• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पशुपतिदेखि नारायणहिटीसम्म : सांस्कृतिक धरोहरमा बतासको व्यापार

सविन मिश्र/उत्तम काप्री बिहीबार, माघ १, २०७७  १६:१४
1140x725
व्यापारिक प्रयोजनका लागि बतासले लिजमा लिएको पशुपतिको धर्मशाला।

काठमाडौं- बतास अर्गनाइजेसनले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा व्यापार गर्न थालेको २० महिना भयो। सांस्कृतिक धरोहरमा उसले अवैध रुपमा व्यापार गरिरहेको पशुपतिमा मात्र होइन। बतासले पाटन दरबार स्क्वायरको पाटी समेत व्यापारका लागि प्रयोग गरिरहेको छ। 

उसको अनौठो यस्तो ‘व्यापार मोह’मा कसैको अवरोध नभएकाले हुनसक्छ, बतास अर्गनाइजेसन थप हौसिएको छ। पछिल्लो समय उसले नारायणहिटी दरबार संग्रहालयमा समेत व्यापार शुरु गर्ने तयारी गरेको छ। 

पशुपति धर्मशालामा बतासको व्यापारको कथा 
मित्रराष्ट्र भारतको सहयोगमा पशुपति क्षेत्र विकास कोषको १९ रोपनी जग्गामा तीन तलाको चार सय बेड क्षमताको पशुपति धर्मशाला निर्माण भएको छ।

त्यही धर्मशालामा निजी कम्पनी, बतास अर्गानाइजेसनले व्यापार गरिरहेको छ। धर्मशालामा व्यापार गर्ने वातावारण भने पशुपति विकास कोषले नै बनाइदिएको हो।

रु. ३४ करोड लागतमा निर्माण भएको चार सय बेडसहितको संरचना र जग्गामा बतास अर्गनाइजेसनअन्तर्गतको होटल आनन्द प्रालिले होटल सञ्चालन गरिरहेको छ। बतास अर्गनाइजेसनले होटलसँगै अहिले आफ्नो कर्पोरेट अफिससमेत त्यहीँ नै सारेको छ। बतास अर्गनाइजेसन गाडीको व्यापार गर्ने कम्पनी पनि हो। उसले आफ्ना पुराना गाडीको ’शो–केस’ धर्मशालामै बनाएको छ।

बतासको कर्पोरेट अफिस यसअघि काठमाडौंको गैरीधारामा थियो। अहिले त्यहाँबाट सामान सार्न थालिएको छ। बतासले गैरीधारामा आफूले भोगचलन गरिरहेको एउटा भवन मासिक ५ लाख रूपैयाँमा भाडामा लगाउने तयारी गरेको छ।

यो पनि पढ्नुहोस्

पशुपति धर्मशाला व्यापारिक केन्द्र बनाउने अवैध सम्झौताका २६ शर्तसोमबार, पुस १३, २०७७

धर्मशाला लिजमा दिने कानुनी आधार नभए पनि पशुपति क्षेत्र विकास कोषले भने बतासलाई धर्मशाला लिजमा दिएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले अहिलेसम्म लिज आउटसम्बन्धी कार्यविधि २०७५ स्वीकृत गरेको छैन। तर कोषले १५ वर्षका लागि धर्मशाला बतासको जिम्मा लगाइसकेको छ।

धर्मशाला व्यावसायिक प्रयोजनका लागि दिने प्रक्रिया नै कानुनसम्मत छैन। धर्मशाला भाडामा लगाउने कार्यविधि पारित नहुँदै लिजमा दिनुको अर्को कारण हो– सस्तोमा भाडामा लगाएर आर्थिक लाभ लिने दाउ। १९ रोपनी जग्गा भएको ठाउँमा बनेको तीन तले भवन र भवनभित्र चार सय बेडसहितको संरचनाको वार्षिक भाडा जम्मा रु.१ करोडबाट सुरू भएको छ। प्रत्येक वर्ष ५ प्रतिशतले बढ्ने भाडा १५ औँ वर्षमा २ करोड ८ लाख पुग्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

