• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो
लाइसेन्सको नयाँ मापदण्ड : लिखितको प्रश्नपत्र ‘आउट’, ट्रायलमा ६० ल्याए पास
64x64
शिव बोहरा मंगलबार, पुस २८, २०७७  १२:५६
1140x725

काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को मापदण्ड परिमार्जनको तयारी गरेको छ। हालसम्म गोप्य रहँदै आएको प्रश्नपत्र सार्वजनिक रुपमै राख्ने प्रस्ताव गरिएको छ। त्यस्तै ट्रायलमा तोकिएअनुसार पुरै पास गर्नुपर्ने व्यवस्था छ। उक्त व्यवस्थालाई १ सय पूर्णांक मानेर ६० ल्याउनेलाई पास गर्ने व्यवस्थासहितको मापदण्ड ल्याउन लागिएको हो। 

लाइसेन्स लिनका लागि लामो समय कुर्नुपर्ने र प्रयोगात्मक परीक्षा वैज्ञानिक नभएकाले धेरै परीक्षार्थी फेल हुने गरेको भन्दै भौतिक पूवार्धार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले छलफल गरिरहेका छन्। यसका लागि दुई निकायले बागमती प्रदेश सरकारसँग समेत छलफल गरेका छन्। 

विभागले विगतदेखि नै लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा व्यवहारिक नभएको बताउँदै आएको थियो। लाइसेन्स लिन चाहनेले हाल कार्यालयको वेबसाइटमा गएर फारम भर्नुपर्ने, कार्यालयले तोकेको मितिमा लिखित परीक्षा दिनुपर्ने र लिखित पास भएपछि प्रयोगात्मक परीक्षा दिनुपर्छ। 

नयाँ मापदण्डमा समेत उल्लेखित सबै प्रक्रिया पूरा गर्नुपर्ने छ। तर विभागले परिमार्जित मापदण्मा लिखित परीक्षाका लागि सोधिने प्रश्न ‘आउट’ हुनेछ।

यसअघि गोप्य रुपमा दिइने प्रश्न नयाँ मापदण्ड आएपछि सार्वजनिक हुनेछ। लाइसेन्स लिन चाहने व्यक्तिले लिखित परीक्षा दिनुपूर्व नै प्रश्न पढेर परीक्षामा सामेल हुन पाउनेछन्। 

यसरी परीक्षा दिँदा अधिकांश परीक्षार्थी उतिर्ण हुनेछन्। परीक्षार्थीलाई सहजीकरण गर्ने भन्दा अनावश्यक नियम लगाएर अनुतिर्ण गर्दा लाइसेन्स लिनेका लागि सँधै भिड लाग्ने अवस्था नयाँ मापदण्डले अन्त्य गर्ने मन्त्रालयका एक अधिकारीले बताए।  

त्यसैगरी प्रयोगात्मक परीक्षामा समेत सहज बनाइने भएको छ। हाल ट्रायल पास गर्नका लागि ट्रायलको सबै प्रक्रिया पास गरेर निस्कनुपर्छ। अन्तिममा लाइटअनुसार बाहिरिएन भने समेत अनुतिर्ण हुन्छ। तर अब भने ट्रायल परीक्षालाई १ सय पूर्णांक मानेर ६० ल्याउनेलाई लाइसेन्स प्रदान गर्ने व्यवस्था हुनेछ।

ट्रायलका लागि १ सय पूर्णांकमा एटको १० अंकभार, लाइटको १० अंकभार, ओरालो उकालोको १० अंकभारलगायत गरेर १० वटा इन्टिकेटर बनाइनेछ। यसमध्ये ६ वटा पास गर्ने परीक्षार्थीलाई लाइसेन्स दिइने प्रस्ताव विभागले गरेको छ। 

Ncell 2
Ncell 2

कोरोना भाइरसको संक्रमणका कारण ९ महिनादेखि लाइसेन्सको परीक्षा रोकिएको थियो। पुस १४ गतेबाट भने लाइसेन्सको फारम खुल्ला गरिएको छ। तर लाइसेन्स लिन चाहनेको संख्या ज्यादै ठूला भएकाले सर्भरमा समेत समस्या देखिएको विभागको भनाइ छ। हाल विभागले लाइसेन्सको फारम भर्नका लागि कोटा तोकेको छ। 

विभागले लाइसेन्सको फारमका लागि तोकिएको कोटा आगामी दुई÷तीन साता भित्र हटाउने तयारी समेत गरेको छ। विभागको सर्भर स्तरोन्नति गरी चाहेजतिले फारम भर्न पाउने व्यवस्था गर्न लागिएको हो। यसले फारम भर्न चाहनेको समस्या समाधान भएपनि लिखित परीक्षा र प्रयोगात्मक परीक्षामा भने समस्या हुने नै छ। 

यस्ता समस्याको दीर्घकालीन समाधानका लागि विभागले लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सहज बनाउनेगरी मापदण्ड बन्न लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक सहसचिवले बताए। ‘ट्रायल परीक्षामा अन्तिममा पुरेर फेल हुनेको संख्या धेरै छ। अन्तिममा पुगेर फेल हुनु भनेको उसले सवारी चलाउन नजान्नु होइन,’ उनले भने, ‘त्यसैले निश्चित इन्डिकेटर तोकेर ६० प्रतिशतमा उतिर्ण हुनेलाई लाइसेन्स दिइनुपर्छ। यो अन्तर्राष्ट्रिय अभ्यास समेत हो।’ सवारी चलाउन जान्नेले ट्रायल परीक्षा दिन जाने भएकाले उसले जानेकै छैन भन्ने अर्थ लगाउने नहुने ती अधिकारीको भनाइ छ। 

विभागले नयाँ मापदण्डको छलफल अन्तिममा पुगेको जनाएको छ। यो मापदण्ड माघ महिनाभित्र स्वीकृत गराएर फागुन पहिलो सातादेखि कार्यान्वयनमा ल्याउनेगरी तयारी गरिएको विभागका एक अधिकृतले बताए। 

हाल लाइसेन्स लिन चाहनेको संख्या १० लाख हाराहारीमा रहेकाले अहिलेकै प्रणालीबाट लाइसेन्स परीक्षा लिँदा नागरिकले धेरै दुःख पाउने विभागको भनाइ छ। नयाँ मापदण्डले उपभोक्ताले लाइसेन्स लिन पाएको झन्झट समाधान हुने र विभागले समेत अनाश्यक गाली खाने अवस्था अन्त्य हुनेछ। हाल लाइसेन्स उपत्पकाका ४ कार्यालयसहित देशभरका १७ वटा कार्यालयहरुबाट दिइँदै आएको छ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
मधेश टुक्रयाउने अभिव्यक्ति दिएका  प्रदेश अध्यक्षविरुद्धका सबै मुद्दा फिर्ता लिन जसपाको माग शुक्रबार, असार २७, २०८२
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरको बजेट आइतबार आउने शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर शुक्रबार, असार २७, २०८२
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्