• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

डिजिटल उपकरण, सुख्खा आँखा र जोगिने उपाय

निकिता थापा शनिबार, माघ १०, २०७७  २२:००
1140x725

२१औं शताब्दी आधुनिकीकरणको युग, जहाँ बाँच्नको लागि टेक्नोलोजी महत्त्वपूर्ण भएको छ। हामी सबैको डिजिटल ग्याजेट जस्तै: फोन, ल्यापटप र कम्प्युटर, ट्याबलेट, इ-रिडरहरू आदि छन्, जहाँ हामी हाम्रो आँखा ख्याल नगरी सबै सुविधाहरू खपत गर्छौं।

डिजिटल स्क्रिनमा आँखाको अत्यधिक एक्सपोजरको कारण, यसले आँखामा विभिन्न जटिलता जस्तै: सुक्खा र जलन पुर्‍याउन सक्छ। आज हामी डिजिटल उपकरण र सुख्खा आँखाको बारेमा छलफल गर्नेछौं।

छोटो परिचय
आँसु आँखाका लागि महत्वपूर्ण छ किनभने यसले आँखा स्वस्थ राख्नुका साथै आँखालाई स्पष्ट दृष्टि तथा स्नेह प्रदान गर्छ।

आँखा झिम्काउनु अर्थात् ब्लिंकिङ आँखाको लागि निकै महत्वपूर्ण छ, किनकि जब हामी आँखा झिम्क्याउँछौं, आँखाको आगाडि भएको आँसुको लेयर, आँखामा फैलिन्छ जसले आँखालाई चिल्लो र साफा सतह प्रदान गर्छ।

सुख्खा आँखा : यो यस्तो अवस्था हो, जहाँ आँसु आँखालाई लुब्रिकेट गर्न र पोषण दिन असक्षम भएका कारण, असुविधा र जल्दो उत्तेजनाको महसुस हुन्छ। यदि हाम्रो आँखाले पर्याप्त मात्रमा आँसु उत्पादन गर्दैन वा आँसुको पर्याप्त उत्पादनमा कुनै दोष भयो भने आँखा सुख्खा हुनसक्छ।

सुख्खा आँखाका सबैभन्दा सामान्य लक्षण
•    आँखा चिलाउने 
•    आँखा पोल्ने
•    धमिलोपन
•    आँखाबाट पानी आउने आदि।

कम्प्युटर भिजन सिन्ड्रोम (सिविएस) : यो भनेको दृष्टि र आँखा सम्बन्धी समस्याहरूको एक समूह हो। यो अवस्था डिजिटल स्क्रिनहरूमा हाम्रो आँखाको अतुलनीय प्रदर्शन भएमा हुने गर्छ। अमेरिकी अप्टोमेट्रिक एसोसिएसनले यसलाई डिजिटल नेत्र तान भनेर वर्णन गरेको छ।

लक्षण
•    टाउको दुख्ने,
•    आँखा पोल्ने,
•    सुक्खा आँखा,
•    आँखा थाकेको महसुस हुने,
•    काँध तथा ढाड दुख्ने आदि

Ncell 2
Ncell 2
nimb
nimb

डिजिटल उपकरण र सुख्खा आँखा
यस आधुनिक युगमा लगभग धेरै व्यक्ति ल्यापटप र कम्प्युटरका सामु काम गर्छन् र मोबाइल फोनको प्रयोग गरिरहेका हुन्छन्। सामान्यतया स्वस्थ व्यक्तिहरू प्रतिमिनेट १०-१५ पटक आँखा झिम्क्याउँछन्। धेरै अध्ययन र अनुसन्धानहरूको निष्कर्ष अनुसार जति बढी मात्रामा हामीले डिजिटल स्क्रिनको प्रयोग गर्छौं, हामीले हाम्रो आँखा उत्तिकै कम झिम्क्याउँछौं। यसरी डिजिटल स्क्रिनको अत्यधिक प्रयोगसँगै जब आँखा कम झिम्किन्छ यसले जलन र सुक्खा आँखा गराउने गर्छ।

हामीले सामान्य रूपमा आँखामा पानी (आँसु) छ भनेर सोच्दछौं तर वास्तवमा आँखामा ओइल र म्युकस पनि रहेको छ, जुन स्क्रेट भइरहेको हुन्छ। आँखाको नानी कोर्नियाको आगाडि पातलो कोट हुन्छ, जसलाई टियारफिल्म भनिन्छ, जसले आँखालाई स्नेह दिन्छ र मोइस्चराइज गर्छ। जसरी आँखा झिम्काउने दरमा कमी आउँछ, आँसुको लेयर घट्छ जसले ड्राई आई सिन्ड्रोमका लक्षणहरू निम्त्याउँछ र यदि आँसुको कोट धेरै घटेमा ड्राई आई हुन पुग्छ। सुक्खा आँखा बाहेक यसले आँखामा जलन र असुविधा पनि पुर्‍याउँछ। अध्ययनले पत्ता लगाएझैं अन्ततः आँखा विभिन्न संक्रमणको सिकार हुन सक्छ।

