक घण्टा हुन्छ भने बोल्नुस नत्र हुँदैन।’ 

यसरी प्रस्ताव राख्दा पनि नमानेपछि प्रधानन्यायाधीशले समय धेरै दिनै नसक्ने अडानमा दोहोर्‍याए। संवैधानिक इजलासको आफूले लिड गरेको सम्झाउँदै उनले २ बजेसम्म बहस सक्न भने। 'बोल्दै जान्छु दोहोरिन थाले रोक्नुस्,' भनी श्रेष्ठले बहस शुरु गरे।  

000

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीले गरेको विघटनको प्रस्ताव नै शंकास्पद 
अधिवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनका लागि गरेको सिफारिस पत्र नै शंकास्पद देखिएको वाक्यांशबाट बहसमा केन्द्रित भए। 

पुस २३ गते अदालतमा आएको विघटनको सिफारिसको सक्कल प्रति सरकारले नै फिर्ता लाने काम कसको आदेशमा भएको हो भनी उनले अर्को 'कडा' प्रश्न इजलासमा उठाए। श्रेष्ठले सिफारिसको पत्र शंकास्पद भएकै कारण प्रधानमन्त्री कार्यालयले फिर्ता लगेको दाबी गरे।  

प्रधानमन्त्री ओलीले सर्वोच्चलाई पुस २० मा पठाएको जवाफमा मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा उल्लेख नगरिएको तर  प्रधानमन्त्रीले गरेको सिफारिसमा धारा ७६ र ८५ उल्लेख भएको दाबी गरे। 

‘सक्कल प्रति फिर्ता लगियो कि प्रमाणित प्रतिलिपि? इजलासको आदेश नभए कसरी फिर्ता भयो?’ इजलासमा श्रेष्ठले प्रश्न गरे, ‘फिर्ता गरिएको विषय इजलासलाई जानकारी नहुनु शंकास्पद छ।’ 

अदालतमा पछिल्लो समय आएको पत्र प्रमाणीकरण भएको उल्लेख गर्दै उनले भने, ‘माघ २ मा आएको पत्र दुवै प्रमाणीकरण गरिएका छन्। तर अघि आएका पत्र किन प्रमाणीकरण गरिएका छैनन्?’ 

प्रधानमन्त्रीले सिफारिसलाई ‘ब्याक डेट’मा प्रमाणीकरण गरेको आरोप उनले लगाए। पुस ५ को सिफारिसलाई पुस २० मा मुख्यसचिव शंकरदास बैरागीले प्रमाणीकरण गरेको तथ्य देखाउँदै श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले सिफारिसको पत्रको माथिल्लो स्थानमा हेरौं के प्रमाणित गरिएको छ र प्रमको सिफारिस मन्त्रिपरिषदले प्रमाणित कसरी गर्‍यो?’ 

उनले राष्ट्रपतिले जारी गरेको सूचना राजपत्र कसरी ब्याक डेटमा आयो भन्ने अर्को प्रश्न उठाए।

उनको प्रश्नपछि न्यायाधीश अनिलकुमार सिन्हाले राजपत्रमा सूचना नआउँदा वैधानिकता पाउने वा नपाउने केही छ भनी प्रश्न सोधेका थिए। वैधानिकता भन्दा पनि सरकारले जनता र अदालतलाई ढाट्ने कि नढाट्ने कुरा भएको भन्दै श्रेष्ठले दावी दिए।

‘राजपत्रमा पछि सूचना निकालेर सरकारले ढाट्न पाउँछ? अदालत र जनतलाई ढाँट्न पाउने कि नपाउने भन्ने प्रश्न हो?’ श्रेष्ठले भने, ‘जुन समयमा छापिएको हो। सोही मितिमा प्रकाशित गरियोस्।’ 

'प्रतिनिधि सभा जिउँदै छ' 
बिहीबारदेखि बहस थालेका विघटित प्रतिनिधि सभाका सांसद कृष्णभक्त पोखरेलले सांसद र संसद दुवै ज्युँदै गरेको जिकीर गरे।   

