• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विद्युतीय सवारी साधन र नेपालको परिवेश

64x64
सम्राट आचार्य सोमबार, पुस १३, २०७७  १६:३०
1140x725

विश्वव्यापी जलवायु परिवर्तन र घट्दो परिणामको पेट्रलियम पदार्थ लगायतका जीवाश्मा इन्धनका कारण हाल विश्व सोलार जस्ता वैकल्पिक हरित ऊर्जातर्फ अगाडि बढिरहेको छ। यसै अनुरुप जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सन् २०१६ मा सुरु गरिएको पेरिस सम्झौतामा हालसम्म संयुक्त राष्ट्रसंघ लगायत १९४ राष्ट्र सामेल भएका छन्। त्यसमा नेपाल पनि सदस्य रहेको छ।

यस सम्झौताको उद्देश्य विश्वव्यपी रुपमा बढिरहेको तापक्रमलाई १८ औं शताब्दीको तापक्रमको दाँजोमा १.५ देखि २ डिग्री सेल्सियसभन्दा बढ्न नदिनु हो। १८ औं शताब्दी वरिपरिको समयमा युरोप, अमेरिका लगायतका विकसित मुलुकहरुले पेट्रोलियमजन्य पदार्थबाट चल्ने धेरै उधोगहरु सञ्चालन गरेकाले उक्त युगलाई औधोगीकरणको युग पनि भनिन्छ। वायुमण्डलमा रहेको प्रदुषणको मुख्य कारण ती उद्योगहरुलाई मानिन्छ। 

पेरिस सम्झौताको कार्यान्वयनका लागि हाल विभिन्न मुलुकहरुले आ–आफ्नो नीति तथा कार्यक्रमहरु बनाइरहेका छन्। जसमध्ये एकतर्फ सोलार, हाइड्रो र विन्ड लगायतका वैकल्पिक ऊर्जा उत्पादनमा बृद्धि गर्ने रहेको छ भने अर्कोतर्फ पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापना गर्ने रहेको छ।

उदाहरणका लागि इन्टरनेसनल रिन्युएबल इनर्जी एजेन्सीका अनुसार सन् २००१ देखि २०१९ सम्ममा विश्वव्यापी रुपमा प्रतिवर्ष थपिने नयाँ ऊर्जा मध्ये करिब ५२ प्रतिशत वैकल्पिक हरित उर्जा रहेका छन्। त्यसैगरी इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार सन् २०१४ देखि २०१९ सम्ममा वार्षिक ६० प्रतिशतका दरले विद्युतीय सवारी साधन थपिएका छन्। तथ्याङ्कले सन् २०१९ सम्ममा ७२ लाखभन्दा बढी विद्युतीय सवारी साधन प्रयोगमा आइसकेको देखाउँछ।

वैकल्पिक हरित ऊर्जा तर्फको यात्रामा चीन सबैभन्दा अगाडि रहेको छ भने संयुक्त राज्य अमेरिका दोस्रो स्थानमा छ। गत वर्ष अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट हात झिके पनि सन् २०२० मा निर्वाचित राष्ट्रपति जो बाइडेनले उक्त पेरिस सम्झौतामा पुनः जोडिने घोषणा गरिसकेका छन्। यी र यस्ता नीति अध्ययन गर्दा आगामी वर्षहरुमा वैकल्पिक हरित ऊर्जा र विद्युतीय सवारी साधनहरुमा अप्रत्यासित बृद्धि हुने निश्चित प्रायः छ। यस्तो अवस्थामा नेपालले पनि आफ्नै माटो सुहाउँदो नीति कार्यक्रम बनाउन जरुरी देखिन्छ।

यस लेखमा विद्युतीय सवारी साधान र नेपालको परिवेश प्रष्ट्याउने कोसिस गरिएको छ। विद्युतीय सवारी साधन सामान्य अर्थमा ब्याट्रीबाट चल्ने सवारी साधन हो। यसलाई पेट्रोल पम्पबाट डिजेल–पेट्रोल हाले जस्तै चार्जिङ स्टेसनबाट विद्युत चार्ज गर्नुपर्छ। विद्युतीय गाडीहरुको बजार बढ्दै जानुमा ३ प्रमुख कारणहरु रहेका छन्।

पहिलो, पेरिस सम्झौता जस्ता नीति कार्यक्रमहरु कार्यान्यन हुनु। यस कार्यक्रम अन्तर्गत धेरै राष्ट्रहरुले विधुतीय सवारी साधन खरिद गर्दा कर मिनाहा तथा आर्थिक सहायता समेत गर्ने गरेका छन्।

दोस्रो, विधुतिय सवारी साधनको मूल्य कम हुँदै जानु। साथै, लामो यात्राका लागि समेत भरपर्दो हुँदै जानु। हाल बजारमा उपलब्ध आधुनिक विद्युतीय गाडी एक पटक पूर्ण चार्ज गरेपछि करिब ६४० किलोमिट चल्छन्। साथै आधुनिक चार्जिङ स्टेसन ३ किलोवाटदेखि ३५० किलोवाट क्षमता सम्ममा उपलब्ध छन्।

