• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पाटन दरबार स्क्वायरकाे पाटीमा पनि बतासको व्यापार 

सविन मिश्र/उत्तम काप्री बिहीबार, पुस २३, २०७७  ०८:०१
1140x725

काठमाडौं– पशुपति धर्मशालामा अवैध व्यापार गर्दै आएको बतास अर्गनाइजेसनले पाटन दरबार स्क्वायर क्षेत्रमा रहेकाे पाटीमा पनि व्यापार गर्दै आएको तथ्य खुलेको छ। बतास अर्गनाइजेसनअन्तर्गतको बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले झन्डै ४ वर्षयता  दरबार क्षेत्रकाे पाटीमा व्यापार गर्दै आएको हाे। 

पाटन संग्रहालय विकास समितिको बोधपाटीमा १५ वर्षका लागि लिज भाडामा लिएर बतासले व्यापार गर्दै आएको छ। बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले २०७३ चैत १ गते देखि पाटी भवनको १८ कौउल भाडामा लिँदै व्यापार गर्दै आएको हो। 

स्थानीय बासिन्दाले पाटी भाडामा दिन नहुने आवाज उठाएका थिए। २०७२ को भूकम्पमा आफूहरूले आश्रय लिएको ठाउँ भविष्यमा पनि भवितव्य पर्दा प्रयोगमा आउन सकिने उनीहरूको भनाइ थियो। 'संस्कृति मासिने गरी पाटी भाडामा दिनु गलत थियो,' पाटनमा भेटिएका एक स्थानीय बासिन्दाले भने। 

यो पनि पढ्नुहोस्

पशुपति धर्मशालाको अवैध सम्झौतामा विभागीय मन्त्रालय किन मौन?सोमबार, पुस २०, २०७७

सामान्यतया ५ देखि १० वर्षका लागि यस्ता सम्पत्ति भाडामा लगाउने प्रचलन भए पनि एकैपटक १५ वर्षका लागि उक्त सम्पत्ति भाडामा लिएको पाइएको हो। पाटीलाई उक्त कम्पनीले तेस्रो पक्षलाई भाडामा दिँदै आएको छ। अहिले ती सम्पदामा हिमालयन जाभा कफी सप, नेपाल इन्भेस्टमेन्ट बैंकले एक्स्टेन्सन काउन्टर, ग्लोबल आइएमई बैंकको एटिम काउन्टर एनआइसि एसिया बैंकको काउन्टर चलाइएको छ। तर, १८ काैउलको भाडा भने वार्षिक १७ लाख ४८ हजार ६ सय १२ रुपैयाँ मात्र तोकिएको छ। 

पहिलो वर्षका लागि तोकिएको भाडामा प्रत्येक वर्ष १० प्रतिशत भाडा वृद्धि हुने गरी लिज सम्झौता भएको पाटन संग्रहालय विकास समितिकी कार्यकारी निर्देशक सरस्वती सिंहले जानकारी दिइन्। त्यो सम्झौता भन्दा पहिलो लिज भाडा सम्झौता भने ५ वर्ष थियो। 

अहिलेको सम्झौता भने १५ वर्षका लागि भएको छ। बोधपाटी भाडामा लगाउने गरी विकास समितिले २०७२ साउनमा पहिलो पटक टेन्डर गरेकाे थियो। टेन्डर समय १ महिना राखिएको थियो। समय अभाव भएको भन्दै गुनासो आए पछि  एक महिनाको समय थप भएको थियो। त्यसपछि समितिले टेन्डरमा सहभागी कम्पनीको टेन्डर खोलेको थियो। 

टेन्डर खोलेकै दिन अदालतले तत्काल उक्त भवन भाडामा लगाउने काम अगाडि नबढाउन निर्देशन दिएको थियो। पछि सर्वोच्च अदालतले संग्रहालय विकास समितिको आयस्रोतका लागि भवन भाडामा लगाउने पाउने फैसला गरेको थियो। फैसलापछि विकास समितिले साढे १ वर्षभन्दा पहिलेको टेन्डर प्रक्रियामा नै सहभागी भएका कम्पनीबाट छनोट गरेर भाडामा लगाएको सिंहले जानकारी दिइन्। यसरी दिएको बोधपाटीको १८ कौउलको मासिक भाडा १ लाख ४५ हजार ७ सय १७ रुपैयाँ मात्रै कायम भएको हो।

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

पशुपति धर्मशाला व्यापारिक केन्द्र बनाउने अवैध सम्झौताका २६ शर्तसोमबार, पुस १३, २०७७

यही हिसाबले भन्ने हो भने एउटा कौउलको मासिक भाडा ८ हजार ९५ मात्रै हो। बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले विकास समितिलाई बुझाउने भाडामा पाटी अगाडि रहेको खुल्ला ठाउँमा पार्किङ सञ्चालन गरेर मात्रै संकलन गर्ने एक स्थानीयले बताए। स्थानीयलाई बाइपास गर्ने गरी पाटी भाडामा लगाउने काम भएको स्थानीयहरु बताउँछन। 

पहिले पाटी रहेको ठाउँमा महानगरपालिकाबाट स्वीकृत लिएर सवारी पार्किङ गर्ने ठाउँसमेत बनेको थियो। तर, अहिले बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिले भित्र सवारी पार्किङ गर्न दिएको छैन। जसका कारण पाटन दरबार स्क्वायर घुम्न जानेले समेत सहज रुपमा पार्किङ पाउन सकेका छैनन्। 

स्थानीयले उक्त पार्टीमा पहिलेदेखि नै भाडामा व्यवसाय गर्दै आएका थिए। अहिले भने विकास समितिले बतास अर्गनाइजेसनको बिपिएस लिजिङ एन्ड म्यानेजमेन्ट प्रालिलाई भाडामा दिइएको छ। स्थानीयले त्यसमा विरोध समेत गर्दै आएका छन्। 

बोधपाटीमा कुल ३३ वटा कौउल छन्। त्यसमध्ये ३ वटा कौउल स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयलाई दिइएको छ भने ३ वटा पाटन दरबार संग्राहालय विकास समितिले नै प्रयोग गर्दै आएको छ। यसैगरी ३ वटा कौउल ललितपुर महानगरपालिका, ३ वटा हखाँ टोल सुधार समिति र ३ वटा ज्यापु समुदायलाई भाग लगाइ दिइएको छ।

यो पनि पढ्नुहोस्

पशुपतिको धर्मशालामा बतास अर्गनाइजेसनको व्यापारबिहीबार, पुस ९, २०७७

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  ०८:०१
  • #बतास
  • #Batas_Organization

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको... आइतबार, पुस २७, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
गगनको दाबी: निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैधानिक भन्न सक्दैन सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा गगन थापाले पेस गरेको प्रतिवेदनको पूर्णपाठ सोमबार, पुस २८, २०८२
सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक जारी सोमबार, पुस २८, २०८२
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्