‘हामी ज्युँदै छौँ। हामी ज्युँदा सांसद हौँ। हामीलाई मृतक घोषणाा गरिएको मात्र हो। ज्युँदा सांसदलाई मृतक घोषणा गर्ने अधिकार प्रधानमन्त्री वा अरुलाई छ?,’ पोखरेलले भने, ‘संविधानमा नभएको अधिकार प्रयोग गरेर मृतक नै नभएको मानिसलाई घोषणाा गरेकाले पुनर्स्थापना हुनुपर्छ। संविधानको मस्यौदाकार भएकाले यसलाई ज्युदो बनाउन माग गर्दछु।’ 

ओलीलाई संसद र प्रधानमन्त्री नेकपाले नै बनाएकाले पार्टीभित्र पहिला छलफल हुनुपर्ने तर उक्त कार्य नभएको उनको जिकीर थियो। ‘पार्टीमा छलफल गरेको भए हामी पनि समर्थन गर्नेथ्यौँ?’ उनले भने, ‘संसद् र पार्टीप्रति जवाफदेही र जिम्मेवारी प्रधानमन्त्रीमा देखिएनन्।’ 

संविधान संशोधनमा दुईतिहाई चाहिएको प्रति पनि उनले केका लागि हो त्यो खुल्नुपर्ने तर्क गरे। 'लिपुलेकसहितको चुच्चे नक्सा राख्न दुई तिहाईमात्र होइन, सम्पूर्ण सांसद एक ठाउँमा उभिएका थिए। कुन चाहिँ सन्धिसम्झौता रोकिएर उहाँ (प्रधानमन्त्री)ले यस्तो दुई तिहाई माग्नु भयो? त्यसको जवाफ चाहिन्छ,' उनको भनाइ थियो, 'राजा महेन्द्रले जसरी जनहित भनेका थिए। अहिले त्यही शब्द सापटी लिएर प्रधानमन्त्रीले जनहितका काममा भनी दाबी गरेको छन्। प्रधानमन्त्री जनहित र जनताको काम भन्नुहुन्छ उहाँले नै कोभिडमा पार्टी फुटाउन अध्यादेश ल्याउनु भएको हो नि। राजस्व उठेको तर खर्च गर्न नसक्ने अनि व्यापार घाटा बढेको अवस्थामा फेरि देशमा निर्वाचन गरेर आर्थिक भार थप्न खोजिएको मात्र हो।’ 

उनले ४७ हजार ल्याएर जितेर सांसद भएको दुई वर्ष पुरा नहुँदै प्रधानमन्त्रीको एक्लो निर्णयमा विघटन गरेको तर पुन मत माग्न जान कसरी सक्ने भन्दै आक्रोश पनि व्यक्त गरेका थिए। 

राष्ट्रिय सभाका सांसदसमेत रहेका कानुन व्यवसायी बिडारीले पनि संविधान निर्माणको समयमा विघटनको धारा नै नराखेको दाबी पेस गरे।

राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता बिडारीले प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गर्दै प्रधानमन्त्रीलाई हुतिहाराको आरोप लगाए। इजलासमा प्रधानन्ययाधीशले नै रोक्न परेको थियो।

बहसका क्रममा उनले यस्तो शब्द बोलेपछि प्रधानन्यायाधीश राणाले ‘अपशब्द नबोलौ वरिष्ठज्यू’ भन्दै रोकेका थिए। उनले प्रधानमन्त्री ओलीले दलभित्र विवाद भएमा पार्टीभित्र मिलाउनुपर्नेमा संसद् र जनता तथा राष्ट्रसँग खेलेकाले ‘हुतिहारा’ भएको टिप्पणी गरेका थिए।  

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा शुक्रबार बिडारीले सरकार गठन गर्ने र फेर्ने अधिकार संसद्को भएको भन्दै सर्वोच्च अदालतको इजलासले कुन दलको कति सांसद छन् र सरकार बन्छ कि बन्दैन भनेर जोडघटाउ गर्न नहुने टिप्पणी समेत गरे।

‘सरकार फेर्ने कसले हो? अदालतले हो? होइन। संसद्ले हो। संसद्‍मा संख्या कति छ त्यो संसद्ले जान्ने हो,’ उनले भने, ’हिसाबकिताब यहाँ गरेर हुन्छ?’

