• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पशुपति धर्मशालाको अवैध सम्झौतामा विभागीय मन्त्रालय किन मौन?

सविन मिश्र/उत्तम काप्री सोमबार, पुस २०, २०७७  १३:०५
1140x725

काठमाडौं-नेपाल–भारत मैत्री पशुपति धर्मशालामा अवैधरूपमा व्यापारिक केन्द्र सञ्चालन भएको २० महिनाभन्दा बढी भइसकेको छ। धर्मशालालाई व्यावसायिक घराना बतास अर्गानाइजेसनले २०७६ वैशाख ३० यता व्यापारिक केन्द्र बनाउँदै आएको छ।

पशुपति क्षेत्र विकास कोष र अर्गनाइजेसनबीच भएको अवैध दुईपक्षीय सम्झौतामा विभागीय मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय भने मौन देखिएको छ। धर्मशाला लिजआउटसम्बन्धी कार्यविधि २०७५ कोषको परिषदबाट पारित नै नभएको अवस्थामा सदस्यसचिव प्रदीप ढकालले भाडामा दिने सम्झौता गरेका थिए। यो विषयमा तालुक मन्त्रालय जानकार भए पनि अनभिज्ञ झैं देखिएको छ। 

२०७५ भदौमा  भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भइ कोषलाई हस्तान्तरण भएको धर्मशाला एक दिन पनि सञ्चालन नगरी  लिजमा लगाइएको  हो। बताससँग दीर्घकालीन बहाल करार सम्झौता भएको छ। 

धर्मशाला लिज लगाउने सम्बन्धमा २०७५ मै तयार भएको कार्यविधि यो समाचार तयार पार्दासम्म पारित भएको छैन। तर यहाँ ‘प्रिमियम क्याटेगोराइज एकोडोमोलेसन’ स्तरको होटल सञ्चालन गर्ने दिने गरी बतास अर्गनाइजेसनको आनन्द होटल प्रालिसँग सम्झौता भएको छ। सम्झौतामा २०७५ को कार्यविधिका बुँदाहरु उल्लेख भएका छन्। 

यो पनि पढ्नुहोस्

पशुपतिको धर्मशालामा बतास अर्गनाइजेसनको व्यापारबिहीबार, पुस ९, २०७७

पर्यटन मन्त्रालयका उच्चपदस्थ कर्मचारीसँग धर्मशालाको विषयमा प्रश्न गर्दा उनीहरुले यो विषयमा आफूहरु जानकार नरहेको र बोल्न पनि नमिल्ने बताउँदै आएका छन्।

‘मन्त्रालयले पशुपतिका विषयमा त्यहाँका सदस्य सचिवलगायतको टोलीसँग छलफल गर्न खोजेको थियो, तर सदस्यसचिवले आफू स्वायत्त निकाय भएको र मन्त्रालयले कुनै हस्तक्षेप गर्न नपाउने भन्दै हिँडे,’ पर्यटन मन्त्रालयका एक उपसचिवले भने, ‘त्यसपछि कुनै पनि कर्मचारीले उहाँहरूलाई बोलाउनै चाहेन। मन्त्रालयको संस्कृति महाशाखा चुपचाप नै बस्यो।’ 

मन्त्रालयका एक सहसचिवले धर्मशाला लिजआउट गर्ने वा नगर्ने अधिकार विभागीयमन्त्रीको हातमा भए पनि १७ महिनासम्म मन्त्रालयको जिम्मेवारीमा रहेका योगेशकुमार भट्टराईले पनि निर्णय नगरेको बताउँछन्।

कोष परिषदको अध्यक्ष मन्त्री नै हुने व्यवस्था छ। अध्यक्षका हिसाबले मन्त्री भट्टराईको अध्यक्षतामा २०७७ भदौ १२ गते बसेकाे बैठकको एजेन्डामा धर्मशाला लिजआउटसम्बन्धी कार्यविधि स्वीकृत गर्ने विषय थियो। तर, भट्टराईले उक्त विषयमा थप विवरण माग्दै कार्यविधि स्वीकृत गराएका थिएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि कोषका सदस्य सचिव ढकालले मन्त्री भट्टराईले कार्यविधि सहज स्वीकृत नगराउने मनसाय  देखाएको भाव बुझ्दै परिषदमा उक्त एजेन्डा नै पेस गरेनन्। परिषदका अन्य केही सदस्यहरूले पनि लिजआउटसम्बन्धी कार्यविधि परिषदबाट स्वीकृत नहुँदै अवैधरूपमा दुई पक्षीय सम्झौता गरिएको भन्दै असन्तुष्टि देखाउँदै आएका छन्।

