• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, वैशाख २९, २०८२ Mon, May 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
किन हुन सकेन संयुक्त आन्दोलन?
64x64
लिलु डुम्रे शनिबार, पुस २५, २०७७  ०८:०१
1140x725

काठमाडौं– पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसविरुद्ध दलहरु आन्दोलनमा छन्। ती आन्दोलन दलगत रुपमा भिन्दाभिन्दै चलिरहेका छन्। संयुक्त संघर्षका लागि कांग्रेस तयार नभएकाले संघर्षले एकीकृत रुप हासिल गर्न नसकेको हो। 

नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड'–माधव नेपाल समूह र जनता समाजवादीले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित संयुक्त आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन्। कांग्रेसको संस्थापन पक्षले भने प्रतिनिधिसभा पुनःस्थापनालाई नै सडकको नारा बनाउन चाहेको छैन। सो पक्षले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि पुनःस्थापनाभन्दा चुनाव भएमा बढी फाइदा पुग्ने हिसाब निकालेको छ। अहिलेको अवस्था आउनुमा प्रचण्ड-नेपाल पनि दोषी रहेको ठहर गरेको छ।

प्रचण्ड-नेपाल पक्षलाई नेकपाकै रुपमा बुझेकाले पनि कांग्रेसले सहकार्यको रुची देखाएको छैन।

प्रतिनिधिसभा विघटन भएपछि तीन दललाई एकठाउँ ल्याउने कार्यमा कांग्रेस नै अघि सरेको थियो। प्रतिनिधिसभा विघटनकै दिन तीन दलका नेताको आकस्मिक बैठक बसेको थियो। कांग्रेस, नेकपाको प्रचण्ड–माधव पक्ष र जनता समाजवादीका नेता बैठकमा सहभागी थिए। वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रसरतामा कांग्रेस संसदीय दलको कार्यालय सिंहदबारमा भएको बैठकमा विघटनको विरुद्धमा संयुक्त प्रतिवाद गर्न साझा धारणा तय गर्ने अनौपचारिक सहमति बनेको थियो।

प्रतिनिधिसभा विघटनको एक दिनपछि अर्थात् पुस ६ मा कांग्रेसले मुख्य तीन दलको बैठक बोलायो। प्रतिनिधिसभा विघटनविरुद्ध साझा धारणा तय गर्न बोलाइएको बैठकले सरकारको कदमविरुद्ध ठोस निर्णय गर्न सकेन। कांग्रेस केन्द्रीय कार्यालयमा भएको बैठकले प्रतिनिधिसभा विघटन ‘असंवैधानिक र अलोकतान्त्रिक भएको तीनै दलको समान धारणा’ रहेको निर्णय गर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको संयुक्त प्रतिवाद गर्ने निर्णय गर्न बोलाइएको बैठकको थप निर्णयमा भनिएको थियो, ‘तीनै दलले आगामी कार्यक्रम तय गर्न आ–आफ्ना दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको छ।’

संयुक्त आन्दोलन गर्ने विषय तीन दलका केन्द्रीय समितिको निर्णयलाई कुर्ने रणनीति बनाइयो।

पुस ७ र ९ मा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटीको बैठक बस्यो। उक्त बैठकले संसद बाहिर र भित्र रहेका सबै दललाई संघर्षमा उत्रन आह्वान गरेको थियो। एकतावद्ध भई संघर्षमा जानुपर्ने प्रचण्ड–माधव समूहको निचोड थियो।

प्रचण्ड–माधव नेकपाको केन्द्रीय कमिटीको बैठकले ‘प्रतिपक्ष दल लगायत संसदभित्र र बाहिरका सबै राजनीतिक पार्टीहरुलाई एकताबद्ध भएर संघर्षमा अघि बढ्न अपिल’ गरेको थियो। राजनीतिक र कानुनी संघर्षका लागि कांग्रेस सहितका अन्य प्रतिपक्ष दलको सहयोग प्रचण्ड–माधव पक्षले खोजेको छ। उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अहिलेसम्म संयुक्त आन्दोलन भन्दा एक्लाएक्लै आन्दोलन गरौं भन्ने छ। छलफल भइरहेको छ।’

Ncell 2
Ncell 2

पार्टीले गठन गरेको संघर्ष समितिले अन्य दलसँग संयुक्त आन्दोलनका लागि छलफल अगाडि बढाएको श्रेष्ठले जानकारी दिए।

पुस ७ बाट नै सुरु भएको कांग्रेसको केन्द्रीय समितिको बैठक रोकिँदै/बस्दै आएको छ। बैठक जारी रहेकाले अन्तिम निर्णय आउन सकेको छैन। तर प्रचण्ड–माधव नेकपाले संयुक्त सडक संघर्षका लागि गरेको अनुरोधलाई कांग्रेसले सहज रुपमा लिएको छैन। पार्टी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने सबै नेताले कांग्रेस आफ्नै बलमा सडकमा जानुपर्नेमा जोड दिए। पार्टीको आन्तरिक द्वन्द्वकै कारण प्रतिनिधिसभा भंग गरिएकाले प्रचण्ड–माधव समूह पनि दोषी भएको कांग्रेसको बुझाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओली वैशाखमा अध्यादेश ल्याएपछि ओलीको सत्तामा रहिरहने वैधानिकता सकिएको कांग्रेसको ठहर थियो। तर ओलीलाई सत्ताबाट हटाउन अंकगणितको बल कांग्रेससँग थिएन। ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव आए सघाउने पक्षमा ऊ थियो।