उनले संसद् नै विघटन गरिदिएपछि विकल्प नै छैन भन्ने तर्क गर्न नपाउने त्यो कुरा प्रतिनिधि सभा बोलाएर त्यहाँ हुनुपर्ने तर्क गरे। ‘रुख काट्ने अनि फूल फूल्या खै? फल लाग्या खै भन्ने?’ बिडारीको प्रश्न थियो। 

प्रधानमन्त्रीमा 'पार्लियामेन्ट फोबिया'!
प्रधानमन्त्रीलाई संसददेखि डराउने रोग लागेको बिडारीको टिप्पणी थियो। ‘संसद् देख्नै नहुने, देख्यो कि तर्सिहाल्ने। प्रधानमन्त्री ओलीलाई पार्लियामेन्ट फोबिया भएको छ। प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्रीले राष्ट्रिय सभा पनि देखिनसहेर बन्द गराएका छन्,' उनको भनाइ थियो। 

पार्टीभित्रको विवादमा छलफल नगर्ने र रातिराति बाहिरबाट बालुवाटारमा मान्छे बोलाएर छलफल गर्ने प्रधानमन्त्रीले संविधान मिचेको बिडारीको आरोप थियो। ‘५ वर्षको लागि जनादेश आएको होइन? प्रधानमन्त्रीको हुकुमी शासन अदालतले हेर्ने कि संविधानको व्यवस्था हेर्ने?’ उनले भने, ‘अदालतले हुकुम मान्ने कि संविधान मान्ने?'

नेम्बाङ र खरेलप्रति व्यंग्य 
संविधान निर्माणका क्रममा मस्यौदा समिति, मस्यौदा समितिको १५ सदस्यीय कार्यदल, ५ सदस्यीय विज्ञ टिममा रहेको बताउँदै बिडारीले संविधान निर्माणका क्रममा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, अहिलेका महान्यायाधिवक्ता तथा तत्कालीन सांसद अग्नि खरेल र अहिलेका प्रधानमन्त्री ओलीले पनि विभिन्न मुलुकका उदाहरण दिँदै प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानमा राख्न नहुने बताएको सुनाएका।

प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अन्तर्निहित अधिकार संविधानले नदिएको भन्दै बिडारीले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्न निर्णय बदर गर्नुपर्ने माग गरे। ‘म सविधानको मस्यौदाकारमध्ये एक हुँ। संविधान सभामा भएका थोरै मस्यौदाकार मध्ये हुँ। संविधान सभा अध्यक्षले पटक पटक नराख्नु है भन्नू भएकै हो नि,' उनले भने, ‘महान्यायाधिवक्ता अग्नि खरेलले पनि कुनै हालतमा नराख्ने अडान राख्नु भएको थियो।’

संविधान निर्माणको समयमा नेपाली काग्रेसका तर्फबाट रमेश लेखकले मात्र केही राख्ने कि भनेर प्रस्ताव गरेको तर नेम्बाङ र खरेलले हुँदैन भनेको कुरा इजलासमा सुनाए।

यीनै बहसपछि शुक्रबारको सुनुवाइ समाप्त भएको थियो। इजलासले मुद्दालाई आइतबार 'हेर्दाहेर्दै'मा राखेको छ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएका थिए। राष्ट्रपति भण्डारीले परामर्श समेत नगरी अनुमोदन गरिदिएकी थिइन्। त्यस विरुद्ध सर्वोच्चमा १३ थान रिट निवेदन दायर भएका थिए। उक्त निवेदनहरुमा प्रधानन्यायाधीशसहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस चलिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७  २२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? संविधानलाई भाषणमा मात्रै नभई नागरिकको जीवनमा उतार्ने संकल्प गर्न पौडेलले आह्वान गरे। शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार नै न्युयोर्क प्रस्थान गर्नेछन्। उनले महासभाका उच्चस्तरीय बैठक, मन्त्रीस्तरीय कार्यक्रम तथा साइड इ... शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं काठमाडौं–३० को कांग्रेस वडा कार्यालय पुगेका थापाले संविधानका आधारभूत विषय जोगाउँदै आवश्यक ठाउँमा समयअनुकूल संशोधन गर्नुपर्ने बताए। शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग शनिबार, असोज ३, २०८३
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्