परिषदका एक सदस्यले भने धर्मशाला लिजमा दिने दुई पक्षीय सम्झौता रद्द भएको अवस्थामा मात्रै कार्यविधि परिषदमा छलफल हुने र आवश्यकताअनुसार परिर्माजन गर्दै स्वीकृत गर्न सहयोग गर्ने बताए।

भारत सरकारको ३४ करोड रूपैयाँ सहयोगमा निर्माण भएको पशुपति धर्मशालालाई बतास ग्रुपले २०७६ वैशाखदेखि आफ्नो व्यापारिक केन्द्र बनाउँदै आएको छ। धर्मशालाको शिलान्यास सन् २०१४ मा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। निर्माण सम्पन्न भएपछि २०१८ मा फेरि नेपाल भ्रमणमा आएका मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्तरूपमा उद्घाटन गरेका थिए। 

त्यसपछि धर्मशाला एक दिन पनि नचलाई भाडामा लगाउने भन्दै  कोषले लिजआउटसम्बन्धी कार्यविधि २०७५ बनाएको थियो। कार्यविधि पास नहुँदै धर्मशाला लिजमा लगाउने गरी २०७५ माघ २९ गते सूचना प्रकाशन भएको थियो। यतिबेलासम्म कार्यविधि तयार गरी पशुपति क्षेत्र विकास कोष परिषदमा पेश भइसकेको थिएन। यसबाट पनि के प्रष्ट हुन्छ भने त्यसअघि नै धर्मशाला सेटिङमा भाडामा दिने तयारी भइसकेको थियो।

Xtrem

Xtrem

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले नै धर्मशाला लिजमा दिने गरी काम गर्न कोषलाई निर्देशन दिएका थिए। कोषले पनि सोहीअनुसार काम गरिरहेको थियो। कोषले बनाएर ल्याएको लिजआउटसम्बन्धी कार्यविधि २०७५ परिषदबाट पारित गर्ने जिम्मा अधिकारीले लिएका थिए। अधिकारीले पनि कोषलाई लिज भाडा सम्झौता गर्नुपूर्व नै कार्यविधि २०७५  बोर्डबाट स्वीकृत गर्ने आश्वासन दिने गरेको तत्कालीन समयमा कोषको परिषदमा प्रतिनिधित्व गर्ने एक सदस्यले बताए।

यो पनि पढ्नुहोस्

पशुपति धर्मशाला व्यापारिक केन्द्र बनाउने अवैध सम्झौताका २६ शर्तसोमबार, पुस १३, २०७७

ती सदस्यका अनुसार तत्कालीन समयमा कोष परिषदबाट कार्यविधि पास पनि हुने अवस्था थियो। तर, मन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भयो। अधिकारीको मृत्युपछि ५ महिनासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिए।

यो अवधिमा परिषदको बैठकमा लिजआउट कार्यविधि स्वीकृत गर्ने एजेन्डा नै प्रवेश भएन। अधिकारीको निधन नभएको भए कार्यविधि परिषदबाट पारित भइसक्थ्यो। अधिकारीको मृत्यु भएको भोलिपल्ट परिषदको बैठक पनि थियो। उक्त बैठकमा कार्यविधि पेस गर्ने र स्वीकृत गर्ने एजेन्डा थियो। अधिकारीको निधनले त्यो काम पुरा हुने पाएन।

कार्यविधि परिषदबाट स्वीकृत नै नभएको अवस्था कोषले लिजआउट गर्ने प्रक्रिया रोक्नुपर्ने थियो। तर, सदस्य सचिव ढकालले अख्तियारी प्राप्त गरेको भन्दै २०७६ वैशाख ३० मा पशुपति धर्मशाला लिजआउटसम्बन्धी दीर्घकालीन बहाल करार सम्झौता गरे। ढकालले अहिले कार्यसम्पादन समितिका निर्णयअनुसार सम्झौता गरेको तर्क गर्दै आएका छन्। कानुनीरूपमा प्रक्रिया नै पुरा नगरी धर्मशाला लिजआउट  गरेको हुँदा तत्कालीन मन्त्री योगेशकुमार भट्टराईले पनि लिजआउटसम्बन्धी कार्यविधि स्वीकृत गर्न खासै चासो नदिएको स्रोतको दाबी छ।

ढकालले दीर्घकालीन बहाल करार नै त्यसैका आधारमा गर्दै आएको तर्क गर्छन्। अवैधरूपमा सञ्चालन हुँदै आएको धर्मशालामा अहिले बतास ग्रुपले आफ्नो कर्पोरेट अफिस, म्यानपावर, ट्राभल कम्पनी, लेखापढीको कार्यलय, पुराना गाडीको शो रुम  र रेष्टुँरासमेत सञ्चालन गर्दै आएको छ।