दुई पक्षबीच भएको लिज सम्झौताको ९ नम्बर बुँदामा लिज भाडाको विषय उल्लेख गरिएको छ। उक्त बुँदामा तीन तले भवनमा रहेको सबै संरचना र खाली जग्गाको भाडा मासिक ८ लाख ७८ हजार ४ ६८ रूपैयाँ १७ पैसाका दरले पहिलो वर्षको भाडामा १ करोड ५ लाख ४१ हजार १८ रूपैयाँ तोकिएको छ।

'नेपाल–भारत मैत्री पशुपति धर्मशाला लिज आउट सम्बन्धी कार्यविधि–२०७५ मा अहिले पनि छलफल भइरहेको छ,' परिषदका सदस्य–सचिव प्रदीप ढकालले भने, 'केही प्राविधिक कारणले गर्दा कार्यविधि परिषदबाट पारित हुन सकेको थिएन। अब केही समयभित्रै पास हुन्छ।'

कार्यविधि पारित नहुँदै कसरी धर्मशाला १५ वर्षका लागि भाडामा दिइयो त? ढकालले भने, 'हामीले सार्वजनिक खरिद ऐन तथा अन्य प्रचलित कानुनअनुसार भाडामा लगाउनका लागि सूचना प्रकाशन गरेका थियौँ, सोही अनुसार भएको छ।'

उनले कार्यविधि परिषदबाट पारित नहुँदै द्विपक्षीय सम्झौता गर्नुपर्ने अवस्था आएपछि कोषको कार्यसम्पादन समितिको निर्णयका आधारमा बतास अर्गनाइजेसनको आनन्द होटल प्रालिसँग १५ वर्षको दीर्घकालीन बहाल करार सम्झौता गरेको, त्यसक्रममा प्रक्रिया पूरा गरिएको दाबी गरे। 
सम्झौतामा धेरै ठाउँमा २०७५ को कार्यविधि उल्लेख गरिएको छ। 

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

 

पशुपतिको धर्मशालामा बतास अर्गनाइजेसनको व्यापारबिहीबार, पुस ९, २०७७

पाटन दरबार क्षेत्रको पाटीमा व्यापार
बतास अर्गनाइजेसनले पाटन दरबार क्षेत्रमा रहेको पाटीमा पनि व्यापार गर्दै आएको तथ्य खुलेको छ। बतास अर्गनाइजेसन अन्तर्गतको बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले झन्डै चार वर्षयता दरबार क्षेत्रको पाटीमा व्यापार गर्दै आएको छ। 

पाटन संग्रहालय विकास समितिको बोधपाटी १५ वर्षका लागि लिज भाडामा लिएर बतासले व्यापार गरिरहेको छ। बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले १ चैत २०७३ देखि पाटी भवनको १८ कौउल भाडामा लिँदै व्यापार गरिरहेको हो।

सामान्यतया ५ देखि १० वर्षका लागि यस्ता सम्पत्ति भाडामा लगाउने प्रचलन भए पनि एकैपटक १५ वर्षका लागि भाडामा दिइएको छ। पाटीलाई भने बतासले आफूले लिइसकेपछि तेस्रो पक्षलाई भाडामा लगाएको छ। अहिले ती सम्पदामा हिमालयन जाभा कफी सप, नेपाल इन्भेस्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर, ग्लोबल आइएमई बैंकको एटिम काउन्टर र एनआइसि एसिया बैंकको काउन्टर चलाइएको छ। तर, १८ कौउलको भाडा भने वार्षिक रु. १७ लाख ४८ हजार ६१२ मात्र तोकिएको छ। 

पहिलो वर्षका लागि तोकिएको भाडा प्रत्येक वर्ष १० प्रतिशत वृद्धि हुनेगरी लिज सम्झौता भएको पाटन संग्रहालय विकास समितिकी कार्यकारी निर्देशक सरस्वती सिंहले बताइन्। त्यो सम्झौता भन्दा पहिलो लिज भाडा सम्झौता भने ५ वर्षको थियो। 

अहिलेको सम्झौता भने १५ वर्षको छ। बोधपाटी भाडामा लगाउने गरी विकास समितिले २०७२ साउनमा पहिलो पटक टेन्डर आह्वान गरेको थियो। टेन्डर समय एक महिना राखिएको थियो। समय अभाव भएको भन्दै गुनासो आएपछि एक महीना समय थप भएको थियो। 