नेकपाको विवाद उत्कर्षमा पुग्दा समेत प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरेनन्। प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्ने हिम्मत समयमै गरेको भए प्रतिनिधिसभा विघटन हुनै नसक्ने ठोकुवा कांग्रेस नेता गगन थापा गर्छन्। 'अहिलेको यो अवस्था प्रधानमन्त्रीका कारण मात्र आएको होइन। प्रचण्ड र माधव नेपाल हुतिहारा भएका कारण पनि अहिलेको अवस्था आएको हो’, पुस ५ मा आकस्मिक रुपमा बोलाइएको विरोध कार्यक्रममा नेता थापाले भनेका थिए, ‘तपाईंको प्रधानमन्त्री भ्रष्ट हुनुहुन्छ। अनैतिक हुनुहुन्छ भन्दै गर्दा पत्याउनु भएन। आज दुई अढाई वर्षपछि हिसाब किताब नमिलेपछि आरोपपत्र ल्याउनुभयो।’

जसपा पनि संयुक्त आन्दोलनकै पक्षमा छ। तर, तीन दलमा मतैक्यता हुन नसकेपछि उसले पनि एकल आन्दोलन जारी राखेको छ। प्रमुख प्रतिपक्ष दलले अग्रसरता नलिँदा संयुक्त आन्दोलन हुन नसकेको जसपाको भनाइ छ।

पुस ७ मा बसेको जसपाको केन्द्रीय समितिको बैठकले एकल आन्दोलनको घोषणा गरेको थियो। पुस ८ मा काठमाडौंमा आयोजित विरोध सभा जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कांग्रेसलाई नहुने चुनावको मोह रहेको बताए। उनले भने, ‘वैशाखमा ओलीले चुनाव गर्नका लागि घोषणा गरेकै होइनन्। झर्ला र खाउँलाको आशामा कांग्रेस छ।’

संयुक्त आन्दोलनका लागि आफ्नो दल तयार भए पनि अन्य दलबाट प्रस्ताव नआएको जसपाले जनाएको छ। कांग्रेसले संयुक्त आन्दोलनको पहल नगर्दासम्म असम्भव देख्छन्, जसपाका वरिष्ठ नेता राजेन्द्र महतो। उनले भने, ‘कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा स्पष्ट नभएसम्म संयुक्त आन्दोलन हुन सक्दैन।’

अदालतको फैसला कुरिरहेको कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सडकमा जाने पक्षमा देखिँदैन। ओलीको कदमलाई अदालतले सदर गरेको खण्डमा निर्वाचन गराउन दबाब दिने पक्षमा कांग्रेस छ। निर्वाचन हुने अवस्थामा सिट संख्या बढ्ने अपेक्षा गरेको कांग्रेसले नेकपाका दुवै धारलाई समदुरीमा राख्ने नीति लिएको छ। विगतमा प्रचण्डको व्यवहारबाट सशंकित कांग्रेस उनकै नेतृत्वको दलसँग सहकार्य गर्ने पक्षमा छैन। स्थानीय तहमा कांग्रेससँग गठजोड बनाएका प्रचण्डले संघ र प्रदेश निर्वाचनमा तत्कालीन एमालेसँग मिल्न गएका थिए। 

कांग्रेस नेता गुरुराज घिमिरे भन्छन्, ‘हाम्रा लागि केपी ओली र प्रचण्ड–माधवमा खास तात्त्विक अन्तर छैन। ओलीले चुनावी भाषणमा देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो। २०६४ चुनावपछि प्रचण्डले हामीलाई हरुवा भन्नुभएकै हो। बालाजुमा बैठक राखेर राजतन्त्र सकियो। अबको निशाना कांग्रेस हुने भन्नुभएकै हो।'

संयुक्त आन्दोलनका लागि पहल गर्ने र नेतृत्व लिने अपेक्षा गरिएको कांग्रेसमा रहेको नेकपाप्रतिको अविश्वासले नै त्यसखालको वातावरण बन्न नसकेको नेताहरुको भनाइबाट स्पष्ट हुन्छ। अर्कोतिर, प्रतिनिधिसभा पुनःस्थापना हुनुभन्दा सक्दो चाँडो चुनाव भइदिए आफूहरु बलियो बन्ने अपेक्षा पनि उसको छ। त्यसैले अदालतबाटै विषय सल्टियोस् भन्ने उनीहरुको प्रतीक्षा छ।

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना बुद्धजयन्तीका अवसरमा आज बिहानैदेखि बौद्ध क्षेत्रमा अस्तुधातु दर्शन गर्ने भक्तजनको भीड लागेको छ । बुद्धजयन्तीका अवसरमा आज बौद्धनाथमा... सोमबार, वैशाख २९, २०८२
प्रधानमन्त्री ओली लुम्बिनीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन् । सोमबार, वैशाख २९, २०८२
गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गर्न राष्ट्रपतिद्वारा आग्रह वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिला... सोमबार, वैशाख २९, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना सोमबार, वैशाख २९, २०८२
प्रधानमन्त्री ओली लुम्बिनीमा सोमबार, वैशाख २९, २०८२
हमासले अमेरिकी–इजरायली नागरिक अलेक्जेन्डरलाई रिहा गर्दै सोमबार, वैशाख २९, २०८२
गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गर्न राष्ट्रपतिद्वारा आग्रह सोमबार, वैशाख २९, २०८२
पुटिनसँग प्रत्यक्ष वार्ताका लागि जेलेन्स्की तयार सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
सुन तोलामा सामान्य अंकले घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, वैशाख २८, २०८२
निवर्तमान गभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा रिट आइतबार, वैशाख २८, २०८२
बङ्गलादेश अवामी लिगद्वारा पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने अन्तरिम सरकारको निर्णय अस्वीकार आइतबार, वैशाख २८, २०८२
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्