Ncell 2
Ncell 2
nimb
nimb

साना क्षमताका चार्जिङ स्टेसन थोरै मूल्य पर्ने र घरमै राख्न मिल्ने हुन्छन् तर यिनिहरुले आधुनिक गाडी चार्ज गर्न ६ घन्टा देखि २४ घन्टा सम्म लगाउँछन्। त्यसैले ठूला क्षमताका व्यापारिक चार्जिङ स्टेसन राखिने गरिन्छ जसले आधुनिक विधुतीय गाडी समेत १० देखि ३० मिनेटमा पूर्ण चार्ज गर्न सक्छन्।

तेस्रो कारण, आधुनिक विधुतीय सवारी साधनहरुमा रहेका स्मार्ट टेक्नोलोजीलाई मानिन्छ। जस्तै मोबाइलबाटै चार्जिङ स्टेसन खोज्ने र चार्ज नियन्त्रण गर्ने जसले गर्दा नयाँ पुस्ताका ग्राहकहरु थप आकर्षित भएका छन्। 

नेपालको परिवेश
आज एक आम नेपालीले सामाजिक सञ्जालमा आधुनिक विदेशी विद्यीतिय गाडीको फोटो हेरेर त्यस्तै गाडी आक्कल–झुक्कल नेपाली बाटोमा देख्दा आश्चर्यजनक उत्साहित हुनु नौलो हो? वा, नेपालका लागि विधुतीय गाडी नौलो हो? इतिहासमा खासै चासो नराख्ने वा थाहा नभएकाका लागि यो प्रविधि नयाँ लाग्न सक्छ तर सत्य भने त्यसो होइन।

नेपालले पहिलो पटक विस २०३२ सालमा चीनको सहयोगमा २२ वटा  ट्रली बस व्यापारिक तहमा सञ्चालन गरेको थियो। २०५४ सालमा थप १० वटा ट्रली बस नेपाल भित्रिएका थिए। यी बसहरु काठमाडौं उपत्यकाको त्रिपुरेश्वरदेखि सूर्यविनायक सम्मको १३ किलोमिटर सडकखण्डमा चल्थे। २०३२ सालदेखि २०४६ सालसम्म सफल व्यापार गरेको बस सेवा २०४७ सालदेखि भने विकृत राजनीतिक हस्तक्षपको शिकार बन्न पुग्यो। साथै चाहिनेभन्दा बेसी कर्मचारी भर्ती गरेको र अव्यवस्थित बस सञ्चालनले गर्दा ट्रली बस सेवा घाटामा जान लाग्यो। २०५२/०५३ सालमा प्रतिबसमा प्रतिवर्ष ३८.५ लाख घाटा रहेकोमा २०५७/५८ सालमा आइपग्दा यो घाटा बढेर १ करोड ३१ लाख पुग्यो। जसका कारण बस सेवा बन्द हुनपुग्यो।

२०६० सालमा नमूनाकै रुपमा भए पनि तीन वटा ट्रली बस पुनः सञ्चालनमा ल्याइए पनि २०६६ सालबाट उक्त बस सेवाको दुर्भाग्यवश समुल अन्त्य गरियो।

त्यस्तै अर्को नेपाली विद्युतीय गाडी हो सफा टेम्पो। २०४६ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीको एक आपतकालीन समाधानका रुपमा केही नेपाली इन्जिनियर र विद्वानहरुले आफ्नै खर्चमा पेट्रलियम गाडीलाई विद्युतीय बनाएका थिए। २०५० सालमा युएसएआइडी र गोल्बल रिसोर्सेस इन्स्टिचिउटको सहयोगमा अरु ७ वटा पेट्रलियम टेम्पोलाई विद्युतीय बनाइयो। २०५३ सालमा नेपालले व्यापारिक तहमा सफा टेम्पो उत्पादन र सञ्चालन गर्न सुरु गर्‍यो। २०५७ साल वरिपरि काठमाडौं सडकमा ६०० बढी सफा टेम्पो चल्ने गर्थे जुन तत्कालीन समयका लागि विश्वकै ठूलो परिणामको विद्युतीय गाडी सेवा भनिएको छ।

यति गर्विलो इतिहास हुँदाहुँदै पनि नेपालले सफा टेम्पो मैत्री नीति र कार्यक्रम नबनाउँदा यी टेम्पोले पेट्रोलियम गाडीसँग आशा गरे अनुरुप प्रतिस्पर्धा गर्न सकेका छैनन् वा भनौं अस्तित्वको लागि लड्दैछन्।