यो पनि पढ्नुहोस्

 

पाटन दरबार स्क्वायरकाे पाटीमा पनि बतासको व्यापार बिहीबार, पुस २३, २०७७

नारायणहिटी संग्रहालयमा पनि बतासको कफी सप 
नेपाल–भारत मैत्री पशुपति धर्मशाला र पाटन दरबार क्षेत्रको पाटीमा व्यापार गर्दै आएको बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारकमा पनि कफी सप सञ्चालन गर्ने भएको छ। प्राचीन स्मारक संरक्षण ऐन र सांस्कृतिक नीतिविपरीत संग्रहालयमा बतासलाई चिया तथा कफी सप सञ्चालन गर्न दिने तयारी अन्तिम चरणमा पुगेको छ। 

संग्रहालयले चिया तथा कफी सप सञ्चालनका लागि २०७७ साउनमा सूचना प्रकाशन गरेको थियो। संग्रहालय विकास समितिको निर्णयअनुसार साउनमा नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारकमा क्याफ्टेरिया (चिया तथा कफी सप) सञ्चालनका लागि टेन्डर आह्वान गरिएको हो।

नारायणहिटी दरबारको मूल गेटतर्फ चिया तथा कफी सप सञ्चालन गर्न चार वटा कम्पनी टेन्डरमा सहभागी भएका थिए। त्यसमध्ये एउटा कम्पनी, जोकर रेस्ट्रो तथा लाउन्जलाई भने प्राविधिक रूपमै असफल भएको भन्दै टेन्डर प्रक्रियाबाट अलग गरिएको थियो। 

त्यसपछि बाँकी रहेका तीन वटै कम्पनी बतास अर्गनाइजेसनअन्तर्गतका थिए। टेन्डर हत्याउन बतास अर्गनाइजेसले आफूअन्तर्गतको बिपिएस लिजिङ तथा म्यानेजमेन्ट प्रालि, होटल आनन्द प्रालि र बतास एसोसिएट्सलाई टेन्डरमा सहभागी गराएको थियो। 

यसरी सहभागी तीन वटा कम्पनीमध्ये सबैभन्दा बढी रकम तिर्न कबोल गरेको भन्दै संग्रहालय समितिले बिपिएस लिजिङ तथा म्यानेजमेन्ट प्रालिलाई दुई पक्षीय सम्झौता गर्न आउन ७ पुसमा आशयपत्र जारी गरिसकेको छ। तर, बतास अर्गनाइजेसनले अहिले दुई पक्षीय सम्झौता गर्ने बेलामा तीन वर्षका लागि भनेर गरिएको सूचनाको समय बढाउने चलखेल सुरु गरेको छ।

तीन वर्षमा गरेको लगानीसमेत फिर्ता हुने अवस्था नआउने भन्दै बतासले शक्तिकेन्द्रको दबाबमा त्यसलाई १० वर्षसम्मको बनाउनेगरी खेल शुरु गरेसँगै सम्झौता भएको छैन। सम्झौतामा ढिलो गर्नुको अर्को कारण पहिले बढी कबोल गर्ने कम्पनीले सम्झौता नगरेको अवस्थामा सार्वजनिक खरिद ऐन अनुसार दोस्रो कप्पनीले पाउने र दोस्रो पनि प्रतिस्पर्धामा नगएको अवस्थामा तेस्रो कम्पनीले टेण्डर पाउने भएकाले आफैँले पाउने भएपछि अहिले समय बढाउने खेलमा लागेको जानकारहरु बताउँछन्।

यो पनि पढ्नुहोस्

नारायणहिटी दरबारमा पनि बतासको कफी सप, टेन्डरमै सेटिङआइतबार, पुस २६, २०७७

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  १६:१४
  • #बतास
  • #नारायणहिटी_दरबार
  • #पशुपतिधर्मशाला
  • #पाटनपाटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
मुगुमा पहिरोले बोलेरो जिप पुरियो बुधबार, असोज २१, २०८३
अर्घाखाँचीमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा, यी जिल्लामा पनि भारी बुधबार, असोज २१, २०८३
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्