• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पाटन दरबार स्क्वायरकाे पाटीमा पनि बतासको व्यापार 

सविन मिश्र/उत्तम काप्री बिहीबार, पुस २३, २०७७  ०८:०१
1140x725

काठमाडौं– पशुपति धर्मशालामा अवैध व्यापार गर्दै आएको बतास अर्गनाइजेसनले पाटन दरबार स्क्वायर क्षेत्रमा रहेकाे पाटीमा पनि व्यापार गर्दै आएको तथ्य खुलेको छ। बतास अर्गनाइजेसनअन्तर्गतको बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले झन्डै ४ वर्षयता  दरबार क्षेत्रकाे पाटीमा व्यापार गर्दै आएको हाे। 

पाटन संग्रहालय विकास समितिको बोधपाटीमा १५ वर्षका लागि लिज भाडामा लिएर बतासले व्यापार गर्दै आएको छ। बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले २०७३ चैत १ गते देखि पाटी भवनको १८ कौउल भाडामा लिँदै व्यापार गर्दै आएको हो। 

स्थानीय बासिन्दाले पाटी भाडामा दिन नहुने आवाज उठाएका थिए। २०७२ को भूकम्पमा आफूहरूले आश्रय लिएको ठाउँ भविष्यमा पनि भवितव्य पर्दा प्रयोगमा आउन सकिने उनीहरूको भनाइ थियो। 'संस्कृति मासिने गरी पाटी भाडामा दिनु गलत थियो,' पाटनमा भेटिएका एक स्थानीय बासिन्दाले भने। 

यो पनि पढ्नुहोस्

पशुपति धर्मशालाको अवैध सम्झौतामा विभागीय मन्त्रालय किन मौन?सोमबार, पुस २०, २०७७

सामान्यतया ५ देखि १० वर्षका लागि यस्ता सम्पत्ति भाडामा लगाउने प्रचलन भए पनि एकैपटक १५ वर्षका लागि उक्त सम्पत्ति भाडामा लिएको पाइएको हो। पाटीलाई उक्त कम्पनीले तेस्रो पक्षलाई भाडामा दिँदै आएको छ। अहिले ती सम्पदामा हिमालयन जाभा कफी सप, नेपाल इन्भेस्टमेन्ट बैंकले एक्स्टेन्सन काउन्टर, ग्लोबल आइएमई बैंकको एटिम काउन्टर एनआइसि एसिया बैंकको काउन्टर चलाइएको छ। तर, १८ काैउलको भाडा भने वार्षिक १७ लाख ४८ हजार ६ सय १२ रुपैयाँ मात्र तोकिएको छ। 

पहिलो वर्षका लागि तोकिएको भाडामा प्रत्येक वर्ष १० प्रतिशत भाडा वृद्धि हुने गरी लिज सम्झौता भएको पाटन संग्रहालय विकास समितिकी कार्यकारी निर्देशक सरस्वती सिंहले जानकारी दिइन्। त्यो सम्झौता भन्दा पहिलो लिज भाडा सम्झौता भने ५ वर्ष थियो। 

अहिलेको सम्झौता भने १५ वर्षका लागि भएको छ। बोधपाटी भाडामा लगाउने गरी विकास समितिले २०७२ साउनमा पहिलो पटक टेन्डर गरेकाे थियो। टेन्डर समय १ महिना राखिएको थियो। समय अभाव भएको भन्दै गुनासो आए पछि  एक महिनाको समय थप भएको थियो। त्यसपछि समितिले टेन्डरमा सहभागी कम्पनीको टेन्डर खोलेको थियो। 

टेन्डर खोलेकै दिन अदालतले तत्काल उक्त भवन भाडामा लगाउने काम अगाडि नबढाउन निर्देशन दिएको थियो। पछि सर्वोच्च अदालतले संग्रहालय विकास समितिको आयस्रोतका लागि भवन भाडामा लगाउने पाउने फैसला गरेको थियो। फैसलापछि विकास समितिले साढे १ वर्षभन्दा पहिलेको टेन्डर प्रक्रियामा नै सहभागी भएका कम्पनीबाट छनोट गरेर भाडामा लगाएको सिंहले जानकारी दिइन्। यसरी दिएको बोधपाटीको १८ कौउलको मासिक भाडा १ लाख ४५ हजार ७ सय १७ रुपैयाँ मात्रै कायम भएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

पशुपति धर्मशाला व्यापारिक केन्द्र बनाउने अवैध सम्झौताका २६ शर्तसोमबार, पुस १३, २०७७

यही हिसाबले भन्ने हो भने एउटा कौउलको मासिक भाडा ८ हजार ९५ मात्रै हो। बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले विकास समितिलाई बुझाउने भाडामा पाटी अगाडि रहेको खुल्ला ठाउँमा पार्किङ सञ्चालन गरेर मात्रै संकलन गर्ने एक स्थानीयले बताए। स्थानीयलाई बाइपास गर्ने गरी पाटी भाडामा लगाउने काम भएको स्थानीयहरु बताउँछन। 

पहिले पाटी रहेको ठाउँमा महानगरपालिकाबाट स्वीकृत लिएर सवारी पार्किङ गर्ने ठाउँसमेत बनेको थियो। तर, अहिले बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले भित्र सवारी पार्किङ गर्न दिएको छैन। जसका कारण पाटन दरबार स्क्वायर घुम्न जानेले समेत सहज रुपमा पार्किङ पाउन सकेका छैनन्। 

स्थानीयले उक्त पार्टीमा पहिलेदेखि नै भाडामा व्यवसाय गर्दै आएका थिए। अहिले भने विकास समितिले बतास अर्गनाइजेसनको बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिलाई भाडामा दिइएको छ। स्थानीयले त्यसमा विरोध समेत गर्दै आएका छन्। 

बोधपाटीमा कुल ३३ वटा कौउल छन्। त्यसमध्ये ३ वटा कौउल स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयलाई दिइएको छ भने ३ वटा पाटन दरबार संग्राहालय विकास समितिले नै प्रयोग गर्दै आएको छ। यसैगरी ३ वटा कौउल ललितपुर महानगरपालिका, ३ वटा हखाँ टोल सुधार समिति र ३ वटा ज्यापु समुदायलाई भाग लगाइ दिइएको छ।

यो पनि पढ्नुहोस्

पशुपतिको धर्मशालामा बतास अर्गनाइजेसनको व्यापारबिहीबार, पुस ९, २०७७

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ०८:०१
  • #बतास
  • #Batas_Organization

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
वैकल्पिक मार्गबाट दुई दिनमा भित्रिए ५८ हजार बढी सिलिन्डर गएको भदौ १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू रोकिएका थिए । त्यसपछि न... आइतबार, भदौ २१, २०८३
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार सम्बन्धित निकायका अनुसार केरुङबाट चीनको तिब्बत क्षेत्र हुँदै ढोङमसेन र लिची नाका पार गरेर कोरलासम्म ल्याइएका नेपाली नागरिक र सवारीसा... आइतबार, भदौ २१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
गगन-शेखरबीच पार्टी एक ढिक्का राख्ने सहमति आइतबार, भदौ २१, २०८३
एसीसी प्रिमियर कप: साउदी अरेबियालाई हराउँदै नेपाल सेमिफाइनलमा आइतबार, भदौ २१, २०८३
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता आइतबार, भदौ २१, २०८३
देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सार्नु उपयुक्त : नैनसिंह महर आइतबार, भदौ २१, २०८३
मेसीको सम्मानमा अर्जेन्टिनाका सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेट रोकिने आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्