२०७५ साल कार्तिकमा साझा यातातातले २ वटा 'बिजुली बस' सेवा सञ्चालन गरेको थियो। एसियाली विकास बैंक अन्तर्गत ग्रिन परियोजनाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलदेखि लुम्बिनीसम्म सञ्चालन गर्ने गरी ल्याएको उक्त बस साझा यातायातको व्यवस्थापनमा काठमाडौंमा सञ्चालन गर्ने भनियो। तर बसको स्पेसिफिकेसन लगायतमा विवाद देखिएपछि हालसम्म उक्त बस सञ्चालनमा आउन सकेको छैन। 
 
नमूना सञ्चालनका लागि सुरु गरिएका यस्ता गाडीहरुमै चित्त बुझाएर बस्ने सुविधा नेपाललाई अब छैन। थप भन्नुपर्दा, काठमाडौं विश्वकै छैटौं प्रदुषित शहर भइसक्दा पनि गम्भीर नभए कहिले हुने? हामीले आफ्नै वैकल्पिक ऊर्जा र विधुतीय सवारी साधन सम्बन्धी नीति र उत्पादनमा जोड नदिने हो भने निकट भविष्यमा हामी पेट्रोल परनिर्भरताबाट अर्को नयाँ परनिर्भरताको चंगुलमा फस्ने निश्चित छ। यसका लागि प्राविधिक र नीतिगत तहबाट हेर्दा ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको भूमिका महत्त्वपूर्ण रहन्छ।

निकट भविष्यमा नेपालमा (चाहेर वा नचाहेर) धेरै परिणाममा विद्युतीय सवारी साधनहरु सञ्चालन हुने भएकाले विद्युत खपत पनि सोही अनुरुप बढ्नेछ। यी गाडीहरु चार्ज गर्नका लागि लाखौं चार्जिङ स्टेसनको आवश्यकता पर्नेछ। यस्तो नयाँ तबरको विद्युत खपतले विद्युत ग्रिडमा निम्त्याउन सक्ने प्राविधिक उल्झनहरु र तिनका समाधानका बारेमा प्रतिष्ठित अनुसन्धान केन्द र विश्वविद्यालयहरु खोजी गरिरहेका छन्। साथै विद्युतीय सवारी साधनहरु र चार्जिङ स्टेसन तुलनात्मक रुपमा नयाँ र इन्टरनेटसँग जोडिएका प्रविधि हुनाले यस्ता प्रविधिबाट सवारी साधनहरु र विद्युत ग्रिडमा निम्तिन सक्ने साइबर खतराका बारेमा पनि गहन अनुसन्धान भइरहेका छन्।

हालै लेखकले गरेको उक्त विषयको अनुसन्धान अमेरिकाको यातायात विभाग र ऊर्जा विभागले चासो देखाइ आफ्नो रिपोर्टमा सामेल गरेका छन्। उक्त अनुसन्धानमूलक लेख लेखकको गुगल स्कोलरमा गएर पढ्न सकिन्छ। यस्ता अनुसन्धानबारे ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्र जस्ता सरोकारवाला निकायले  खोजतलास गर्न र जानकारी राख्न आवश्यक छ।

अन्त्यमा, नेपालले हाइड्रो, सोलार र विन्ड जस्ता वैकल्पिक ऊर्जाको पर्याप्त उत्पादनमा ध्यान दिई विद्युतीय सवारी साधनको उत्पादन र सञ्चालनको गर्विलो इतिहासको विरासत थाम्न सक्नुपर्छ। यसो गरे नेपाल ऊर्जामा आत्मनिर्भर हुनेछ, सहरी हावापानी स्वच्छ हुनेछ र लाखौं नागरिक देशमै रोजगार हुनेछन्। साथै ऐतिहासिक घटनालाई आधार मान्दा नेपाललाई केही हद सम्मको राजनीतिक स्थिरतामा समेत लाभ हुने देखिन्छ।

(लेखक सम्राट आचार्य न्यु योर्क विश्वविधालयका स्मार्ट ग्रिड र साइबर सुरक्षाका पिएचडी स्कोलर हुन्।)

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सम्राट आचार्य
लेखकबाट थप
विद्युतीय सवारी साधन र नेपालको परिवेश
कोरोना महामारीमा साइबर सुरक्षा
सम्बन्धित सामग्री
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! संकटको समयमा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना, सनसनीपूर्ण प्रचार, दोषारोपण र अफवाहले उद्धार तथा राहतको कामलाई थप जटिल बनाउन सक्छ... बिहीबार, भदौ २५, २०८३
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी अब कुरा गरौँ, बीपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बीपी मार्गमा हिँड्यो कि हिँडेन? बीपीको राजनीतिक तथा आर्थिक सम... बुधबार, भदौ २४, २०८३
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? आजकै दिन अर्थात १९७१ सालमा यस धरामा अवतरण गरेका विपिले २०३९ साउन ६ गते महाप्रस्थान गरेका थिए । नेपाली कांग्रेसका संस्थापक नेता विपि... बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्