उपचार
सुक्खा आँखाको उपचार गर्न सर्वप्रथम बिरामीको इतिहास लिएर विस्तृत आँखा परीक्षण गर्नुपर्छ। बिरामीको दृष्टि मूल्यांकन गरिसकेपछि आँखा झिम्क्याउँने दर, आई लिड र कोर्नियाको अवस्था मूल्यांकन गरेर, आँसुको गुणस्तर र मात्रा मापन गर्नुपर्छ।

प्राथमिक दृष्टिकोणहरू
१.    आँसु थप्ने: सामान्यतया हल्का केसहरू कृत्रिम ड्रपको प्रयोग गरेर उपचार गरिन्छ। संरक्षक-मुक्त आँखा ड्रप दीर्घकालीन प्रयोगको लागि राम्रो हुन्छ भन्ने मान्यता छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२.    आँसुको उत्पादन बढाउन पौष्टिक पूरकको रूपमा ओमेगा ३ फ्याट्टी एसिड लिएर आँसुको उत्पादन बढाउन मद्दत गर्न सकिन्छ।

३.    वाष्पीकरण घटाउनुहोस्: ह्युमिडिफायरको साथ कोठाको तापमान घटाउने।

४.    आई लिडको उपचार जस्तै: ब्लेफेराइटिस भएमा वा आई लिडको स्वच्छताका लागि उपायहरु आपनाउनु महत्त्वपूर्ण छ। यदि आँखा वरिपरि कुनै प्रकारको सुजन भयो भने तातो कम्प्रेस वा लिडको मसाजले यसलाई मद्त गर्न सक्छ।

कम्प्युटर प्रयोगको लागि

१.    कम्प्युटरको स्थान: मोनिटर वा स्क्रिनलाई हातको लम्बाइमा राख्ने, लगभग २५ इन्च टाढा र स्क्रिनको हेराइ थोरै तलतिर हुने गरी मिलाउने।

२.    एन्टी-ग्लेर गिलास: ग्लास स्क्रिनहरूको अत्यधिक उज्यालोपनले आँखालाई असर पारी आँखा पोल्ने वा आँसु आउने जस्तो समस्या आउन सक्छ। यस स्क्रिनबाट आएको उज्यालोपनबाट हुने आँखा जलनलाई एन्टि-ग्लेर चश्माको प्रयोग गरेर कम गर्न सक्छौं।

३.     प्रकाश: वरिपरिको उज्यालोभन्दा यदि स्क्रिनको प्रकाश अधिक उज्यालो छ भने हाम्रो आँखालाई स्क्रिन हेर्न अझै बढी संघर्ष गर्नुपर्छ। स्क्रिनको प्रकाश समायोजन गरेर आँखामा परेको तनाव कम गर्न सकिन्छ साथै स्क्रिनको कन्ट्रास्ट बढाएमा आँखालाई सजिलो हुन्छ।

४.     आसन स्थिति: कुर्सीको बसाइ पनि सहज हुनुपर्छ। कुर्सीको उचाइ तपाईंको पैताला भुइँमा सन्तुलित हुनेगरी व्यवस्थित गर्ने र हातहरू टाइप गर्दा समर्थन प्रदान गर्ने गरी समायोजित गर्नुपर्छ।

५.    आँखालाई विश्राम दिनुहोस्: २०-२०-२० नियमको पालना गर्नुहोस् अर्थात् कम्प्युटर वर्क गर्दा प्रत्येक २० मिनेटमा २० फिट टाढा २० सेकेन्डसम्म कुनै वस्तुलाई केहीबेर हेर्नुहोस्, यसले तपाईंको आँखालाई आराम दिन्छ।

६.    स्क्रिन हेर्दा बारम्बार आँखा झिम्क्याउने र झिम्क्याउने लगातार प्रयास गरिरहने (१५-२० पटक / मिनेट)।

७.    स्क्रिन प्रयोग गर्ने समय कम गर्ने।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  २२:००
  • #डिजिटलउपकरण
  • #आँखाकोसमस्या
  • #जोगिने_उपाय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार
कुन देशमा कति बजे छ टीकाको साइत ?
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
अभिनेता महेश त्रिपाठीको दशैँ अनुभव- एक पटक पिङबाट लडेर बेहोस भएको थिएँ बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्