धर्मशालामा अहिले बतासले विवाह तथा पारिवारिक भोजसमेत गर्दै आएको छ। तर, कोषका सदस्य सचिव ढकालले भने कानुनसम्मत नै दुई पक्षीय सम्झौता भएको दाबी गर्दै आएका छनन्। उनले कोषलाई कार्यसम्पादन समितिले दिएको अधिकार प्रयोग गरी धर्मशाला भाडामा लगाउने गरी बतास अर्गनाइजेसनको आनन्द होलटसँग दुई पक्षीय सम्झौता भएको बताउँदै आएका छन्।


कोषको कार्यसम्पादन समितिले सदस्य सचिव ढकाललाई दीर्घकालीन बहाल  करार सम्झौता गर्ने अधिकार दिएको छैन। तत्काल असर गर्ने काम गर्ने अधिकार मात्रै दिइएको छ।

तीन सचिव फेरिए, अवैध सम्झौताबारे केही निर्णय भएन
अवैधानिक सम्झौता भएयता मन्त्रालयमा तीन जना सचिव फेरिइसकेका छन्। तर, कुनै पनि सचिवले उक्त विषयमा चासो देखाएनन्। सम्झौताको विषयमा चासो नदेखाउनु भनेको मौन समर्थन गर्नु नै भएको मन्त्रालयका एक सहसचिवको भनाइ छ। दुई पक्षीय सम्झौता हुँदा मन्त्रालयमा सचिवको रूपमा मोहनकृष्ण सापकोटा थिए। 

उनी पछि केदारबहादुर अधिकारी आए। अधिकारीपछि अहिले मन्त्रालयको सचिवमा यादवप्रसाद कोइराला छन्। तर, उनीहरुले यस विषयमा कुनै चासो देखाएनन्। तीन महिनायता कोइरालाले पनि यो विषयमा चासो देखाएका छैनन्। 

परिषद अध्यक्ष मन्त्रीले पनि देखाएनन् चासो
पशुपति क्षेत्र विकास कोष परिषदका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रहने प्रावधान छ। पशुपति धर्मशाला लिज सम्झौता हुँदा  मन्त्रालयको जिम्मेवारीमा प्रधानमन्त्री केपी शर्मा ओली थिए। तर, प्रधानमन्त्री ओलीले पनि अवैधरूपमा भएको दुई पक्षीय लिज सम्झौतामा कुनै चासो राखेनन्। 

त्यसपछि २०७६ साउन १५ गते मन्त्रालयको जिम्मेवारीमा आए योगेशकुमार भट्टराई। १७ महिना मन्त्री रहेका भट्टराईले पनि कार्यविधि न त परिषदबाट पारित गरे, न त अवैधानिक लिज सम्झौता रद्द गरे। तत्कालीन मन्त्री भट्टराईभन्दा सदस्य सचिव ढकाल नै बढी शक्तिशाली रहेकाले उनले यो विषयमा केही गर्न नसकेको मन्त्रालयका अधिकारीहरू नै बताउँछन्। भट्टराईले अवैधरूपमा भएको सम्झौताको विवरण माग्दा पनि ढकालले दिएनन्।

त्यसपछि भट्टराईले २०७७ भदौमा बसेको परिषद बैठकमा कार्यविधि पास गर्ने एजेण्डा रहे पनि स्वीकृत गरिदिएनन्। उल्टो भट्टराईले यो विषय विवादमा परेको भन्दै बैठकको निर्णय नम्बर ८ मा ‘नेपाल-भारत मैत्री पशुपति धर्मशाला सञ्चालन लिजआउटसम्बन्धी व्यवस्था अनुमोदन गर्न विलम्ब हुन गएका कारण उल्लेख गरी हालसम्म भए गरेका कार्यहरू र वर्तमान अवस्थाका बारेमा सम्पूर्ण विवरण राखी आगामी परिषदको बैठकमा पेश गर्न कोष व्यवस्थापनलाई निर्देशन दिने’ निर्णय गरेका थिए।

अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकालले लिएका छन्। अब उनले प्रक्रिया नै पुरा नगरी धर्मशाला लिजआउट भएको विषयमा के गर्छन्, हेर्न बाँकी छ।
 

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? अघिल्लो दिन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८०० रुपैयाँले बढ्दै २ लाख ९२ हजार ३०० रुपैयाँमा पुगेको... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्